Washington DC, US : July 19, 2026, Sunday 12:16 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

अमेरिकाको जस्तै देखिने बाटोको नाम, घरको नम्बर र स्टप साईन ! पदमपुर नगरपालिकाको वार्ड नं. ४ ले सडक नामकरण, घर नम्बरिङ, स्टप साइनको स्थापना, प्रविधि एकीकरण तथा ट्राफिक सुरक्षा व्यवस्थापन योजना

  NepalMother.com | १६ चैत्र २०८१, आईतवार २२:०१

  • Dr. Ramhari Subedi

पदमपुर, चितवन – पदमपुर नगरपालिकाको वार्ड नं. ४ ले सडक नामकरण, घर नम्बरिङ, स्टप साइनको स्थापना, प्रविधि एकीकरण तथा ट्राफिक सुरक्षा व्यवस्थापन योजनालाई सशक्त रूपमा अगाडि बढाएको छ । यो योजनाले न केवल सार्वजनिक सेवा प्रणालीलाई सुधार गर्नेछ, तर आर्थिक समृद्धिमा पनि नयाँ युगको सुरुआत गर्ने विश्वास गरिएको छ ।

उक्त कार्यको नेतृत्व हाल अमेरिकामा बसोबास गर्दै युनिभर्सिटीमा प्राध्यापन गरिरहनु भएका डा. रामहरि सुबेदीले गर्नुभएको हो । नेपालकै इतिहासमा पहिलोपटक अमेरिकी पूर्वाधार र विकास मापदण्डअनुसार संरचित ढंगले सुरु गरिएको यो परियोजनालाई पूर्व प्रदेश मन्त्री माननीय विजय सुबेदीले नगरपालिकाका मेयर श्री विनोद रेग्मी र उपमेयर ज्यूसँग सहकार्य गर्दै सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

यस कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउनका लागि वार्ड नं. ४ ले अग्रसरता लिएको हो, जसमा वार्ड अध्यक्ष श्री मक्करमान श्रेष्ठ तथा वार्ड सदस्य श्री बाबुराम शर्माको प्रमुख भूमिका रहेको छ । साथै, अन्य वार्ड सदस्यहरू तथा कर्मचारीहरूको पनि उल्लेखनीय सहयोग रहेको छ ।

कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि “पदमपुर वार्ड नं. ४ प्रविधि विकास समिति” गठन गरिएको छ। समितिका पदाधिकारीहरूले डा. रामहरि सुबेदीसँग सहकार्य गर्दै पहिलो चरणमा ९ वटा प्रमुख चोकहरूमा अमेरिकी शैलीका स्टप साइनहरू स्थापना गरेका छन् र प्रत्येक सडकको नामाकरण गरिएको छ।

अबको दोस्रो चरणमा ती चोकहरूमा रहेका घरहरूको व्यवस्थित नम्बर प्रणाली लागू गरिनेछ। स्थानीय बासिन्दाहरूले यस योजनाप्रति उत्साहजनक समर्थन र स्वागत जनाएका छन् । दोस्रो तथा तेस्रो चरणको कार्यान्वयनसँगै वार्ड नं. ४ लाई पूर्ण रूपमा व्यवस्थित बाटो नाम, व्यवस्थित घर नम्बर र स्टप साइन जडान गरिएको सुरक्षित वार्डको रुपमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।

https://youtu.be/zftETHOS884?si=3DWr5jsfVLL_aYA4

ठेगाना प्रणाली र स्मार्ट सिटी निर्माणको थालनी

पहिले पदमपुरका सडकहरूमा कुनै ठेगाना वा नाम थिएन । यसले स्थानीय बासिन्दा, व्यवसाय, र आपतकालीन सेवाहरूलाई गन्तव्य पत्ता लगाउन निकै कठिन बनाएको थियो । अब, नगरपालिकाले दुई भाषामा (नेपाली र अंग्रेजी) ठेगाना नामाङ्कन गर्ने, घर नम्बरिङ प्रणाली लागू गर्ने, र स्मार्ट ट्राफिक व्यवस्थापनको लागि आईटी एकीकरण गर्ने लक्ष्य राखेको छ ।

स्टप साइन प्रणालीले ट्राफिक सुरक्षा सुधार

सडकमा स्टप साइनको अभाव हुँदा दुर्घटनाको जोखिम उच्च थियो । अब, पदमपुर वार्ड नं ४ ले मुख्य अन्तरसेक्शनहरूमा स्टप साइनहरू राख्ने, ट्राफिक निगरानी क्यामेरा जडान गर्ने, र उल्लङ्घन गर्नेलाई डिजिटल ट्र्याकिङ मार्फत जरिवाना लगाउने योजना बनाएको छ ।

