Washington DC, US : April 1, 2025, Tuesday 05:16 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|सुरेश रजक रहेनन्, समवेदनाहरु पनि रहेनन् कि ?|सत्य र न्यायको खोजी अभियानद्वारा आयोग गठनको माग, आन्दोलनमा पक्राउ परेकाहरुको विवरण पनि माग|‘संसारमा यस्तो आततायी र हिँसा भड्काउने प्रधानमन्त्री अर्को छैन’|नेपालसंग जोडिएको चीनको बिकास लोभ लाग्दो, अब उड्ने ट्याक्सी !|युद्धग्रस्त म्यान्मारमा भूकम्पका कारण २,७०० जनाको ज्यान गयो, ४,००० जनाजति घाइते र २७० जना अझै सम्पर्कविहीन|कविन्द्र कायस्थको  नेतृत्वमा नेपाली सम्पर्क विभाग फ्रान्स गठन|संसद फेस गर्न नसक्ने दुइ तिहाइको तर “लुते” सरकार, संसदको चालु अधिवेशन अबरुद्ध भएपछि अन्त्य गर्ने निर्णय !|भाट भटेनीका पाउरोटी, तरकारी चोरहरु !|मारिएका पत्रकार सुरेश रजकका परिवारले प्रधानमन्त्री ओलीलाई भेटे|प्रधानमन्त्री खड्ग प्रसाद ओली माथि छानबिन र कारवाहीको माग

सिरियामा पछिल्लो २ दिनमा भएको झडपमा परि १ हजार बढी नागरिकको मृत्यु सिरियाली सुरक्षा बलहरू र अपदस्थ राष्ट्रपति बसर अल असद पक्षधरबीच भएको झडप र त्यसपछिको बदला लिने क्रममा उनीहरुको मृत्यु

  NepalMother.com | २६ फाल्गुन २०८१, सोमबार १३:१३

सिरियामा पछिल्लो २ दिनमा भएको झडपमा परि १ हजार बढी नागरिकको मृत्यु भएको छ ।

सिरियाली सुरक्षा बलहरू र अपदस्थ राष्ट्रपति बसर अल असद पक्षधरबीच भएको झडप र त्यसपछिको बदला लिने क्रममा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । १४ वर्ष पहिले सिरियामा द्वन्द्व सुरु भएयताकै यो सबैभन्दा घातक हिंसा भएको अनुगमनकर्ताहरुले जनाएका छन् ।

बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले ७ सय ४५ सर्वसाधारणको मृत्यु हुनुका साथै धेरैजसो नजिकबाट भएको गोली प्रहारबाट १ सय २५ सरकारी सुरक्षा बलका सदस्य र राष्ट्रपति अल असदसँग आबद्ध सशस्त्र समूहका १ सय ४८ विद्रोही मारिएको जनाएको छ । धेरै नागरिकको मृत्यु भएपछि केही क्षेत्रका बिजुली र खानेपानी वितरण समेत बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति असदलाई सत्ताबाट हटाएपछिको तीन महिनामा राजधानी दमस्कसमा बढ्दो महङ्गी नियन्त्रण गर्न नयाँ सरकारलाई चुनौती समेत दिइएको छ । यसैबीच वर्तमान सरकारले भने अपदस्थ भएका राष्ट्रपति अल असद पक्षधरका केही सेनाबाट अहिले पनि आक्रमणको प्रयासहरु भइरहेको आरोप लगाएको छ ।

Go to Home Page

 

 

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।