Washington DC, US : December 12, 2025, Friday 10:29 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|१० जनाको मन्त्रीमण्डल भए पुग्छ धेरै किन चाहियो भन्नुहुन्थ्यो प्रधानमन्त्री सुशीला कार्कीज्यु तर यता त १४ मन्त्री पुगेछन त !|धुर्मुस र सुन्तलीको बकपत्र : “हामी भागेको होइन, छोरीको उपचार पश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं”|“हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो” : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प|भारतका अतिरिक्त विदेश सचिव चारदिने नेपाल भ्रमण सकेर नयाँदिल्ली फर्किए|जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच सम्झौता सम्पन्न|पोखरा एयरपोर्ट भ्रस्टाचार : कसले, कसरी, कति र कहिले खाए ?|भूषिता वशिष्ठको संस्कृत, जीवन र अध्यात्म मोह|About US ( Nepalmother.com)|गृहमन्त्री भन्छन “यो सरकार कारबाहीका मामलामा डगमगाउने छैन” |लाखौँ बालबालिका इंस्टाग्राम, फेसबुक, थ्रेड्स, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिट, एक्स, ट्विच र किक जस्ता प्लेटफर्मबाट बाहिरिए

नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै

  NepalMother.com | ८ फाल्गुन २०८१, बिहीबार २३:४५

छिमेकी मुलुक भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको घुइँचो लागिरहँदा नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाइरहेका छन् ।

पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार भारतको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (किट) विश्वविद्यालयमा मात्रै एक हजार पाँच सय जनासम्म नेपाली विद्यार्थीले अध्ययन गरिरहेको बताइएको छ तर नेपालमा सञ्चालित विश्वविद्यालयमध्ये केहीमा भने मुस्किलले पाँच सय विद्यार्थीले मात्रै अध्ययन गरिरहेको सरकारी तथ्याङ्कले नै देखाएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार राजर्षिजनक विश्वविद्यालयमा जम्मा ५२७ जना मात्रै विद्यार्थी छन् । अझ मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालयमा त जम्मा १५ जना मात्रै विद्यार्थी पढ्छन् । यद्यपि सूचना प्रविधिको क्षेत्रमा खपत हुने उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने हुनाले यस विश्वविद्यालयमा सबै प्रकारका विद्यार्थीले भर्ना पाउँदैनन् ।

आयोगका अनुसार नेपाल खुला विश्वविद्यालयमा एक हजार ६३४, लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक हजार ८३२ जना विद्यार्थी अध्ययनरत छन् । प्रादेशिक विश्वविद्यालयको अवस्था पनि दयनीय नै छ । यहाँका विश्वविद्यालयमा समयमा पढाइ नसकिनु, परीक्षा भए पनि नतिजा समयमा नआउनु तथा समयको माग अनुसार पाठ्यक्रममा परिवर्तन नहुनु जस्ता कारणले विद्यार्थीलाई आकर्षित गरेर टिकाउन नसकिएको शिक्षाविद्को भनाइ छ ।

भारतका विभिन्न शैक्षिक संस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई परामर्श दिइरहेका संस्थाका एक हजार पाँच सयको हाराहारीमा नेपाली विद्यार्थी पढिरहेका विश्वविद्यालय तथा शैक्षिक संस्था भारतमा थुप्रै छन् । यद्यपि यो सरकारी तथ्याङ्क भने होइन, ‘तर सोही तथ्याङ्कको वरिपरि नै नेपाली विद्यार्थी किटमा पढिरहेको भन्ने छ’ इन्डो वल्र्ड एजुकेसन कन्सल्टेन्सीका कार्यकारी अध्यक्ष शिवप्रसाद अर्यालले भन्नुभयो । भारतमा पढ्न जाने नेपाली विद्यार्थीलाई विगत दुई दशकदेखि परामर्श दिँदै आउनुभएका अर्यालका अनुसार भारतमा पछिल्लो समय विद्यालय तहको शिक्षाका लागि जाने विद्यार्थीमा कमी आए पनि उच्च शिक्षाका लागि जाने भने बढिरहेका छन् ।

नेपाली विद्यार्थीको आकर्षण दर उच्च रहेको भारतका विश्वविद्यालय निजी लगानीमा खुलेका हुन् । “स्वदेशमा भने सरकारी लगानीमा खुलेका विश्वविद्यालयमा विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुग्ने तर केही घण्टाको दुरीमा रहेको सिमानाका विश्वविद्यालयमा भने यतैका विद्यार्थीले भरिभराउ हुने अवस्था आउनु दुःखद हो,” शिक्षाविद् प्राडा बालचन्द्र लुइँटेलले भन्नुभयो ।

स्वदेशी विश्वविद्यालयले विद्यार्थी टिकाउन नसक्नुमा यहाँको राजनीतिक, शैक्षिक, आर्थिक तथा प्रशासनिक प्रणाली नै दोषी रहेको दाबी गर्दै लुइँटेलले भन्नुभयो, “यसको सुधारका लागि राजनीतिक नेतृत्वमा इच्छाशक्ति हुनु पर्छ । यहाँ त विश्वविद्यालय भागबन्डामा नियुक्त भएका पदाधिकारीका लागि मात्रै भए । विद्यार्थीका समस्या समाधान गर्नु पर्छ भन्ने भावना नेतृत्वमा रहेन । अब पनि यस विषयमा गम्भीर भएर सोचिएन भने यसको दूरगामी असर पर्छ ।”

धेरै जसो नेपाली विद्यार्थी भारतका शैक्षिक संस्थामा सूचना प्रविधिसँग सम्बन्धित विषय अध्ययन गर्न जाने गरेका छन् । त्यसबाहेक नर्सिङ, इन्जिनियरिङलगायतका विषय अध्ययन गर्न जाने गरेका छन् ।

पछिल्लो समय भारतमा करिब १५ हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको अनौपचारिक तथ्याङ्क छ तर भारत पढ्न जानका लागि वैदेशिक अध्ययन अनुमतिपत्रको अनिवार्य आवश्यकता नपर्ने भएका कारण कुन शैक्षिक संस्थामा कति विद्यार्थीले अध्ययन गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क आउन सकेको छैन ।

परामर्श व्यवसायीका अनुसार भारतमा उच्च शिक्षा अध्ययनका लागि प्रतिवर्ष ५० हजारको हाराहारीमा विदेशी विद्यार्थी पढ्न आउने गरेका छन् । “जसमा नेपाली विद्यार्थीको हिस्सा २५ प्रतिशतको हाराहारीमा रहेको छ।” इन्डो वल्र्डका अध्यक्ष अर्यालले भन्नुभयो, “तर यो पनि हाम्रो प्रणालीबाट आएको आधिकारिक तथ्याङ्क होइन । सरकार आफैँ नलागेसम्म यसको वास्तविक तथ्याङ्क आउँदैन ।”
– सूर्यप्रसाद पाण्डे/गोप

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।