Washington DC, US : September 12, 2026, Saturday 07:05 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाले सम्झिँदैछ २,९७७ मृतक, ‘नेभर फर्गेट’ को प्रतिज्ञासहित देशभर श्रद्धाञ्जली|“‘ग्रे लिस्ट’बाट सकेसम्म छिटो बाहिर निकाल्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ”|पण्डित अधिकारीलाई विश्वम्भरा ज्योतिष विज्ञान सम्मान|खेलाडीहरूले उच्च मनोबल र पदक लक्ष्यसहित जापानको यात्रा|एआई कम्पनीहरूभित्रैबाट यसको सम्भावित खतराबारे असाधारण रूपमा गम्भीर चेतावनी|यात्रुवाहक फेरीमा भीषण आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ८६ जना अझै सम्पर्कविहीन|विपत्तिबाट आफन्त, घरबार र जीवनभरको कमाइ गुमाएका नागरिकले सरकार, राज्य वा राजनीतिक दलप्रति आक्रोश व्यक्त गर्नु स्वाभाविक|Breaking News : नेपालमा मुस्ताङको लोमन्थाङ आसपास ५.३ म्याग्निच्युडको भूकम्प, नेपाल-तिब्बत सीमावर्ती क्षेत्रमा व्यापक धक्का|बेलायती राजपरिवारभित्रको पुरानो संवेदनशील विषय फेरि चर्चाको केन्द्रमा|Navitas विरुद्ध अर्जेन्टिना फौजदारी कारबाहीमा, बेलायत अडिग

खेलाडीहरूले उच्च मनोबल र पदक लक्ष्यसहित जापानको यात्रा

  NepalMother.com | २६ भाद्र २०८३, शुक्रबार ०२:३८

जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी तथा अफिसियललाई शिक्षा तथा खेलकुद मन्त्रालयले औपचारिक रूपमा बिदाइ गरेको छ।

सेप्टेम्बर १९ देखि जापानको आइची–नागोयामा सुरु हुने प्रतियोगितामा सहभागी हुन लागेको नेपाली टोलीलाई बिहीबार आयोजित विशेष कार्यक्रममा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरूले शुभकामना दिँदै बिदाइ गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सीमित स्रोत र पूर्वाधारका बाबजुद नेपाली खेलाडीहरूले गरेको तयारी र मेहनत प्रशंसनीय रहेको बताए। सरकारले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै खेलाडीको तयारीमा सहयोग गरेको उल्लेख गर्दै उनले एसियाली खेलकुदबाट नेपालले सकारात्मक नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे।

“उपलब्ध साधन र अवसरको उपयोग गरेर खेलाडीहरूले जुन मेहनत गर्नुभएको छ, त्यो प्रशंसनीय छ,” उनले भने, “तपाईंहरूको प्रदर्शनले देशको प्रतिष्ठा अझ माथि उठाउनेछ र नेपालले पदक प्राप्त गर्नेछ भन्ने विश्वास सरकारलाई छ।”

मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने खेलाडीको सम्मान र मनोबल अभिवृद्धिका लागि जापान प्रस्थानका क्रममा भीभीआईपी कक्षमार्फत बिदाइ गर्ने व्यवस्था मिलाइने पनि जानकारी दिए।

नेपाली टोलीका तर्फबाट बोल्दै ओलम्पियन तथा उसु खेलाडी विजय सिञ्जालीले खेलाडीहरू उच्च मनोबलका साथ प्रतियोगितामा उत्रिन तयार रहेको बताए। तयारी अपेक्षाअनुसार पर्याप्त हुन नसकेको स्वीकार गर्दै पनि उनले मैदानमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।

“परिस्थिति जस्तोसुकै भए पनि हामी आफ्नो शतप्रतिशत क्षमता प्रयोग गर्नेछौँ,” उनले भने, “नेपाल र नेपालीको पहिचानलाई आत्मविश्वासका साथ प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछौँ। हाम्रो लक्ष्य पदक जित्नु नै हो।”

एथ्लेटिक्सतर्फ प्रतिस्पर्धा गर्न लागेकी ओलम्पियन सन्तोषी श्रेष्ठले पनि नतिजाभन्दा खेलाडीको पूर्ण प्रयास महत्वपूर्ण हुने बताइन्। ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा दबाब स्वाभाविक हुने भन्दै उनले खेलाडीहरूलाई मानसिक रूपमा दृढ भएर आफ्नो उत्कृष्ट प्रदर्शन दिन आग्रह गरिन्।

“पदक वा नतिजा हाम्रो नियन्त्रणमा सधैँ नहुन सक्छ, तर आफ्नो मेहनत र प्रदर्शन भने हाम्रो हातमा हुन्छ,” श्रेष्ठले भनिन्, “त्यसैले प्रत्येक खेलाडीले अन्तिम क्षणसम्म शतप्रतिशत दिएर खेल्नुपर्छ।”

यसपटक नेपालबाट १३५ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा दुई खेल प्राविधिकसहित कुल १८४ जनाको सहभागिता रहनेछ।

२०औँ एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची र नागोया क्षेत्रमा सञ्चालन हुनेछ।

खेलाडी बिदाइ कार्यक्रममा खेलकुदमन्त्री पोखरेलसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, उपाध्यक्ष विशाल श्रेष्ठ, राखेपका बोर्ड सदस्य तथा खेल क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

एसियाली खेलकुदजस्तो ठूलो बहुराष्ट्रिय प्रतियोगितामा सहभागी हुन लागेको नेपाली टोलीका लागि यसपटक पनि मुख्य चुनौती सीमित तयारी, स्रोत र अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अनुभव रहनेछ। यद्यपि खेलाडीहरूले उच्च मनोबल र पदक लक्ष्यसहित जापानको यात्रा गर्न लागेको बताएका छन्।

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor