समाएर काँडा
काटेर हात
टिपेकी छु ।
एक बुकी रातो गुलाब
मलाई एक आत्मा
प्रेम लगाउनु छ।
धाएर हरेक फाँट मैदानहरू
चढेर प्रत्येक अप्ठ्यारा पहाड
काटेकी छु ,हरिया घाँस
मलाई एक जोवन
स्वतन्त्रसँग जिउनु छ ।
बगाएर दुई आँखा आँसु
सिँजेर यो धर्ती
बदलामा छिट्टा
नीलो आकाश मागेकी छु
मलाई एक परिवार
शान्तिले सजाउनु छ।
जलाई आफ्नै हृदय
गरेको छु सङ्कलन
पहेंलो आगो
मलाई बाल्नु छ
एक भविष्य
आशाको दियो
गरेर विज्ञापन
बेचेर एक ओठे मुस्कान
खटाएकी छु सेता दन्तहरू
मलाई एक चरित्र पवित्रता
श्रृंगार गर्नु छ ।
साँच्चै भर्नु छ
नोस्टाल्जीक क्यानभासमा
एक जिन्दगी रंग
प्रतिक्रिया