Washington DC, US : October 24, 2025, Friday 09:36 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

त्यो क्रूर आतंकले कसलाई न्याय गर्‍यो ? र कसको भलो गर्‍यो ? अम्बिकादेवी, हरि जस्ता हजारौं आमा र सन्तानहरूको मन बुझ्ने गरी न्याय होला त ? गंगामायाको तपस्या सार्थक हुन्छ कि ? कसै न कसैले त उत्तर दिनैपर्छ होला ? - प्रा. पुरुषोत्तम दाहाल

  NepalMother.com | २५ माघ २०८१, शुक्रबार २२:४७

दश वर्षसम्म माओवादीका नाममा सञ्चालित सशस्त्र हिंसाको उपलब्धि के-के होलान् ? पहिलो अलि छिटो समावेशीताको सिद्धान्त लागू भयो र विभेदविरोधी जनमत सिर्जना भयो, दोस्रो राजसंस्थाको उन्मूलन र गणतन्त्रको स्थापना भयो । तेस्रो हिंसाका योजनाकार र नायकहरूको आर्थिक, शासकीय प्रगति दिन दुगुना रात चौगुनाले बढ्दै गयो । चौथो काम नगरी अरूको भकारीको धान लुट्ने र हप्ता असुलीबाट सजिलो जीवीकाको मार्ग प्रशस्त भयो, पाँचौं थोरै पढालेखाहरू श्रमबजारमा पुगे, पढ्नसक्ने र भविष्य अझ सुरक्षित गराउन खोज्ने युवाहरू विदेश पढ्न र बस्न हिँडे, छैटौं माओवादीबाट आतंकित, पीडितहरू गाउँ छाडेर भागे कि विस्थापित भए, कतिपय देशै छाडेर विदेश पलायन हुन बाध्य भए ।

आठौं बसाइँसराइ र पलायनको परिणाम गाउँका बस्ती खाली हुँदै गए र उर्वर खेतबारी बाँझै रहे, कृषि क्षेत्र तवाह भयो र खाद्यान्न आयात गरेर बाँच्नुपर्ने भयो । नवौं सत्र अठार हजार होनहार नेपालीका सन्तानको अकालमा नै जीवन गुम्यो, पाँच हजारभन्दा बढी घाइते भए, पाँच हजार हाराहारीमा बेपत्ता भए, करिब आजको मूल्यमा अनुमान गर्ने हो भने पाँच खर्बभन्दा बढीको भौतिक क्षति भयो । आजको अवस्था भनेको पीडकहरू शासनमा र पीडितहरू भूइँमा कहालीलाग्दो छ । के यसका लागि कसैले क्षमायाचना गर्नुपर्दैन ? कोही पनि दण्डित हुनुपर्दैन ? यो अपराध अक्षम्य होइन ?

गोरखाका शिक्षक शिवप्रसाद भट्टकी धर्मपत्नी र उहाँका छोरालाई जब मैले क्यालिफोर्नियाको हिमालयन कुसनको काउन्टरमा भेटेँ मेरा मनमा तत्काल माथिका प्रश्नहरू उम्लेर उठे र उत्तर पनि । दश वर्षे संगठित सशस्त्र हिंसा राजनीतिक उद्देश्यमा गरिएको अक्षम्य अपराधको शृंखला थियो । त्यस शृंखलाको उत्कर्षमा रौतहटको गौर पर्‍यो र कैलालीको टीकापुर पनि । संगठित हिंसाले एक्ली बालिका काजोल खातुनलाई जिउँदै पोल्यो र बाँदरमुढेमा चालीस यात्रीलाई ठहरै पार्‍यो ।

