Washington DC, US : August 15, 2025, Friday 03:32 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|अब ‘यूएस नेपाल टुडे’ नाममा नयाँ यात्रा|लक्जेम्बर्गका मानार्थ वाणिज्यदूत तथा मानार्थ वाणिज्यदूत जनरलहरूको ऐतिहासिक बैठक सम्पन्न|Breaking News : नक्कली मदिरा सेवनका कारण कुवेतमा १६ भन्दा बढी नेपालीको मृत्यु, ३५ जना अस्पतालमा|ट्रम्प र पुटिनबीचको ऐतिहासिक शिखर बैठक आज अलास्कामा हुँदै|विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’|मनोज गजुरेलको ‘बेडरुममा बिचौलिया’ सार्वजनिक|निजी विद्यालयहरूले प्रस्तावित विद्यालय शिक्षा विधेयकको केही प्रावधान अस्वीकार गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरे|‘माग्ने बुढा’ : नेपाली हास्यव्यङ्ग्य र चलचित्र क्षेत्रको अमूल्य सम्पत्ति|“पुस्ता” को नयाँ र तेश्रो भाग हेर्नुहोस|अमेरिका–रूस शिखर वार्ताको पूर्वसन्ध्यामा ह्वाइट हाउस भन्छ – राष्ट्रपति ट्रम्प युक्रेन युद्ध अन्त्य गर्न उपलब्ध सबै विकल्पहरू प्रयोग गर्ने

अक्षम्य अपराध : आन्दोलनकारीको नाममा स्वदेशी सरकारी जडीबुटी कम्पनी निशानामा पर्दा दुई वटा भवन जले, गाडीहरुमा आगो हुन त आन्दोलनका नाममा बिगतमा माओवादी, एमाले लगायतका दलहरुले जति क्षति मुलुकलाई अरु कसले पुर्याए होला र ! तर अस्ति चैत पन्ध्रमा आन्दोलनकारीहरुले जे गरे त्यो अर्को अक्षम्य अपराध

  NepalMother.com | १६ चैत्र २०८१, आईतवार ०८:५८

हुन त आन्दोलनका नाममा बिगतमा माओवादी, एमाले लगायतका दलहरुले जति क्षति मुलुकलाई अरु कसले पुर्याए होला र ! तर अस्ति चैत पन्ध्रमा आन्दोलनकारीहरुले जे गरे त्यो अर्को अक्षम्य अपराध भएको छ। आन्दोलनकारीको नाममा स्वदेशी सरकारी जडीबुटी कम्पनी, गत शुक्रवार निशानामा प-यो । २०३८ सालमा स्थापित नेपाल सरकारको स्वामित्व भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड आन्दोलनकारीको निशानामा पर्दा ठूलो क्षति भएको छ । कम्पनीले स्थापना कालदेखि नै नेपालको विभिन्न भौगोलिक क्षेत्रमा छरिएर रहेका विभिन्न औषधियुक्त एवं सुगन्धित जडीबुटीहरु वैज्ञानिक पद्धतिबाट संकलन गराई सो जडीबुटीहरु प्रशोधन गरी स्वदेशी उद्योगहरुलाई कच्चा पदार्थ उपलब्ध गराउँदै आएको थियो । त्यति मात्रै नभई उसले विदेशी बजारमा निकाशी गरी रोजगारी सिर्जना गर्दै आएको छ ।

नेपाल सरकारको राजश्वमा टेवा पु-याउँदै आएको उद्योगमा आगजानी गर्दा  ठूलो क्षति पुगेको कम्पनीकी कार्यकारी निर्देशक संगीता यादवले बताउनु भयो । उहाँले भन्नुभयो– ‘दुई वटा भवन जलेका छन्, गाडीहरुमा आगो लगाइएको छ, अहिले उत्पादन गर्नसक्ने अवस्था छैन ।’ उहाँकाअनुसार आगजनीका कारण कारखाना प्लान्ट पूर्ण रुपमा जलेर नष्ट भएको छ । दुई वर्षअघि निर्माण भएको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस सुविधासहित दुईवटा नयाँ भवनभित्र प्रवेश गरी तोडफोडका साथै आगजनी गरी आन्दोलनकारीले जलाएका छन् ।

आगजनीका कारण औषधि उत्पादन गर्न प्रयोग हुने सम्पूर्ण कच्चापदार्थ, उत्पादन पश्चात प्याकेजिङ गर्ने प्लास्टिक र सिसाको बोतल, उत्पादन प्याकेजिङ गर्ने कुटको विभिन्न प्याकेट, कारखाना र अटोमेसन प्लान्ट, मेसिन तथा उपकरणका साथै फर्निचर र सम्पूर्ण कागजात जलेर नष्ट भएको छ । विगत ४२ वर्षदेखि कोरा जडीबुटीहरु तथा उब्जनी गरिएका बीज बिरुवाहरु उक्त कम्पनीले निर्धारित गरेको मूल्यमा खरिद विक्री गर्ने तथा औषधिको आवश्यकता पूरा गर्न देशका विद्यमान वनस्पतिका श्रोत परिचालन समेत गर्ने गरेको छ । कम्पनीले मुख्यतयः सन्चो, हिमालयन मसाज आयल, शिलाजित पेस्ट, सिट्रेनेला आयल, लेमनग्रास आयल जस्ता हर्वल केयर प्रोडक्टहरु उत्पादन गर्दै आइरहेको छ ।

लामो समयदेखि नेपाली बजारमा सन्चोको विक्री ५ मि.लि को सिसिमा भइरहेकोमा यस कम्पनीले बजारको माग र नागरिकको आवश्यकता समेतलाई सम्बोधन गरेको यादवको भनाई छ । आ.व. २०८०/८१ बाट सिसिको मात्रा बढाइ १० मि.लि. को सिसि बजारमा भित्राइसकेको थियो । कम्पनीको केन्द्रिय कार्यालयले हाल उत्पादित सन्चोको फिलिङ्ग र प्याकेजिङ्गको कामलाई प्रविधियुक्त बनाउने कार्यलाई विशेष प्राथमिकतामा राखेको थियो ।

हाडजोर्नी दुखेको, ज्वरो, रोघाखोकी, घाटी दुखेको, नाक बन्द भएको जस्ता समस्याको प्राथमिक रोकथाम र उपचारको लागि विश्वासिलो र भरपर्दो औषधिको रुपमा रहेको सन्चो परम्परागत हाते प्रविधिबाट फिलिङ्ग र प्याकेजिङ्ग भइरहेकोमा आधुनिक प्रविधिको विकाससँगै अत्याधुनिक उत्पादन भवन र मेसिनको प्रयोग गरी स्वाचालित प्रविधिबाट आफ्ना उत्पादनहरु बजारमा ल्याउने तयारी कम्पनीले गरिरहेको बेला तिनै भवन आन्दोलनकारीको निशानामा परेको छ । यसले सफलताको यात्रामा तत्काललाई ब्रेक लागेको छ ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !



May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक

**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।