Washington DC, US : March 4, 2026, Wednesday 11:37 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाको युद्ध उद्देश्य के ? इरानी युद्धपोतलाई अमेरिकी पनडुब्बीले कसरी डुबाइ दियो ? इरान युद्धमा के के भइरहेको छ अहिले ?|इरानमा मात्रै एक हजार एक सय भन्दा बढी मानिस मारिएको पुष्टि, घाइतेको लेखाजोखा छैन, युद्ध अझ खतरनाक चरणमा, सुरक्षा मुख्यालय तथा सैन्य समन्वय केन्द्रहरूमा आक्रमण, इरानले पनि तीव्र प्रतिकार गर्दै|फागुन २१ को चुनाबका सन्दर्भमा स्वतन्त्र मान्छेका स्वतन्त्र कुरा|मध्यपूर्व संकट : कतारदेखि युरोपसम्म कूटनीतिक र सैन्य तरंग|Breaking News : इजरायलले इरानी शीर्ष नेतृत्व बस्ने क्षेत्रमा पुनः शक्तिशाली हवाई आक्रमण, ज्यान गुमाउने र घाइतेको संख्या बढ्दै|दक्षिण सुडानमा सशस्त्र समूहले दुर्गम गाउँमा आक्रमण गर्दा कम्तीमा १६९ जना मारिए, देश पुनः पूर्ण गृहयुद्धतर्फ धकेलिने खतरा|Breaking News : तेहरान र बेरुतमा आक्रमण जारी, मृतक संख्या ६०० नाघ्यो,अमेरिका, इजरायल र इरानबीचको तनाव झन् चुलिंदै|Breaking News : यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन”|इरानमा ५५५ जनाको मृत्यु, हजारौं घाइते, इजरायलमा १० जनाको मृत्यु र २०० भन्दा बढी घाइते, लेबनानमा ३१ जनाको मृत्यु, युक्त अरब इमिरेट्समा ३ जनाको मृत्यु भइसकेको पुष्टि|लेबनानको बेरुतमा इजरायली लडाकु विमानहरूले हवाई आक्रमण गरे

उत्ताउला ओलीलाई नै आफु “देशको प्रधानमन्त्री हुँ” भन्ने हेक्का छैन गाली गलौच, नीच भाषणमा माहिर ओलीको बरबराहट सुन्दा लाग्छ अब प्रधानमन्त्रीका रूपमा  यिनी धेरै पर जाँदैनन्

  NepalMother.com | १० जेष्ठ २०८२, शुक्रबार ०७:२३

औँला मात्र बाङ्गो भएर केही बिग्रेको थिएन तर बुद्धि शुद्धि नै बाङ्गो भएका देशका प्रधानमन्त्री केपी ओलीका पछिल्ला भाषण, यिनका व्यङ्ग छेडखानी र अरू हरूलाई यिनले उखान टुक्का र कथन हाल्दै जसरी तल्लो स्तरमा झरेर बोल्छन्, यिनका कुरा सुन्दा लाग्छ यिनी देशका प्रधानमन्त्री होइन एमालेको एउटा गुटका मात्र प्रधानमन्त्री हुन।  गाली गलौच, नीच भाषणमा माहिर ओलीको बरबराहट सुन्दा लाग्छ अब प्रधानमन्त्रीका रूपमा  यिनी धेरै पर जाँदैनन् ।  यिनलाई स्वास्थ्यमा पनि गम्भीर असर छ र औषधिको पनि साइड इफेक्ट बढ्दै गएको छ।   

पूर्वराजालाई फर्काउने अभियानबीच प्रधानमन्त्री ओलीको व्यंग्य: “घरमै सिंहासन राखे पुग्छ”

पोखरा/ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सिंहासनमा ल्याउने भन्दै ज्योतिषीय भविष्यवाणी गरिरहेका प्रा.डा. जगमान गुरुङमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले व्यंग्य गरेका छन्। उनले गुरुङलाई आफ्नो पनि कुण्डली हेर्न आग्रह गर्दै राजतन्त्रको सपनालाई भ्रममा पारिएको बताए।

राष्ट्रिय युवा संघ नेपालको १०औँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले राजावादीहरूको १५ गतेको कार्यक्रम र पूर्वराजालाई फर्काउने अभियानमाथि कडा टिप्पणी गरे। “अब यही आउँदै गरेको १५ गते राजालाई सिंहासनमा राख्ने रे, राख्नै छ भने घरमै सिंहासन बनाएर राखे हुन्छ, देशको त राजसिंहासन गइसक्यो,” प्रधानमन्त्री ओलीले भने।

“राजतन्त्र फालिएको यथार्थ हो”

प्रधानमन्त्री ओलीले नेपाली जनताले राजतन्त्र उल्टाइसकेको र अहिले संविधान, संसद्, राष्ट्रपति, न्यायपालिका, लोकतान्त्रिक प्रणाली सबै सुदृढ अवस्थामा रहेको बताए। उनले भने, “जसले जे पायो, त्यो समात्दै, पछार्दै, मार्दै गर्ने राजतन्त्रलाई हामीले खोरमा हाल्यौँ, अनि त्यो खोरबाट पनि निकालेर फ्याँक्यौँ। अहिले फेरि राजतन्त्र ल्याउने सपना देख्नुको अर्थ छैन।”

राजतन्त्रको सपना हेर्नेहरूलाई “भ्यागुता” को उपमा

राजावादीहरूको आन्दोलनलाई प्रधानमन्त्री ओलीले “भदौको भ्यागुता” सँग तुलना गर्दै भने, “भदौ लागेपछि भ्यागुता ट्वारट्वार गर्छ, भदौ सकिएपछि त्यो पनि सकिन्छ। भ्रममा पर्नु पर्दैन, यी ट्वार्ट्वार, ट्यारट्यार केही समयमै अन्त्य हुन्छन्।”

ज्ञानेन्द्रको शासन: “कानमा घुसेको कन्सुत्लोजस्तो”

पूर्वराजा ज्ञानेन्द्र शाहको तीन वर्षे शासनकाललाई प्रधानमन्त्री ओलीले असह्य समयको संज्ञा दिँदै भने, “त्यो शासन त कानमा पसेको कन्सुत्लोजस्तो थियो—उफ्रेको उफ्र्यै, चिथोरेको चिथोरेइ। जनता त्यसवेला सडकमा उत्रन बाध्य भए र १९ दिनको आन्दोलनपछि ज्ञानेन्द्रलाई घुँडा टेकाइयो।”

ज्योतिष गुरुङलाई पनि व्यंग्य

राजा फर्काउने अभियानमा संलग्न प्रा.डा. जगमान गुरुङलाई प्रधानमन्त्री ओलीले स्मरण गराउँदै भने, “मैले उहाँलाई प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनाएको थिएँ। उहाँले ज्ञानेन्द्रको कुण्डली हेरेर राजा हुने संकेत देख्नुभयो रे। म भन्छु—गुरुजी, मेरो पनि कुण्डली हेर्नुहोस्, जनताको पनि हेर्नुहोस्। त्यो कुण्डलीले भन्छ—राजतन्त्र फिर्ता आउँदैन।”

लिङदेनप्रति पनि कटाक्ष

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरू भाग्नुपर्ने अवस्था आएमा ‘हेलिकोप्टरको सुविधा दिन्छौँ’ भन्ने अभिव्यक्तिको जवाफमा प्रधानमन्त्री ओलीले नाम नलिईकन भने, “एउटा उत्ताउलो मान्छेले बोल्यो—प्रधानमन्त्री भाग्न तयार होऊन् रे! यस्ता सपना हेर्नेहरू पनि छन्। मजाले हेरे हुन्छ।”

एमालेमाथि आक्रमण हुन सक्ने चेतावनी

अन्त्यमा, प्रधानमन्त्री ओलीले नेकपा एमालेमाथि आक्रोश बढ्ने संकेत दिँदै आफ्ना कार्यकर्ताहरूलाई सतर्क रहन निर्देशन दिए। “प्रतिगमन रोक्न, राष्ट्रिय हितको रक्षा गर्न, जनताको अधिकार जोगाउन अग्रभागमा उभिने पार्टी भनेको नेकपा एमाले हो। त्यसैले सबैभन्दा बढी प्रहार यही पार्टीमाथि भइरहेको छ,” उनले भने।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।