कृष्णसेन इच्छुकदेखि मुक्तिनाथ अधिकारी र गुरुप्रसाद लुइँटेलसम्म अनगिन्ती बुद्धिजीवी, स्वतन्त्रता आन्दोलनका अथक अभियन्ता, राष्ट्रसेवक कर्मचारी, न्यायमूर्ति, सुरक्षाकर्मी र सामान्य नागरिकलाई समाप्त पार्ने काम त्यो अवधिमा क्रूरतापूर्वक भयो । नेपालको इतिहासमा नेपाल निर्माणको क्रममा राजा पृथ्वीनारायणको नेतृत्वमा भएका घटनाबाहेक यति ठूलो जनधनको क्षति पहिलो पटक नै थियो । भौतिक क्षतिको अझै सही मूल्यांकन भएको छैन ।

गोरखाको विकट गाउँ बारपाकको प्राविमा पढाउँदै गरेका शिक्षक शिवप्रसाद भट्ट धनी थिएनन्, सामन्त वा जमिन्दार थिएनन्, साहु वा महाजन थिएनन्, निर्दलीय सत्ताका साझेदार थिएनन् । तर, २०५७ सालमा माओवादी जत्थाले ४३ वर्षका ती प्रावि प्रधानाध्यापकको निर्मम हत्या गर्‍यो ।

अहिले नेपालमा द्वन्द्वपीडितहरूलाई न्याय दिने बहस चर्किरहेको छ । राजनीतिको तावा तताउनेहरू लामबद्ध छन् । मूल हिंसाका योजनाकारहरू र प्रतिरक्षाका निम्ति उभिनेहरूको गला सुकेको छ तर मिलेको छ । बृहत् शान्ति सम्झौता भएको अठार वर्ष पूरा भएका छन् । नन्दप्रसाद अधिकारीको शव महाराजगञ्जको मुर्दाघरमा बसेर न्यायको भिख मागिरहेको पनि धेरै भयो । गंगामाया अधिकारी त जब्बर हुनुहुन्छ अझै जीवित हुनुहुन्छ । शरीरको अर्थ रहेन अस्तित्व, प्रतिष्ठा सबै न्यायको खालमा सुम्पनु भएको छ । सुमन अधिकारी र फणीन्द्र लुइँटेलहरू बाबुका हत्यारालाई दण्ड दिनुपर्ने माग गर्दागर्दै अब बालकबाट वार्धक्यतिर उन्मुख हुँदैछन् ।

शकुनी पासाले आरम्भ गरेको हिंसा र त्यसका खेलाडीहरूकै हातमा आज पनि न्यायको पासा देखिन्छ । न्यायको आवाजसँगै निर्वाहको भागदौडमा उभिनुभएकी अम्बिकादेवी भट्ट अमेरिकाको व्यस्त शहर क्यालिफोर्निया सान्फ्रासिस्कोभित्र नेपाली परिचय दिने हिमालयन कुुसनको काउन्टरमा लन्च, डिनर र ब्रेकफाष्टको अर्डर लिइरहनु भएको छ । दुई छोरा र दुई छोरीकी आमा गाउँले गृहिणी यतिखेर परदेशको कोलाहलमा देशकै माया गरिरहनु भएको छ । उहाँका आँखामा अब आँसु छैनन् तर न्यायको आग्रह झन् कठोर देखिन्छ । होमलेसहरूको बाक्लो भिड हुने गरेको त्यस क्षेत्रमा बसेकी अम्बिकाको पनि कुनै घर छैन । गोरखाको घर भताभुंग भएको छ ।

