Washington DC, US : April 4, 2026, Saturday 11:07 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त|इमान्दार एमाले नेता र कार्यकर्ताका लागि यो भन्दा ठुलो नैतिक हार अरु के होला र !|चीनले पाकिस्तानसँग मिलेर युद्ध रोक्ने प्रयास, पाँच बुँदे प्रस्ताव अघि सारे|बेलायतसहित पश्चिमी मुलुकहरू लक्षित कडा र असामान्य टिप्पणी|Sadhain Saathmaa Timro : New Official Music Video|चैत १९ गते संघीय संसद्को अधिवेशन आह्वान, संविधान संशोधनका लागि बहसपत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय|गृहमन्त्री सुधन गुरूङ प्रहरी प्रधान कार्यालय पुगेर के गरे ? के भने ?|नेपालको अर्थतन्त्र न त पूर्ण संकटमा छ, न त पूर्ण सुरक्षित !|“छिट्टै शान्ति सम्झौता सम्भव छ” : अमेरिकी राष्ट्रपति ट्रम्प

दाहाल पिता पुत्रको ‘वंशवृक्ष’को लोकार्पण स्रष्टा कवि दाहाललाई ‘स्रष्टा सम्मान’ले विभूषित, गरिमा साहित्यिक पत्रिकाका नव नियुक्त मनोज न्यौपानेलाई सम्मान

  NepalMother.com | २१ असार २०८२, शनिबार १३:३२

कविद्वय प्रा.पुरुषोत्तम दाहाल तथा अनिमेष दाहालको संयुक्त कविताकृति ‘वंशवृक्ष’को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ तथा मिलाप पब्लिकेशनको संयुक्त आयोजनामा काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष साहित्यकार वियोगी वुढाथोकी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्रा.विष्णु केसी, शीर्ष कवि कलानिधि दाहाल, साहित्यकार खेमनाथ दाहाल, डा. कृष्णप्रसाद भट्टराई, लेखक तथा सिटिजन्स वैंकका प्रमुखकार्यकारी गणेशराज पोखरेल, सममाजसेवी शान्ता दाहाल स्रष्टा पुरुषोत्तम दाहाल र साहित्य पोष्टका सम्पादक अश्विनी कोइराला, समाजसेवी हरिप्रसाद भट्टराई लगायत मञ्चासिन व्यक्तित्वहरूद्वारा सामूहिक रूपमा कृतिको लोकार्पण गरिएको हो ।
पिता तथा पुत्रको यो संयुक्त कवितासंग्रह हो । ११५ पृष्ट रहेको पुस्तकमा ३० वटा कविताले ९१ पृष्ट ओगटेको छ । ‘क’खण्डमा पिता पुरुषोत्तम दाहालका १७ वटा कविता छन् भने खण्ड’ख’मा पुत्र अनिमेष दाहालको १३ वटा रहेका छन् ।
अनिमेष दाहाल अमेरिकामा रहेका कारण कार्यक्रममा अनुपस्थित रहनुभयो भने प्रा.पुरुषोत्तम दाहालले आफ्नो कृति रचना बारे प्रकाश पार्नुभएको थियो । मन्तव्यका क्रममा उहाँले हाल मान्छेमा बिर्सने रोग बढ्दै गएको सन्दर्भमा जति लेख्यो त्यति सम्झना शक्तिको वृद्धि हुने कुरा बताउनुभयो । कवि दाहालको एक दर्जन जति कृति प्रकाशित छन् । यसअघि उहाँका उपन्यास ‘शान्ता’, ‘कालपात्र’, कवितासंग्रह ‘कालो बादलमा उज्याला पाइला’ जस्ता कृति पाठकमाझ आएका छन् । सो अवसरमा उहाँका यी कृतिको समेत चर्चा भएको थियोे । कवि पुरुषोत्तम दाहालले लोकार्पित कृतिबाट ‘नलीहाड धुन’ भन्ने कविता पनि वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रा.विष्णु केसीले खण्ड ‘क’को प्रा.पुरुषोत्तम दाहालका १७ वटा कविताको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । अमेरिका बसाइमा २०७९ पछि लेखिएका कविताहरू भएको र ती कविताहरूमा राजनीतिक विकृति र विसंगतिहरू मुखरित भएको उहाँले बताउनुभयो । साथै, उहाँले संग्रहबाट एउटा कविता पनि वाचन गर्नुभएको थियो ।
त्यसैगरी, अर्का समीक्षक महाकाव्यकार खेमनाथ दाहालले खण्ड ‘ख’को कवि अनिमेष दाहालका १३ वटा कविताहरूको समीक्षात्मक टिप्पणी गर्दै कविताहरू ध्वनि र अलंकारमा लेखिएको बताउनुभयो ।
कार्यक्रममा लोकार्पित पुस्तकभित्रबाट साहित्यकार डा. कृष्णप्रसाद भट्टराई र लोककलाकार, संस्कृृतिकर्मी नन्दकृष्ण जोशीले एक–एक वटा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा कलानिधि दाहाल, अश्विनी कोइराला, मनोज न्यौपाने तथा वियोगी बुढाथोकीले शुभकामना मन्तव्य प्रकट गर्दै नेपाली साहित्य भण्डारमा थप सिर्जनाहरु यसरी नै थपिदै जानु पर्ने विचार प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अनेसासका पूर्व अध्यक्ष लेकालीले संघको गतिविधिमाथि प्रकाश पार्दै कविद्वय पिता पुत्रको व्यक्तित्व तथा कृतित्वबारे आफ्नो धारणा राख्नुभएको थियो । साथै, उहाँले शुभकामना मन्तव्यसहित धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमका सभापति मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले पुस्तकको न्वारान आफूले गरिदिन पाएको र कवि दाहालद्वयले मन पराइदिनु भएकोमा आभार प्रकट गर्दै प्रकाशनको जिम्मेवारी लिन पाएकोमा धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो ।
सो अवसरमा स्रष्टा कवि दाहाललाई ‘स्रष्टा सम्मान’ले विभूषित गरिएको थियो भने गरिमा साहित्यिक पत्रिकाका नव नियुक्त मनोज न्यौपानेलाई सम्मान प्रकट गरिएको थियोे । कवि विनोद दाहाल ‘वत्स’ले स्वागत मन्तव्य राखेको कार्यक्रमको समुद्घाटन शान्ता फाउण्डेशनकी अध्यक्ष शान्ता दाहालले गर्नुभएको थियो भने सहजीकरण गीतकार निर्देशक गणेश सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा लेखक, पत्रकार, प्राध्यापक, कलाकार,पूर्व सचिवहरु सहित विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

स्मरण रहोस प्रा.पुरुषोत्तम दाहाल अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाका सल्लाहकार, हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक  पनि हुनुहुन्छ भने अनिमेष दाहाल प्रा.पुरुषोत्तम दाहालको सुपुत्र हुनुहुन्छ ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।