नयाँ रोजगारी सिर्जना:
यस योजनाले शहरी योजनाकार, GIS प्रविधिज्ञ, ट्राफिक व्यवस्थापक, निर्माण मजदुर, आईटी इञ्जिनियर, ट्राफिक प्रहरी जस्ता विभिन्न क्षेत्रमा रोजगारी सिर्जना गर्नेछ । अनुमानअनुसार ३०-४०% रोजगारी वृद्धि हुनेछ, जसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउनेछ।

आईटी प्रविधि र डाटा सेन्टर स्थापना
ठेगाना प्रणालीलाई अझ प्रभावकारी बनाउन GIS प्रविधि, स्मार्ट ट्राफिक व्यवस्थापन, क्लाउड डाटा सेन्टर, र डिजिटल कर संकलन प्रणाली प्रयोग गरिनेछ। नगरपालिकाले ई-गभर्नन्स प्रणाली लागू गर्ने, जसले नगरवासीलाई सेवा लिन सजिलो बनाउनेछ।

राजस्व संकलनमा ५०-१००% वृद्धि सम्भावना
ठेगाना प्रणाली व्यवस्थित भएपछि सम्पत्ति कर संकलन, व्यवसाय कर, यातायात उल्लङ्घन जरिवाना, र डिजिटल सेवा शुल्कबाट वार्ड र नगरपालिकाले वार्षिक करोडौं रुपैयाँ राजस्व संकलन गर्न सक्नेछ ।

पर्यटन, व्यवसाय वृद्धि, र आर्थिक विकासमा योगदान
सही ठेगाना प्रणाली भएका नगरहरू व्यवसाय र पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न सक्छन् । व्यवस्थित नगर प्रणाली लागू भएपछि होटल, रेस्टुरेन्ट, पर्यटन सेवा, र व्यापारिक गतिविधिमा ४०% वृद्धि हुने अनुमान गरिएको छ ।

यातायात उल्लङ्घन जरिवाना र ट्राफिक निगरानी प्रणाली
अब, ट्राफिक नियम उल्लङ्घन गर्नेलाई डिजिटल ट्र्याकिङ प्रणाली प्रयोग गरी जरिवाना लगाइनेछ । AI-आधारित ट्राफिक निगरानी प्रणालीले सुरक्षा सुधार गर्नुका साथै वार्ड र नगरपालिकालाई अतिरिक्त राजस्व संकलन गर्ने अवसर दिनेछ ।

भूमिसम्बन्धी दस्तुर र सम्पत्ति मूल्य वृद्धिबाट फाइदा
व्यवस्थित ठेगाना प्रणाली भएपछि जमिन र घरको मूल्य १५-३०% ले वृद्धि हुन सक्छ । यसले सम्पत्ति खरिद-बिक्री गर्दा दस्तुर शुल्क संकलनमा वृद्धि हुनेछ, जसले नगरपालिकाको आर्थिक स्थिति सुधार गर्नेछ ।

नयाँ नीति र कानुनी स्पष्टता
प्रविधिमैत्री नगर प्रणाली लागू भएपछि ई-गभर्नन्स सेवा, डिजिटल कर प्रणाली, र व्यवसाय अनुदान प्रणाली सञ्चालन गर्न सजिलो हुनेछ । यसले नयाँ लगानीकर्ता भित्र्याउने, व्यवसायलाई अझ व्यवस्थित गर्ने, र कानुनी पारदर्शिता बढाउनेछ ।

स्मार्ट ठेगाना प्रणाली लागू गर्न अन्तर्राष्ट्रिय उदाहरणहरू
अन्य देशहरूमा ठेगाना व्यवस्थापन प्रणाली लागू गरेपछि कर संकलन ५०-१००% ले वृद्धि भएको छ । जस्तै, केन्याको नैरोबी, भारतको बैङ्गलोर, र दुबईको स्मार्ट सिटी परियोजनाहरू यसका उत्कृष्ट उदाहरणहरू हुन् ।

नेपालकै पहिलो स्मार्ट नगर बन्ने अवसर
यदि पदमपुर वार्ड नं ४ ले यो परियोजना सफलतापूर्वक लागू गर्‍यो भने, यो नेपालकै पहिलो व्यवस्थित ठेगाना प्रणाली भएको स्मार्ट वार्ड बन्नेछ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor