Washington DC, US : July 8, 2025, Tuesday 12:41 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार

विश्वव्यापी आर्थिक मन्दीको डर : उत्पन्न जोखिम र अवसर

  NepalMother.com | २० चैत्र २०८१, बिहीबार ०७:४७

सार्वजनिक वृत्तमा दशकौँ बिताउने क्रममा डोनल्ड ट्रम्पको राजनीतिक विचारमा ठूलो परिवर्तन आएको छ। यद्यपि सन् १९८० को दशकदेखि ‘संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रलाई सबल बनाउन आयात शुल्क प्रभावकारी उपाय हो’ भन्ने मान्यतामा उनी दृढ छन्। अहिले उनले आफू सही भएको प्रमाणित गर्न राष्ट्रपतीय अधिकार र गरिमालाई दाउमा राखेका छन्।
आफ्ना इष्टमित्र, कन्जर्भेटिभ राजनीतिज्ञहरू तथा मन्त्रीहरू वरिपरि राखेर ट्रम्पले ह्वाइट हाउसबाट धेरै देशबाट अमेरिका भित्रिने वस्तुमा ठूलो आयात शुल्क लगाउने घोषणा गरे। आयात शुल्कको दायरामा अमेरिकाका मित्रराष्ट्र , प्रतिद्वन्द्वी र शत्रुवत् सम्बन्ध भएका देश सबै परेका छन्।
उनले हर्षोल्लास र आत्माभिन्दनयुक्त भाषण गर्दा समर्थकहरूले ताली बजाएका थिए। त्यस क्रममा उनले आफू निकै पहिलेदेखि आयात शुल्कको पक्षमा रहेको र आफूले पहिला नाफ्टाजस्ता स्वतन्त्र व्यापार सहमति अनि विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)को आलोचना गरेको स्मरण गरे।
आगामी दिनमा “वैश्विकतावादी” र “विशेष स्वार्थ भएका समूह” बाट त्यसको प्रतिरोध हुन सक्ने स्वीकार गर्दै ट्रम्पले अमेरिकीहरूलाई आफ्नो “विवेक”मा विश्वास गर्न आग्रह गरे।

“हाम्रा प्रतिद्वन्द्वीहरूले वाणिज्य बारे विगत ३० वर्षमा गरेका सबै पूर्वानुमान पूर्णतः मिथ्या प्रमाणित भएका छन् भन्ने कुरा कहिल्यै नबिर्सिनुहोस्,” उनले भने।

विश्वव्यापी आर्थिक मन्दीको डर
अहिले दोस्रो पटक राष्ट्रपति हुँदा ट्रम्पसँग समान धारणा राख्ने सल्लाहकारहरू छन् र उनी रिपब्लिकन पार्टीमा निकै शक्तिशाली छन्। उनको पार्टीको अमेरिकी कङ्ग्रेसका दुवै सदनमा बहुमत छ। तसर्थ उनी अमेरिकाकेन्द्रित नयाँ वाणिज्यनीति व्यवहारमा लागु गर्ने परिस्थितिमा छन्। उनका अनुसार उक्त नीतिका कारण एक शताब्दीअघि अमेरिका सम्पन्न राष्ट्र बनेको थियो र फेरि पनि बन्ने छ।

“अधिकांश बेला हामीलाई पीडित बनाएर अरू राष्ट्रहरू धनी र शक्तिशाली बने। तर कडा परिश्रम गर्ने अमेरिकी नागरिकहरू वर्षौँदेखि छेउ लाग्न बाध्य छन्,” उनले भने, “आजको यो कार्यबाट हामी अन्ततः अमेरिकालाई फेरि महान् बनाउने छौँ – पहिलाको भन्दा पनि धेरै।”
यद्यपि राष्ट्रपतिले निकै ठूलो जोखिम मोलेका छन्।

