Washington DC, US : August 26, 2026, Wednesday 05:41 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Flash floods in Nepal: What we know so far|यस्तो देखियो आकासबाट बाढीको विध्वंश|बाढी,पहिरो पीडितको उद्धार र राहतमा एकजुट हुन अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको अपिल|सम्पादकीय : यो केवल रसुवाको विपद होइन, सिंगो नेपालको पीडा हो|Breaking News : १५७ जनाको शव फेला, सयौँ अझै सम्पर्कविहीन; प्रारम्भिक आर्थिक क्षति २ खर्बभन्दा बढी|रसुवा बाढी लगत्तै सरकारले के-के गर्यो ?|Breaking News : नेपालमा इतिहासकै ठुलो बाढी, पहिरोको विपद, कतिको ज्यान गयो, कति घर, सम्पत्ति, संरचना बगे हिसाब किताब गर्न गाह्रो, हाहाकारको अबस्था, सचेत रहन प्रहरी, सेनाको अनुरोध|शैलेन्द्र सिम्खडा : गाईजात्रा विशेष 2083|इरानमाथि अमेरिकाको ‘आर्थिक घेराबन्दी’, करिब ६० व्यक्ति, संस्था,जहाज प्रतिबन्धमा|Cartoon

बाढी,पहिरो पीडितको उद्धार र राहतमा एकजुट हुन अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको अपिल

  NepalMother.com | १० भाद्र २०८३, बुधबार १६:५०

वाशिङ्टन डीसी, अगस्ट २६, २०२६ / अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका Federation of International Journalist, America (FIJA) ले नेपालमा, विशेषगरी रसुवा क्षेत्रबाट सुरु भएको विनाशकारी बाढी तथा पहिरोका कारण विभिन्न जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत, उपचार र पुनर्स्थापनाका काममा सम्पूर्ण पक्ष एकजुट हुन आग्रह गरेको छ।

FIJA अमेरिकाले बुधबार वाशिङ्टन डीसीबाट जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्मा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता र सम्पर्कविहीनहरूको सकुशल उद्धारको कामना गरिएको छ।

नेपाल अहिले गम्भीर राष्ट्रिय विपद्को सामना गरिरहेको उल्लेख गर्दै FIJA ले सरकार, प्रतिपक्ष, सबै राजनीतिक दल, संघ–संगठन, नागरिक समाज, सञ्चारमाध्यम, उद्योगी–व्यवसायी तथा देश–विदेशमा रहेका नेपालीलाई राजनीतिक मतभेदभन्दा माथि उठेर पीडितको उद्धार र राहतमा हातेमालो गर्न आह्वान गरेको छ।

“यो फोहोरी राजनीति गर्ने, आरोप–प्रत्यारोप गर्ने वा विपद्लाई राजनीतिक लाभका लागि प्रयोग गर्ने समय होइन,” विज्ञप्तिमा भनिएको छ। अहिलेको पहिलो प्राथमिकता पीडितको जीवन रक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार, विस्थापितको सुरक्षित व्यवस्थापन र वास्तविक पीडितसम्म राहत पुर्‍याउनु हुनुपर्ने FIJA को भनाइ छ।

कठिन परिस्थितिमा उद्धार कार्यमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्वास्थ्यकर्मी, स्थानीय प्रशासन, उद्धारकर्मी तथा स्वयंसेवकहरूको भूमिकाको प्रशंसा गर्दै FIJA ले सबै राजनीतिक दल, संघ–संगठन र नागरिकलाई सुरक्षा निकायसँग समन्वय गरेर उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ।

संस्थाले राहत वितरण पारदर्शी, व्यवस्थित र निष्पक्ष हुनुपर्नेमा पनि जोड दिएको छ। सरकारी तथा गैरसरकारी निकायबाट प्राप्त सहयोग वास्तविक पीडितसम्म समयमै पुर्‍याउने प्रभावकारी व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता र स्वयंसेवकलाई उद्धार, राहत तथा पुनर्स्थापनाका काममा रचनात्मक रूपमा परिचालन गर्नुपर्ने बताइएको छ।

नेपाल सरकारले विपद्को अवस्थामा सहयोगका लागि अपिल गरिरहेका बेला FIJA अमेरिकाले विश्वभर रहेका नेपाली, नेपाली संघ–संस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा नेपालका मित्रहरूलाई आफ्नो क्षमताअनुसार आधिकारिक र विश्वसनीय माध्यमबाट सहयोग गर्न अनुरोध गरेको छ।

विपद्का बेला गलत सूचना र अपुष्ट विवरण फैलिन सक्ने भन्दै FIJA ले सञ्चारमाध्यम तथा पत्रकारहरूलाई मृतक, बेपत्ता, घाइते तथा क्षतिको तथ्यांक आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र प्रकाशन तथा प्रसारण गर्न आग्रह गरेको छ। पीडित र उनीहरूका परिवारको मानवीय संवेदनशीलता र गोपनीयताको सम्मान गर्न पनि संस्थाले सञ्चारकर्मीहरूको ध्यानाकर्षण गराएको छ।

“यो पीडा सिंगो नेपालको पीडा हो। उद्धारमा जुटौं, राहतमा जुटौं, पीडितलाई साथ दिऔं। Help Nepal. Pray for Nepal,” विज्ञप्तिमा उल्लेख छ।

प्रेस विज्ञप्तिमा FIJA अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल र महासचिव टंक दाहालले हस्ताक्षर गरेका छन्।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor