Washington DC, US : April 6, 2026, Monday 04:09 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी

अमेरिकी दूत स्टिभ विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विशेष दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा गरेको बैठक अत्यन्तै सफल र फलदायी रहेको बताएका छन्। ट्रम्पका अनुसार, उक्त बैठकमा युद्ध अन्त्यतर्फका सम्भाव्य कदमहरूमा महत्वपूर्ण प्रगति भएको छ।

  NepalMother.com | २२ श्रावण २०८२, बुधबार १३:३५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विशेष दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा गरेको बैठक अत्यन्तै सफल र फलदायी रहेको बताएका छन्। ट्रम्पका अनुसार, उक्त बैठकमा युद्ध अन्त्यतर्फका सम्भाव्य कदमहरूमा महत्वपूर्ण प्रगति भएको छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भने, “मेरो विशेष दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति पुटिनसँग अत्यन्तै फलदायी वार्ता गरेका छन्। उल्लेखनीय प्रगति भएको छ!” उनले थप भने, “त्यसपछी मैले हाम्रो केही युरोपेली सहयोगीहरूसँग पछिल्लो अवस्थाबारे जानकारी बाँडेँ। सबैको साझा सहमति छ – यो युद्ध अब अन्त्य हुनुपर्छ। हामी त्यसै दिशामा आउने दिनहरू र हप्ताहरूमा काम गर्दै जानेछौं।”

यो वक्तव्य ट्रम्पले युक्रेनमा जारी युद्धलाई अन्त्य गर्न रूसी नेताहरूसँग प्रत्यक्ष संवाद थालनी गरेपछि आएको हो। उनले यसअघि नै रूसमाथि कडा प्रतिबन्धको चेतावनी दिँदै युद्ध तत्काल अन्त्यको माग गरेका थिए।

यता, रूसी पक्षले विटकोफ र पुटिनबीचको बैठकलाई “रचनात्मक” भएको प्रतिक्रिया दिएको छ। क्रेमलिनका अनुसार दुबै पक्षबीच रणनीतिक सहकार्यका सम्भावनाहरूमा समेत छलफल भएको थियो, यद्यपि विस्तृत विवरण भने दिइएको छैन।

अहिलेको राजनीतिक अवस्थामा ट्रम्पको यो पहल शान्ति स्थापनातर्फको एउटा महत्त्वपूर्ण प्रयासको रूपमा हेरिएको छ। उनका अनुसार युरोपेली राष्ट्रहरू पनि युद्ध अन्त्यका लागि संगठित रूपमा अघि बढ्न तयार छन्। आगामी हप्ताहरूमा यसबारे थप कूटनीतिक पहल र घोषणाहरू हुने अपेक्षा गरिएको छ।

डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि निर्धारण गरेको म्यादको केही दिन अघि, क्रेमलिनले अमेरिकी दूत स्टिभ विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको वार्तापछि अस्पष्ट र सन्धिपूर्ण तर अपारदर्शी प्रतिक्रिया दिएको छ। क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले दुबै पक्षले ‘संकेतहरूको आदानप्रदान’ गरेको बताएका छन्, जुन मस्कोमा भएको “रचनात्मक” वार्ताको हिस्सा भएको उनले बताए। उशाकोभले अमेरिकासँग रणनीतिक सहकार्यको सम्भावनाबारे पनि छलफल भएको जनाए, तर ट्रम्पलाई विटकोफले प्रतिवेदन नदिएसम्म कुनै थप विवरण दिन अस्वीकार गरे।

रूसी सञ्चारमाध्यमका अनुसार विटकोफ बुधबार दिउँसो अमेरिकातर्फ प्रस्थान गरेका छन्। वार्ताको स्वरूप मैत्रीपूर्ण देखिए तापनि राष्ट्रपति ट्रम्प मस्को र किभबीचको वार्तामा प्रगति नभएकोप्रति चिढिएको देखिन्छन्। रूसी मिडियाले सार्वजनिक गरेका तस्बिरहरूमा विटकोफ पुटिनका दूत किरिल दिमित्रिएभसँग मस्कोको केन्द्र भागमा हिँडिरहेको देखिन्छन्। पछि क्रेमलिनको सुनजडित हलमा पुटिन र विटकोफबीच मुस्कानसहित हात मिलाएको दृश्यहरू पनि सार्वजनिक गरियो। यी वार्ता करिब तीन घण्टा भन्दा बढी चले पनि अमेरिकी वा युक्रेनी पक्षबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

