Washington DC, US : March 7, 2026, Saturday 10:27 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा|ट्रम्प भन्छन इरानसँग वार्ताको एक मात्र विकल्प भनेको “निःशर्त आत्मसमर्पण”, इरानले युद्धका कारण ठूलो मानवीय क्षति भएको दाबी|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|तितो सत्य : खड्ग प्रसाद शर्मा ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन !|ट्रम्पले बर्खास्त गरे गृहमन्त्री क्रिस्टी, मुलिन नयाँ गृहमन्त्री प्रस्ताब|अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको “अपरेशन एपिक फ्युरी” सातौँ दिनमा प्रवेश गर्दा मध्यपूर्वको सुरक्षा अवस्था झन् तनावपूर्ण|इरान युद्ध छैटौँ दिनमा प्रवेश, आक्रमण अझ तीव्र, क्षेत्रीय तनाव फैलिँदै|प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न

हिजो आफुहरुले आन्दोलन गर्दा शिक्षक, कर्मचारीलाइ प्रयोग गर्ने एमाले काङ्ग्रेस सङ्कटमा कक्षा १२ को परीक्षाको मिति सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए, उता आन्दोलनलाई निरन्तरता दिने निर्णय

  NepalMother.com | ९ बैशाख २०८२, मंगलवार १३:१७

कक्षा १२ को परीक्षाको मिति सार्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा बोर्डका पदाधिकारीलाई बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएको सचिवालय स्रोतले जानकारी गराएको छ । कक्षा १२ को परीक्षा मिति बिहीबारदेखि तय भएको थियो । “शिक्षा मन्त्री नभएको हुनाले प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभएको हो । उहाँले परीक्षा केही दिन पछि सार्न भन्नुभएको छ,” प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो,“प्रधानमन्त्रीले पदाधिकारीसँग छलफल गर्नुभयो । उहाँहरुले थप निर्णय गर्नुहोला ।”

नेपाल शिक्षक महासंघले सडक आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको महासंघको बैठकले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन सम्बन्धीत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।

वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र परेका विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीले धम्की दिएर परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएकोमा महासंघले विरोध जनाएको छ ।

“विगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौँ,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासंघले कक्षा १२ को परीक्षाका सबै केन्द्राध्यक्षहरूलाई शैक्षिक सडक आन्दोलनमा सहभागी हुन पनि अनुरोध गरेको छ ।

महासंघले आन्दोलनको समय सारेको छ । महासंघले बुधबार (चैत १०) देखि बिहान ११ देखि दिउँसो २ बजेसम्म आन्दोलन हुने जनाएको छ ।

यसअगाडि शिक्षकहरूले बिहान ९ बजेदेखि नै आन्दोलन गर्ने गरेका थिए । शिक्षा ऐनलगायत विभिन्न माग राख्दै सामुदायिक विद्यालयका शिक्षकहरू २१ दिनेदेखि शैक्षिक आन्दोलनमा रहेका छन् ।

यसै क्रम मा कविराज कार्की बाह्रखरिमा लेख्छन – नेपाल शिक्षक महासंघले बुधबारदेखि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन गर्ने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने अडान राखेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पछि सार्न निर्देशन दिइसकेका छन् । सरकारको निर्देशनपछि बोर्डले परीक्षा २१ गतेसम्म सारेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्री नभएको हुनाले वार्ताको पहल नै प्रधानमन्त्री ओलीले गरेका हुन् । महासंघको बैठकले सडक आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै आफ्ना अडानबाट टसमस नभएको सन्देश दिएको छ ।

त्यस्तै बैठकले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन सम्बन्धित प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेपछि सरकार दबाबमा परेको हो ।

तर अहिलेसम्म शिक्षकका माग सम्बोधन गर्ने विषयमा सरकारले कुनै निर्णय गरेको छैन ।

प्रधानमन्त्री ओली शिक्षकप्रति आक्रोशित छन् भने माग पूरा गर्न नसकिने र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा पनि मंगलबार मुख खोलेका छन् ।

शिक्षक आन्दोलन चर्किँदै गएपछि शिक्षामन्त्री भट्टराईले सोमबार राजीनामा दिएकी हुन् ।

तर शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बुधबारदेखि आन्दोलनको मोडालिटी परिवर्तन गरेर ११ बजेदेखि २ बजेसम्म सडकमा आउने निर्णय भएको बताए ।

“यसअघि ९ बजेदेखि १२ बजेसम्म गर्दै आएको आन्दोलन भोलिदेखि ११ बजेदखि २ बजेसम्म हुन्छ । आन्दोलन थप सशक्त रुपमा अगाडि बढ्छ,” उनले भने ।

