Washington DC, US : March 12, 2026, Thursday 12:47 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे|निर्वाचन आयोगद्वारा १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल

प्रधानमन्त्रीको हिंसा भड्काउने असभ्य अभिव्यक्तिप्रति गम्भीर आपत्ति

  NepalMother.com | १२ जेष्ठ २०८२, आईतवार १४:०८

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति हिंसा भड़काउने र असभ्य भएको भन्दै यसको भर्त्सना र निन्दा गरेको छ। समितिले शान्तिपूर्ण रूपमा संवैधानिक राजसंस्थासहितको व्यवस्थाका लागि आत्मसमर्पण गर्न पनि सुझाव दिएको छ। सरकारले तीनकुने गोलीकाण्ड मच्चाउनुपूर्व समेत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई राजसंस्थावादी देशभक्तहरुमाथि बाघले झम्टिएजस्तो झम्टिएर हत्याहिंसामा उत्रिन निर्देशन दिएको र फेरि पनि हत्या हिंसामा उत्रिन दिएका पछिल्ला अभिव्यक्तिहरूको समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गरी निन्दा गरेको हो। ‘कुनै व्यक्ति प्रधानमन्त्री नै हो भने उसले आफ्नो पूरै देश सरहद नै आफ्नो नियन्त्रणमा छ भन्न सक्नुपर्छ तर निश्चित दिन निश्चित स्थान वा राजधानी नियन्त्रणमा लिनू भन्ने फरमान जारी गर्नु पराजित भुत्ते शासकको लुते अभिव्यक्ति हो,’ समितिले भनेको छ।

राजसंस्था पुनर्स्थापनाको आन्दोलन गौरवमय रुपमा शान्तिपूर्ण हुने उल्लेख गर्दै समितिले यसअघि राष्ट्रगान गाइरहेको समूहमाथि अश्रूगोलीवर्षा गरिएजस्तो अशान्ति मच्चाउन खोजिएमा इतिहासले नबिर्सने जवाफ सहित सत्ताधारीहरुलाई नेटो कटाउने शक्ति जनतासँग रहेको चेतावनी पनि दिएको छ। समितिले भनेको छ- राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ केवल सुरक्षाकर्मीको कब्जामा रहेर मात्र सुरक्षित हुनुहुन्छ देश अहिले उहाँको कब्जामा छैन भन्ने प्रमाणित गरेको छ । त्यसैले शान्तिपूर्ण संवैधानिक राजसंस्था सहितको व्यवस्थाका लागि आत्मसमर्पण गर्न पनि हामी सुझाव दिन चाहन्छौं।’

राजधानी कब्जा गर्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले पूर्वराजा सरह एक्लै आफ्ना सुरक्षाकर्मी र पालितपोषित समूह बिना सडकमा हिँडेर देखाउन पनि समितिले चुनौती दिएको छ। देशको कार्यकारी पदमा रहेर आफैं हिंसा भड्काउने अभिव्यक्तिबाट सिर्जना हुने क्षतिको आफैँ जिम्मेवार हुनु पर्नेमा पनि समितिले सचेत गराएको छ। देशविदेशका मानवअधिकारकर्मी, मानवअधिकारवादी संस्था, पर्यवेक्षक समेत सबैले ओलीको अभिव्यक्तिलाई जानकारीमा लिएर सचेत गराइदिन पनि समितिका प्रवक्ता स्वागत नेपालले जारी गरेको विज्ञप्तिमा आह्वान गरिएको छ।

प्रेस विज्ञप्ति :प्रधानमन्त्रीको हिंसा भड्काउने असभ्य अभिव्यक्तिप्रति गम्भीर आपत्ति

हाल नेपालको प्रधानमन्त्री पदमा रहेका खड्ग प्रसाद (ख.प्र.)ओलीले शान्तिपूर्ण जनप्रदर्शनका सम्बन्धमा पटक पटक असभ्य शैलीमा हिंसा भड्काउने आपराधिक अभिव्यक्तिमार्फत उपद्रव मच्चाउँदै आएकोमा यस राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
सरकारले तीनकुने गोलीकाण्ड मच्चाउनुपूर्व समेत निजले आफ्ना कार्यकर्तालाई राजसंस्थावादी देशभक्तहरुमाथि बाघले झम्टिएजस्तो झम्टिएर हत्याहिंसामा उत्रिन निर्देशन दिएको र फेरि पनि हत्या हिंसामा उत्रिन दिएका पछिल्ला असभ्य दुराभिव्यक्तिहरुको हामी घोरा भत्र्सना र निन्दा गर्दछौं ।
कुनै व्यक्ति प्रधानमन्त्री नै हो भने उसले आफ्नो पूरै देश सरहद नै आफ्नो नियन्त्रणमा छ भन्न सक्नुपर्छ तर निश्चित दिन निश्चित स्थान वा राजधानी नियन्त्रणमा लिनू भन्ने फरमान जारी गर्नु पराजित भुत्ते शासकको लुते अभिव्यक्ति हो ।
राजसंस्था पुनर्स्थापनाको आन्दोलन गौरवमय रुपमा शान्तिपूर्ण हुनेछ । यसअघि राष्ट्रगान गाइरहेको समूहमाथि अश्रूगोलीवर्षा गरिएजस्तो अशान्ति मच्चाउन खोजिएमा इतिहासले नबिर्सने जवाफ सहित विदेशी दलाल सत्ताधारीहरुलाई नेटो कटाउने शक्ति जनतासँग रहेको तथ्य ज्ञात रहोस् भन्ने चेतावनी दिन चाहन्छौं ।
राजधानी कब्जा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँ केवल सुरक्षाकर्मीको कब्जामा रहेर मात्र सुरक्षित हुनुहुन्छ देश अहिले उहाँको कब्जामा छैन भन्ने प्रमाणित गरेको छ । त्यसैले शान्तिपूर्ण संवैधानिक राजसंस्था सहितको व्यवस्थाका लागि आत्मसमपर्ण गर्न पनि हामी सुझाव दिन चाहन्छौं ।
राजधानी कब्जा गर्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले राजा सरह एक्लै सो दिन आफ्ना सुरक्षाकर्मी र पालितपोषित समूह बिना एक्लै सडकमा हिँडेर देखाउन पनि चुनौति दिन चाहन्छौं । नत्र देशको कार्यकारी पदमा रहेर आफैँ हिंसा भड्काउने अभिव्यक्तिबाट सिर्जना हुने क्षतिको आफैँ जिम्मेवार हुनु पर्नेमा पनि सचेत गराउन चाहन्छौं ।
साथै देशविदेशका मानवअधिकारकर्मी, मानवअधिकारवादी संस्था, पर्यवेक्षक समेत सबैले खड्ग प्रसाद (ख.प्र.)ओलीको उक्त प्रदुषित अभिव्यक्तिलाई जानकारीमा लिएर सचेत गराइदिन पनि आह्वान गर्दछौं ।
~
स्वागत नेपाल
प्रवक्ता,
संयुक्त जनआन्दोलन परिचालन समिति

May be an image of text

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।