भिन्नाभिन्नै विचारधारा भएका अर्थशास्त्रीहरूले चर्को आयात शुल्कको भार – चीनमाथि ५३%, ईयू र दक्षिण कोरियामाथि २०% अनि सबै राष्ट्रमाथि न्यूनतम १०% – अमेरिकी उपभोक्तामा पर्ने र त्यसबाट बजारभाउ बढ्ने अनि विश्वभरि आर्थिक मन्दी फैलिन सक्ने चेतावनी दिएका छन्।

अमेरिकी अर्थतन्त्रलाई विश्वको सबैभन्दा ठूलो मानिन्छ। ट्रम्पको घोषणाका कारण अमेरिका मन्दीमा फस्ने सम्भावना ५०% ले बढेको पूर्वानुमान अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का भूतपूर्व प्रमुख अर्थशास्त्री केन रोगोफले गरेका छन्।

“उनले विश्व व्यापार प्रणालीमा एउटा परमाणुबम प्रहार गरे,” रोगोफले बीबीसी विश्व सेवालाई बताए। उनी अमेरिका आयात गरिने वस्तुमा लगाइएको यो मात्राको करलाई “अकल्पनीय” भएको ठान्छन्।
व्यापार युद्धको जोखिम
ट्रम्पको निर्णयका कारण अरू देशसँग व्यापार युद्ध चर्किने र अमेरिकाबाट उसका साझेदारहरू पनि टाढिने जोखिम पनि छ। उदाहरणका लागि, अमेरिकाले जापान र दक्षिण कोरियालाई चीनको विस्तारवादी महत्त्वाकाङ्क्षा छेक्ने रक्षाकवच मान्ने गरेको छ। तर ती तीन देशले अमेरिकी व्यापार नीतिहरूको मिलेर प्रतिकार गर्ने घोषणा गरिसकेका छन्।

ट्रम्प सफल भए भने चाहिँ उनले अमेरिकाले द्वितीय विश्वयुद्धपछि निर्माण गर्न सघाएको विश्व अर्थ व्यवस्थाको स्वरूप नै फेरिदिने छन्। उनले आफ्नो नीतिका कारण अमेरिकामा गरिने उत्पादन फेरि बलियो बन्ने, राजस्वका नयाँ स्रोत थपिने र अमेरिकालाई आत्मनिर्भर बनाउने अनि बाह्य विश्वमा आश्रित आपूर्ति प्रणालीमा निर्भर हुनुनपर्ने दाबी गरेका छन्।

त्यस्तो व्यवस्था अव्यावहारिक र विश्वासै गर्न नसकिने खालको रहेको धेरैलाई लाग्छ। तर युद्ध अन्त्य गरेर, ठाउँको नाम फेरेर, नयाँ भूभाग थपेर वा सङ्घीय सरकारका कार्यक्रम र जनशक्ति हटाएर भए पनि आफ्नो प्रभाव छोड्ने प्रयासमा रहेका ट्रम्पका लागि यो सबैभन्दा ठूलो कार्य हो।
त्यो उनकै शैलीको अमेरिकी “स्वतन्त्रता दिवस” हुने छ।

एउटा कुरा स्पष्ट छ – उनी आफूले बुधवार गरेको घोषणा कार्यान्वयन गरे भने ऐतिहासिक परिवर्तन चाहिँ पक्कै हुने छ। यद्यपि त्यो उपलब्धिपूर्ण परिवर्तन हुने छ कि कुख्यातिको भन्ने टडकारो प्रश्न पनि छ।

ट्रम्पले विजयी भावमा भाषण गरे। उनको कदमबाट अमेरिकी अर्थतन्त्र र उनको राजनीतिक स्थितिले ठूलो मूल्य चुकाउनुपर्ने सम्भावना रहेकोमा उनी सहमत देखिएनन्।

उनले जोखिम मोल्नैपर्ने तर्क गरे। “त्यो दिन आउने छ र तपाईँहरूले भन्नुहुने छ – ऊ सही थियो।”
– एन्थनी जर्कर/बीबीसी न्यूज

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।