२१ दिनदेखि काठमाडौंको माइतीघर बानेश्वर केन्द्रित शिक्षकहरुको सडक आन्दोलन जारी छ । कक्षा १२ को परीक्षाको मुखैमा शिक्षकको आन्दोलनका कारण विद्यार्थीहरु भने अलमलमा परेका छन् ।

यसवर्ष कक्षा–१२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् । परीक्षाका लागि एक हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ ।

नेपाल शिक्षक संघ सोलुखुम्बुका जिल्ला अध्यक्ष मदन राईले आफूहरु जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए ।

“सरकारले आफ्नो दम्भ देखाएको छ । आम शिक्षकहरुले पञ्चायतकालको ऐनलाई मान्नुपर्ने ? हाम्रो तलब बढाउ भनेको होइन । तीन–तीनपटक सम्झौता भएका मागहरु पूरा गर भनेका हौँ । अब पछि हट्दैनौँ,” उनले भने ।

उनले ०७५, ०७८, ०८० मा सरकारले गरेका सम्झौताहरु पूरा गर्नुपर्ने बताए ।

शिक्षकहरुको आन्दोलनले देशभरिका सरकारी विद्यालयमा पठनपाठन ठप्प छ । शिक्षकहरुकै दबाबका कारण सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको शिक्षकहरुको धारणा छ ।

राई थप्छन्, “शिक्षामन्त्रीले राजीनामा दिइसकेपछि अब शिक्षामन्त्रीको पद पनि प्रधानमन्त्रीसँगै छ । त्यसैले अबिलम्ब शिक्षकका मागहरु प्रधानमन्त्रीले पूरा गरिदिनुपर्छ ।”

त्यस्तै नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर आन्दोलनका लागि काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ ।

परिषद्ले विज्ञप्ति जारी गर्दै काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुन २४ घण्टे अल्टिमेटम जारी गरेको हो ।

मागहरु के के छन् ?

मुख्यतः विद्यालय शिक्षा ऐन छिटो भन्दा छिटो जारी गर्नुपर्ने शिक्षकहरुको माग हो ।

सरकारले विगतमा पटक पटक शिक्षकहरुसँग गरेको सहमतिका बुँदा समेटेर विद्यालय शिक्षा विधेयक तयार गरी मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने माग शिक्षकहरुको छ ।

आन्दोलनरत शिक्षक महासंघसँग सरकारले २०८० असोज ५ गते सहमति नै गरेको थियो । माग पुरा गर्ने सरकारको आश्वासनपछि शिक्षकहरु त्यतिबेला आन्दोलन रोकिएको थियो ।

आश्वासनपछि पनि माग पूरा नहुँदा पुनः शिक्षकहरु सडकमा आउनुपरेको सुवेदीको भनाई छ । यसपालि माग सम्बोधन गर्ने अवस्थाको सुनिश्चितता नगरेसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

एकातिर शिक्षक आन्दोलन्ले घेरा मा परेको सरकार अर्को तिर कर्मचारी संगठनहरूले आफ्ना माग ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए पछि झन अप्ठ्यारो मा परेको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती सेवासम्बन्धी विधेयकमाथिको छलफलका क्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घण्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिए ।

आफूहरूले अघि सारेको मागका विषयमा राज्यलाई थप व्ययभार नपर्ने गरी छलफल गर्न तयार रहेको उनले बताए । आफूहरूले अघि सारेका विषयलाई समेत समावेश गरेर सदनको पहिलो दिन नै निजामती विधेयक पेश हुनुपर्नेमा भट्टले जोड दिए । स्थानीय तहका कर्मचारीले दासको जस्तो व्यवहार भोग्नुपरेको उनको जिकिर छ ।

बैठकमा विभिन्न कर्मचारी संघसंगठनले १० बुँदे संयुक्त मागबारे जानकारी गराएका थिए । उनीहरूले संघीय कानुनबमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई एकपटकका लागि समायोजनका निम्ति छनोटको अवसर प्रदान गर्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नुपर्नेलगायत माग राखेका छन् ।

सरकारले निजामती कर्मचारी लगाएर कक्षा १२ को परीक्षा चलाउने तयारी गरेको छ । आन्दोलनमा रहेका शिक्षकहरू उक्त परीक्षामा सामेल नहुने भएपछि सरकारले नयाँ कदम चालेको हो । निजामती कर्मचारीले पनि आन्दोलनमा उत्रिने चेतावनी दिएपछि परीक्षा प्रभावित बन्ने सम्भावना बढेको छ ।

यी हुन् १० बुँदे संयुक्त माग:

karmachari3-1745324346.jpg

karmachari4-1745324346.jpg

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।