Washington DC, US : October 24, 2025, Friday 12:02 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

कुष्ठ रोग लागेकाहरु प्रति हुने बिभेद र हिंसा अन्त्य गर्ने घोषणा नेपालमा कुष्ठ रोग नियन्त्रणका लागि अन्तरराष्ट्रिय सम्मेलन सपन्न,आगामी पांच बर्ष भित्र नेपालवाट कुष्ठ रोग नियन्त्रण गर्ने प्रतिबद्धता

  NepalMother.com | ३० बैशाख २०८२, मंगलवार १४:३७

– टंक पन्त
काठममाडौ । आगामी पांच बर्ष भित्र नेपालमा कुष्ठ रोग पूर्ण रुपमा निवारणका लागि राज्य र नागरिक स्तरवाट कानुनी एवं अन्य अभियानका कुनै पनि कार्यमा कमी हुन नदिने संकल्प गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा काठमाडौमा संपन्न भएको नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठ प्रभावित व्यक्ति माथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलनमा सरकारी उच्च अधिकारी एवं सबद्ध बिज्ञहरुले नेपालमा कुष्ठ रोग निवारण एवं भेदभाव नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन् ।


कुष्ठरोग निवारण र बिभेद अन्यका लागि स्थानीय स्तरवाटै सामाजिक जनचेतना जति आबश्यक छ त्यत्तिकै सातै प्रदेश र सबै स्थानीय सरकारले पनि नीति तथा कार्यक्रम मार्फत बिशेष प्राथमिकता दिनुपर्ने आबश्यकता औल्याइएको छ । सम्मेलनका सहभागीहरुले अहिले सम्म केन्द्र सरकारले मात्र कुष्ठ रोग नियन्त्रणका लागि प्राथमिकतामा राखेको तर प्रदेश र स्थानीय सरकारले सो अनुसार प्राथमिकता नदिएको पाइएकोले प्रदेश र स्थानीय सरकार समक्ष कुष्ठ रोग नियन्त्रण र बिभेद अन्त्य गर्न बिशेष योजजाका लाग्नका लागि आह्वान पनि गरेका छन् ।
१४ बर्ष मुनिका बालबालिका र महिलाहरुमा अहिले पनि कुष्ठ रोगको संक्रमणको दर बढि भएको र समुदाय स्तरमा संक्रमण देखिने गरेको एवं कुष्ठ रोग लागेका र कुष्ठ रोगबाट मुक्त भैसकेकाहरु प्रति समुदाय तहमा बिभेद हुने गरेको देखिएको छ त्यस्ता कार्य अन्ध बिश्वासका कारण पनि बिभेद हुने गरेको भन्दै सहभागीहरुले बिभेद र अन्धबिश्वास हटाउन समुदाय स्तरवाटै प्रभावकारी सचेतना आबश्यक रहेको बताइएको छ ।
कुष्ठरोग प्रभावितहरुलाई समाजमा पुनर्थापनाका लागि सामाजिक चेतना सहित स्थानीय सरकार , नागरिक संगठनहरु र समुदायलाई सहयोग पु¥याउन आग्रह गर्ने सम्मेलनको जोड रहेको छ । कानुनी रुपमा देखा परेका जटिलता पनि पहिचान गरी सुधारका लागि पहल गर्ने संकल्प सम्मेलनका सहभागीहरुले गरेका छन् ।
प्रधानमन्त्री केपी शर्माले उदघाटन गर्नुभएको दुइ दिने सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारीहरु, स्थानीय सरकारका जिम्मेवार अधिकारीहरु , कुष्ठ रोग निवारण र बिभेद अन्त्यका लागि क्रियाशील सरकारी निकाय , गैसरकारी निकाय , दातृ निकायका अधिकारीहरुले सन् २०३० सम्म कुष्ठ रोग नियन्त्रण र कुष्ठ रोग प्रभावितहरुमाथि हुने गरेका बिभेद अन्त्य गर्न आआफनो स्थानवाट प्रभावकारी भुमिका खेल्ने संकल्प गरेका छन् ।
सासाकावा लेप्रोसी इनिसेटिभ्,नेपाल कानुन समाज,विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिसन नेपाल लगायतका संस्थाको सहकार्यमा भएको सम्मेलनमा कुष्ठ रोग निवारणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा संलग्न संघ÷संस्थाका विशेषज्ञ र जानकार सहित करिव ३ सय जनाको सहभागिता भएको नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले जानकारी गराउनुभएको छ । कुष्ठ रोगको उच्चदरबाट प्रभावित छानिएका स्थानीय तहबाट भएका असल अभ्यास तथा चुनौती, भेदभाव न्यूनीकरण तथा मानवअधिकार सम्बन्धी छलफल भएको थियो ।
मानिसको छालामा फ्रूस्रो दाग देखिने र वरिपरिको भागलाई नष्ट गर्ने कुष्ठ रोग समयमै पहिचान र उपचार नभए व्यक्ति अपाङगता हुने सम्भावना रहन्छ । कुष्ठरोग सजिलै निको हुने र कम सर्ने भए पनि यसका प्रभावितहरु समाजमा अपमानको सिकार हुन बाध्य छन् । नेपाली समाजमा कुष्ठरोग शारिरीक समस्या मात्र नभई व्यक्तिको सामाजिक जीवनमा समेत असर पार्ने रोगकारुपमा रहेको छ । नेपालमा प्रत्येक बर्ष करिव २८६७ वटा कुष्ठ रोगका नयाँ बिरामी दर्ता हुने गरेका छन् । हाल नेपालमा करिव २ लाखको संख्यामा कुष्ठरोगका विरामी रहेकामा करिव ३० हजार अपाङगताको अवस्थामा रहेको अनुमान गरिएको छ । विश्वव्यापी लक्ष्य अनुरुप नेपालले सन्२०३० भित्र यो रोग उल्मुलन गर्ने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ ।

नेपाल सरकार, विकास साझेदार, कुष्ठ प्रभावित व्यक्तिहरुको क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ, संस्था र सम्बन्धित सरोकारवालाहरु वीच छलफल गरी कुष्ठरोगको उन्मुलन र कुष्ठ प्रभावित व्यक्ति तथा तिनका परिवारका सदस्यहरुको अधिकार सुनिश्चित गर्न साझा अवधारणा तयार गरी नीतिगत सुधार, संस्थागत संरचना र सेवा प्रवाहमा आवश्यक सुधारका क्षेत्रहरु पहिचान गर्ने सम्मेलनको निष्कर्ष रहेको छ । कुष्ठरोगको उन्मुलन तथा उनिहरुको सहयोगमा सुधारका लागि भैरहेका प्रयासहरुलाई थप बल प्रदान गर्दै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक सहयोग गर्ने, रकुष्ठ प्रभावित व्यक्ति तथा तिनका परिवारका सदस्यहरुको समावेशीकरण र स्वीकार्यता अभिवृद्धि गर्न निजहरुको सहभागीता, सशक्तिकरण र न्यायका लागि साझा धारणाको विकास गर्ने भनिएको छ ।

विद्यमान नीति तथा कानूनको समिक्षा गरी विभिन्न कानूनमा रहेका विभेदकारी व्यवस्था हटाउन र कुष्ठ प्रभावित व्यक्तिको अधिकार सुनिश्चित गर्न आवश्यक कानुन संशोधनको लागि मन्त्रालयको तर्फबाट यथासिघ्र एकिकृत संशोधन विधेयक तयार पारी आवश्यक प्रकृयामा लैजाने र मन्त्रालयको तर्फबाट तयार हुने उक्त विधेयकमा विषयगत विज्ञता र श्रोत साधनको आधारमा सम्बन्धित संघ, संस्था, विकास साझेदार र सम्बन्धित सरोकारवालाको तर्फबाट आवश्यक सहयोग गर्ने सम्मेलनको निष्कर्ष रहेको बताइएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको अध्यक्षता र सर्बोच्च अदालतका पूर्व प्रधानन्याधीश कल्याण श्रेष्ठ , उपसभामुख इन्दिरा राना लगायत स्वास्थ्य मन्त्रालयका सचिब डा बिकास देबकोटा , बिश्व स्वास्थ्य संगठन नेपालका प्रमुख लगायत दर्जन बढी बिषय बिज्ञहरुले बिशेष प्रस्तुति गर्नुभएको दुइ दिने सम्मेलनले बिभिन्न तहमा कुष्ठरोग र छालासम्बन्धी रोगको उपचारको लागि स्वास्थ्य संस्थाहरुले पु¥याउने सेवा र सुविधा गुणात्मक र स्तरीय बनाउनको लागि आवश्यक मापदण्ड, कार्यविधि र निर्देशिकाहरु तयार पारी कार्यान्वयन गर्ने,संघीय प्रणाली र कानूनका आधारमा राष्ट्रिय कुष्ठरोग रणनीति २०७८–२०८२ को समिक्षा गरी सवै तह जिम्मेवार र जवाफदेही बनाउने गरी अनुगमन र मुल्याङ्कनको प्रभावकारी व्यवस्था हुनेगरी नयाँ रणनीति तयार पारी लागु गर्ने प्रतिबद्धता जनाएको छ ।
कुष्ठ प्रभावित व्यक्ति र तिनका परिवारका सदस्यहरुको अधिकार सुनिश्चित गर्नको लागि प्रदेश, स्थानीय तह, नागरिक समाज र आम सञ्चारलाई परिचालन गरी व्यापकरुपमा शिक्षामुलक र चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने , त्यसैगरी कुष्ठरोगका कारण हुने मानसिक तनाव, पुर्वाग्रहीपन, भेदभाव र परम्परागत हानिकारक अभ्यास तथा विश्वास आदिका कारण उनिहरुको मानव अधिकार उपभोगमा बाधा परेका कारण उक्त समस्यालाई सम्बोधन गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्दै उनिहरु पनि समाजका महत्वपूर्ण सदस्य भएका कारण समानरुपमा सहभागी हुने अवसरको सिर्जना जना गर्ने भनिएको छ ।
कुष्ठ प्रभावित व्यक्तिलाई सामाजिक तथा आर्थिक सहायता, रोजगारीमा अवसर, आयमुलक कार्यक्रम मार्फत जीविकोपार्जनमा सहयोग गर्दै उनिहरु विरुद्ध हुने भेदभावको अन्त्य गर्ने र कुष्ठ प्रभावित व्यक्ति र तिनका परिवारका सदस्यहरुको जीवन बीमाको सुनिश्चितताका लागि बीमा कम्पनीहरुसंग समन्वय र सहजीकरण गर्दै आवश्यक बजेटको बिनियोजन गर्ने ,कुष्ठ रोगको उन्मुलन तथा कुष्ठ प्रभावित व्यक्ति तथा तिनका परिवारका सदस्यहरुको अधिकार सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहसंगको ठाडो र मन्त्रालयगत रुपमा समन्वय र सहकार्यको लागि संरचनाको व्यवस्था गरी प्रभावकारी समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाउने गरी सम्मेलनले प्रतिबद्धता जनाएको छ ।

tanka.panta@gmail.com

No photo description available.

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।