Washington DC, US : June 28, 2026, Sunday 11:43 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|वरिष्ठ लोक गायक एबम पत्रकार रामप्रसाद खनालको नयाँ कृष्ण भजन ‘के लिएर आएका थ्यौ सोंच त’ विश्वव्यापी रूपमा सार्वजनिक|भेनेजुएलामा महाभूकम्प : मृत्यु संख्या ९२० नाघ्यो, ३ हजारभन्दा बढी घाइते|अमेरिकाले इरानमाथि फेरि गर्‍यो सैन्य आक्रमण|Breaking News : राजाले आफूले तिरेको कर (ट्याक्स) सार्वजनिक गरे||ट्रम्पले भूकम्पबाट “अत्यन्तै विनाशकारी मानवीय क्षति” भएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका उद्धार तथा राहत सहयोगका लागि पूर्ण रूपमा तयार रहेको बताए|नेपालमा बर्डफ्लुको संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेपछि पशुपन्छी क्षेत्र गम्भीर संकटमा|पहिलो ७.२ र त्यसलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प आएपछि देशभर राष्ट्रिय आपत्काल घोषणा|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका

Breaking News : अमेरिकाको टेक्सस ड्यालसमा एक भुटानी शरणार्थी परिवारका तीन सदस्यको गोलीकाण्डमा मृत्यु प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरे

  NepalMother.com | २८ श्रावण २०८२, मंगलवार १०:३९

अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा एक भुटानी शरणार्थी परिवारका तीन सदस्यको गोलीकाण्डमा मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहान २ः१० बजे ड्यालस पुलिस डिपार्टमेन्टले घटनाको सूचना पाएको थियो। प्रहरी घटनास्थल—डडली स्ट्रीटको १९०० ब्लक—मा पुग्दा ५३ वर्षीय ललित प्रधानका पत्नी ३७ वर्षीया रजनी श्रेष्ठ प्रधान र तीन वर्षीय छोरा प्रनिश प्रधान मृत अवस्थामा भेटिए। ललित भने गम्भीर घाइते अवस्थामा थिए, तर अस्पताल पुर्‍याएलगत्तै उनको पनि मृत्यु भयो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ललितले पत्नी र छोरालाई गोली हानेर हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका हुन्। घटना भएको बेला घरभित्र अन्य कोही नभएको बताइएको छ।

ललित प्रधान २००८/०९ तिर अमेरिकी सरकार र अन्तर्राष्ट्रिय आप्रवासी संगठन (IOM) मार्फत शरणार्थी पुनर्स्थापना कार्यक्रम अन्तर्गत अमेरिका आएका थिए। उनी यसअघि मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरमा लामो समय बसेका थिए। अमेरिका आएपछि ड्यालसमा बसोबास गर्दै आएका प्रधानले केही वर्षअघि रजनीसँग दोस्रो विवाह गरेका थिए। रजनीको माइती काठमाडौंमा रहेको र माइती पक्षले शव नेपाल पठाउन माग गरिरहेको ड्यालसस्थित भुटानी समुदायका एक अगुवाले बताएका छन्।

समुदायका अनुसार ललित लामो समयदेखि मानसिक तनाव र डिप्रेसनको समस्यामा थिए। घटना हुनुअघि नै उनले आफ्नो फेसबुक पेजमा लामो स्टाटस लेख्दै अमेरिकामा बस्दा मेडिकेटजस्ता स्वास्थ्य सुविधा नपाएको र आर्थिक तथा स्वास्थ्य समस्याले जीवन कठिन भएको गुनासो सार्वजनिक गरेका थिए।

यो घटनाले ड्यालसको भुटानी र नेपाली समुदायलाई स्तब्ध पारेको छ। सामाजिक सञ्जालमा मृतक दम्पति र बालकप्रति श्रद्धाञ्जली अर्पण गर्दै धेरैले अमेरिकामा पुनर्स्थापित शरणार्थीहरूका मानसिक स्वास्थ्य र जीवनस्तर सुधारका लागि थप कदम चाल्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

ड्यालस प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र प्रारम्भिक निष्कर्षका आधारमा यो ‘मर्डर–सुसाइड’ (हत्या–आत्महत्या) भएको जनाएको छ। घटनाबारे थप जानकारी प्राप्त भएमा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

सारांश:

  • घटना: २०२५ अगस्ट ९ (शनिबार) बिहान २ः१० मा ड्यालसको डडली स्ट्रीटमा, तीन सदस्यीय भुटानी शरणार्थी परिवारमाथि गोलीकाण्ड।

  • पीडितहरू: ललित प्रधान (५३), पत्नी रजना श्रेष्ठ (३५–३७), छोरो प्रनिश प्रधान (३ वर्ष)।

  • प्रवृत्ति: प्रहरी अनुसन्धानले आत्महत्या पछि हत्या गरेको प्रारम्भिक निष्कर्ष दिएको छ।

  • पृष्ठभूमि: लामो समय नेपालका शरणार्थी शिविरमा बस्ने ललित, अमेरिका आएका, डिप्रेसनमा थिए र आधारभूत सेवा–सुविधा नहुँदा समस्यामा थिए।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor