Washington DC, US : March 7, 2026, Saturday 10:26 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा|ट्रम्प भन्छन इरानसँग वार्ताको एक मात्र विकल्प भनेको “निःशर्त आत्मसमर्पण”, इरानले युद्धका कारण ठूलो मानवीय क्षति भएको दाबी|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|तितो सत्य : खड्ग प्रसाद शर्मा ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन !|ट्रम्पले बर्खास्त गरे गृहमन्त्री क्रिस्टी, मुलिन नयाँ गृहमन्त्री प्रस्ताब|अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको “अपरेशन एपिक फ्युरी” सातौँ दिनमा प्रवेश गर्दा मध्यपूर्वको सुरक्षा अवस्था झन् तनावपूर्ण|इरान युद्ध छैटौँ दिनमा प्रवेश, आक्रमण अझ तीव्र, क्षेत्रीय तनाव फैलिँदै|प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न

कोसी प्रदेशमा लगानी सम्मेलन : ओलीले विराटनगरमा उद्घाटन गरे, सम्मेलनका अतिथिहरूले के के भने ? नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्नुपर्ने सुझाव दिए

  NepalMother.com | १८ बैशाख २०८२, बिहीबार २०:१७

कोसी प्रदेशमा लगानी सम्मेलन सुरु भएको छ । बिहीबार (वैशाख १८) प्रधानमन्त्री केपी ओलीले विराटनगरमा सम्मेलन उद्घाटन गरेका हुन् ।

कोसी प्रदेशमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

उद्घाटन समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपयुक्त वातावरण बने लगानी गर्न आउने भन्ने निजीक्षेत्र र लगानीकर्ताले इच्छा देखाएपछि सम्मेलन आयोजना गरिएको बताए । उनले भने, “आठ क्षेत्रका ७१ परियोजना सम्मेलनमा प्रस्तुत गरिनेछ । सकारात्मक वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छ ।”

समृद्ध कोसी बनाउन प्रदेश सरकार योजनागत रूपमा अघि बढेको उनले बताए । प्रदेश सरकारले प्रस्तुत गरेका योजना एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँका छन् ।

सम्मेलनक्रममा दुई दर्जनभन्दा धेरै परियोजनामा सम्झौता (एमओयू) हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाले बताए ।

प्रदेश सरकारले यी परियोजना सफल बनाउन अध्यादेशमार्फत आठ कानुन संशोधन गरेको छ । यसले प्रदेशमा लगानी गर्दा आइपर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको उनले उल्लेख गरे ।

लगानी सम्मेलनलाई मध्यनजगर गर्दै कोसी सरकारले मंगलबार (वैशाख १६) विभिन्न आठ ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरी राजपत्रमा प्रकाशन गरिसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि लगानी दशक घोषणा गर्नुपर्ने सुझाव दिएका छन् । लगानीसम्बन्धी एकीकृत कानुन बनाई लागु गर्न उनले सरकारसँग आग्रह गरे ।

कोसी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् । आगामी १० वर्षलाई लगानी दशकको रूपमा घोषणा गर्न, लगानीसँग सम्बन्धित कानुन वन, वातावरण र भूमि समेत एकीकृत गरी एकीकृत लगानी संहिता बनाउन तथा विभिन्न निकायले फरक व्याख्या गर्ने क्रमको अन्त्य गर्नुपर्ने धारणा उनले राखे ।

उनले लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व आवश्यक्ता रहेकोमा जोड दिए । कानुनको अपव्याख्या गर्ने र कानुन बाझिने अवस्था अन्त्य हुनुपर्ने उनले औँल्याए ।

“लगानी र आर्थिक विकासका लागि नीतिगत स्थायित्व अबको आवश्यकता हो । राजनीतिक अस्थिरताका बीचमा पनि नीतिगत स्थायित्व हुँदा धेरै देशले विकास गरेका प्रशस्तै उदाहरण छन्,” उनले भने, “सबै दलले कम्तीमा अबको १० वर्ष नीतिगत परिवर्तन नगर्ने गरी सहमति गर्नुपर्छ ।”

अबको बजेट र मौद्रिक नीतिले लगानी सहजीकरणका विषयलाई प्रमुखताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले यसपटकको बजेट नयाँ चरणको आर्थिक सुधारको प्रस्थानविन्दु बन्नुपर्ने विचार व्यक्त गरे ।

व्यवसायको दर्ता नागरिक एपबाट हुने व्यवस्था गर्न, कर बुझाएको आधारमा स्वतः नवीकरण हुने व्यवस्था गर्न तथा विदेशी लगानीलाई अनलाइनबाट सबै प्रक्रिया पूरा गरेपछि फाइल बुझाए पुग्ने व्यवस्था गर्न पनि उनले माग गरे । लगानीकर्ता आफैँले फाइल डुलाउँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्न अध्यक्ष ढकालले सरकारसँग आग्रह गरे ।

उनले लगानी बोर्ड, उद्योग विभागलगायत अन्य निकाय एकीकृत गरी अधिकारसम्पन्न लगानी सहजीकरण निकायको निर्माणमा जोड दिन आग्रह गरे ।

कोसी प्रदेश पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रमा व्यापक सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले सम्मेलनमा प्रस्तुत हुने परियोजनाको सम्भाव्यता, लगानीको ढाँचा तथा प्रदेश सरकारको भूमिका स्पष्ट पारेर लगानीकर्तालाई आश्वस्त पार्न प्रदेश सरकारलाई आग्रह गरे ।

देशमा पूर्वाधार विकासमा पुँजीको अभाव नहोस् भनेर महासंघकै पहलमा १० अर्ब पुँजी भएको पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम सुरु गरिसकेको जानकारी दिँदै उनले यसले पूर्वाधारमा लगानीको अभावलाई थोरै भए पनि हटाउन सघाउ पुग्ने बताए ।

यसैगरी महासंघले आफ्नो साधारणसभाको अवसरमा लगानी विस्तार र सर्वसाधारणको सेवा सुरक्षा बढाउन सुशासनको विषय उठाएको स्मरण गर्दै उनले सरकारले तत्काल सुशासन आयोग गठन गरेकोमा सरकारप्रति आभार व्यक्त गरे ।

निजी क्षेत्र सुशासन र सुधारका लागि सहकार्य गर्न तयार रहेको समेत उनले बताए ।

कोसी प्रदेश लगानी सम्मेलनका अतिथिहरूले कोसी प्रदेश लगानीको दृष्टिले सम्भावना बोकेको प्रदेश भएको बताएका छन् । विराटनगरमा बिहीबार सम्मेलन उद्घाटनको अवसरमा बोल्दै प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोसी लगानीका हिसाबले उपयुक्त प्रदेश भएको बताएका थिए । सम्भावना देखेरै लगानी सम्मेलन आयोजना गरिएको उनको भनाइ थियो ।

“स्थानीय तहले पहिचान गरेका र प्रदेशले समेत अघि बढाएका १० करोडमाथिका योजनासमेत अघि बढाउने प्रयोजनले लगानी सम्मेलन गरेका हौँ,” मुख्यमन्त्री कार्कीले भने,“निजी क्षेत्रलाई साथै लिएर अघि बढ्ने प्रयास सुरु गरेका छौँ ।”

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ संरचनामा ग एपनि पुराना कानुनले स्थायी सरकार निर्देशित र रेखदेख गर्नुपर्दा अन्तरविरोध प्रकट भएको बताए । उनले भने,“सात दशक राजनीतिक आन्दोलनमा जिन्दावाद, मुर्दावाद भन्दै बित्यो, अब प्रदेशहरूले आ–आफ्ना विशिष्टताअनुसार समृद्धिको बाटोतिर लाग्नुपर्छ ।”

उनले सात वर्षमात्र भएको नयाँ व्यवस्थाप्रति जनताको अपेक्षा अझ धेरै बढेको बताए ‌। उनले भने,“सीमित साधन स्रोत छ, तर अपेक्षा धेरै छन् । तथ्य र तथ्यांकका आधारमा दृष्टिकोण बनाइनु पर्दछ । सबै विषयलाई राजनीतिक दृष्टिले मात्र हेरिनु हुन्न ।”

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सबै प्रदेशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको समुचित प्रयोगले उन्नतितर्फ जान सकिने बताए । “विकासको माहोल खुलेको छ,” उनले भने, “संघीयताको सात वर्षमा विकासका धेरै ढोका खुलेका छन् ।”

मुख्यमन्त्री सिंहले ठूला जनसंख्या भएका बिहार, पश्चिममा बंगाल र उत्तर प्रदेशका दुई करोड भारतीयलाई मात्र धार्मिक पर्यटकको रूपमा ल्याउन सकेमात्र पनि नेपालले फाइदा लिन सक्ने बताए ।

“नयाँ पुस्तालाई विदेश पठाएर होइन, यहीँ रोजगारी सिर्जना गरेर प्रदेश विकास गर्न सकिन्छ, प्रदेश बन्दा राष्ट्र पनि बन्छ,” उनले भने ।

कोसीका पूर्वमन्त्रीहरू शेरधन राई, राजेन्द्र राई र उद्धव थापाले कोसी प्रदेश हरेक हिसाबले स्रोतयुक्त भएको बताए । पूर्वमुख्यमन्त्री राजेन्द्र राईले भने,“प्रदेशमा सबै चिज छ, तर कसरी उपभोग गर्ने भन्ने विषय हो । कानुनी समस्या छन्, तिनलाई संशोधन गर्नुपर्छ । माथिबाट गाँठो फुकाउनुपर्छ ।”

राईले भने, “संविधान संशोधनमा गएर ऐन कानुन संशोधन गरेर प्रदेशलाई दह्रो बनाइनुपर्दछ ।”

सम्मेलनमा कोसीका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वो, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले शुभकामना दिएका थिए ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।