राष्ट्रपति ट्रम्पले पटक–पटक चेतावनी दिँदै आएका छन् कि यदि रुसले “भयानक युद्ध” अन्त्यका लागि कुनै ठोस कदम चाल्दैन भने उसमाथि थप कडा प्रतिबन्ध लाग्नेछ, साथै रुससँग व्यापार गर्ने अन्य मुलुकहरूलाई पनि दोस्रो चरणको प्रतिबन्ध लाग्न सक्नेछ। विटकोफ मस्कोबाट फर्किएलगत्तै ह्वाइट हाउसले भारतमाथि रुसबाट तेल किनेकै कारण २५ प्रतिशत भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरिसकेको घोषणा गर्‍यो।

यसै साता, राष्ट्रपति ट्रम्पले भारतले “युक्रेनमा रूसी युद्ध मेशिनद्वारा कति मानिस मारिएका छन् भन्ने कुरामा कुनै चासो नदिएको” आरोप लगाएका थिए। बुधबारको वार्ता अघि, युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले चेतावनी दिएका थिए कि रुसले शान्तिका लागि गम्भीर प्रयास तबमात्र गर्नेछ जब उसले युद्ध जारी राख्न आर्थिक कठिनाइ भोग्न थाल्छ। उनले अमेरिका र अन्य देशहरूले रुसबाट तेल किन्ने राष्ट्रहरूमाथि थप कडा प्रतिबन्ध र कर लगाउने तयारीलाई स्वागत गरेका थिए।

शुक्रबारसम्म कुनै ठोस सम्झौता हुने आशा न्यून देखिएको छ। ट्रम्पको प्रतिबन्धको धम्कीबीच पनि रुसले युक्रेनमा हवाई आक्रमण जारी राखेको छ। जनवरीमा कार्यभार सम्हाल्नु अघि ट्रम्पले रुस–युक्रेन युद्ध एकै दिनमा सकाउने दाबी गरेका थिए, जुन उनी असफल रहे। त्यसयता, रुसप्रति उनको धारणा झनै कठोर बनेको छ। गत महिना उनले भनेका थिए, “हामीले धेरैपटक सम्झौता भइसकेको सोचेका थियौं, तर त्यसपछि राष्ट्रपति पुटिनले फेरि किभजस्ता शहरमा रकेट आक्रमण सुरु गर्छन् र नर्सिङ होममा बस्ने वृद्धहरूलाई मार्छन्।”

युक्रेन र रुसबीच इस्तानबुलमा भएको तीन चरणको वार्ताले कुनै ठोस समाधान ल्याउन सकेको छैन। रुसले युद्ध सुरु गरेको साढे तीन वर्ष बितिसकेको छ तर उसका राजनीतिक तथा सैन्य शर्तहरू युक्रेन र पश्चिमा राष्ट्रहरूका लागि स्वीकार्य छैनन्। जेलेन्स्की र पुटिनबीच प्रत्यक्ष वार्ताको युक्रेनको प्रस्तावलाई क्रेमलिनले बारम्बार अस्वीकार गरेको छ।

यसैबीच, अमेरिकी प्रशासनले युक्रेनलाई थप २० करोड डलर बराबरको सैन्य सहायता स्वीकृत गरेको छ। ट्रम्प र जेलेन्स्कीबीच भएको टेलिफोन वार्तापछि यो सहायता घोषणा गरिएको हो, जहाँ दुबै नेताबीच सुरक्षा सहकार्य र ड्रोन उत्पादनसम्बन्धी छलफल भएको थियो। युक्रेनले रुसका तेलशोध र उर्जा संयन्त्रहरूमा ड्रोन आक्रमण गरिरहेको छ भने रुसले युक्रेनका शहरहरूमा हवाई आक्रमण केन्द्रित गरिरहेको छ।

किभ शहरमा गत हप्ता भएको एक आक्रमणमा घाइते एक व्यक्तिको मृत्यु भएपछि मृतक संख्या ३२ पुगेको किभ सिटी मिलिटरी प्रशासनले जनाएको छ। यो आक्रमण किभमा भएको सबैभन्दा घातक आक्रमण थियो। बुधबार युक्रेनी अधिकारीहरूले केन्द्रिय जापोरिजिया क्षेत्रमा रहेको एक अवकाश शिविरमाथिको रूसी आक्रमणमा दुई जनाको मृत्यु र १२ जना घाइते भएको जानकारी दिए। राष्ट्रपति जेलेन्स्कीले भने, “यस आक्रमणको कुनै सैन्य औचित्य छैन। यो केवल जनतालाई डर देखाउन गरिएको क्रूरता हो।”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।