गोरखाको विकट गाउँ बारपाकको प्राविमा पढाउँदै गरेका शिक्षक शिवप्रसाद भट्ट धनी थिएनन्, सामन्त वा जमिन्दार थिएनन्, साहु वा महाजन थिएनन्, निर्दलीय सत्ताका साझेदार थिएनन् । साना नानीहरूको सिंगान पुछेर प्राप्त आम्दानीले आफ्ना सन्तानलाई शिक्षा दिन र उनीहरूको भविष्य सुरक्षित गर्नेबाहेक उनमा अरू कुनै इच्छा थिएन । तर, २०५७ सालमा माओवादी जत्थाले ४३ वर्षका ती प्रावि प्रधानाध्यापकको निर्मम हत्या गर्‍यो । किन गर्‍यो ? यसको जवाफ योजनाकार डा.बाबुराम भट्टराईदेखि पुष्पकमल दाहालले अझै दिनुभएको छैन । यो त एउटा प्रतिनिधि घटना हो । क्रूरताको, अन्यायको र परपीडाको, यातनाको । २९ वर्षको कलकलाउँदो वयमा आफ्नो सहारा गुमाएर विधवा बनेकी अम्बिकादेवीले चारजना सन्तानलाई हुर्काउन, पढाउन कति कष्ट र यातना सहनुपर्‍यो होला ? अनुमान मात्रै गर्न सकिन्छ ।

डा.भट्टराई तपाइँकी छोरी मानुषीले वा अध्यक्ष प्रचण्डकी छोरी रेणु वा गंगाले कुनै दिन यस्तो दुर्दशा खेपे होलान् ? बन्दुक बोकेर जंगलमा परेड खेल्ने र गाउँघरमा पुगेर विपन्न परिवारका पसिनाले कमाएको कोदो, मकैका रोटीसम्म खाएका होलान् । त्यो पनि पैसा नतिरी ? गुन्द्रीमा सुते होलान् त्यो पनि सुतिरहेका बुढाबुढीलाई बाहिर चिसो परालका कुन्युमा लखेटेर । प्रचण्डका दिवंगत छोरा वा छोरीका विषयमा चर्चा गर्नु जरुरी किन ठान्दिन भने शान्ति सम्झौतापछि ती दुवैको पार्थिव अवशान भइसकेको छ । तर, जनार्दनजीका सन्तानहरूले कहाँ पढे ? र कहाँ छन् अहिले ? वर्षमान र नन्दबहादुर पुनका सन्ततिहरूको के छ हालखबर ?

टोपबहादुर रायमाझी र कृष्णबहादुर महराहरूको धन्दा त अहिले पनि चलिरहेकै छ । देवेन्द्रजीका बारे त उहाँहरूकै सहकर्मी गोपाल किरातीले नै धेरै भनिसक्नुभएको छ तर सामान्य गरिब गाउँलेहरूको मन र मतलाई भड्काएर निहत्था, सचेत, असहमत नागरिकको क्रूर हत्या गर्दै शासनको चौतारोमा बसिरहनुभएका उहाँहरूसँग शिवप्रसादका छोरा हरि भट्टको प्रश्न छ : न्याय मिल्छ कि मिल्दैन ? न्याय हामी पीडितहरूको अधिकार हो कि तपाइँहरूको निगाह ?

म र मेरी सहधर्मिणी शान्तालाई त्यसदिनको यात्रामा साथ दिइरहनुभएका वरिष्ठ सञ्चारकर्मी ईश्वरी न्यौपाने र अर्का मित्र हिमाल श्रेष्ठ यो प्रश्नले भावुक हुनुभयो । निर्दोष मान्छेको हत्या गर्नेहरूका नाममा गाउँगाउँमा गेट बनेका छन्, कतिपय बाटाघाटाहरूको नामकरण भएको छ, कतिपय संस्थाहरू खुलेका छन्, व्यापार-व्यवसाय फष्टाएको छ, शहीद, बेपत्ता अपांगका परिवारका नाममा माओवादीका आफन्तहरूको खेती चलिरहेको छ । माओवादीको हिंसामा हतियार बोक्ने र दुःख पाउने कति परिवार छन् के तिनीहरूले प्रचण्ड वा बाबुराम जस्तै सुविधा पाए ? के उनीहरूमध्ये कतिजना स्थानीयदेखि संघीय सत्तामा पुगे ? पारिवारिक वृत्तको मियोमा राजनीति किन यसरी घुमिरहेको छ ?
पुँजीवादी शिक्षाविरुद्ध उभिनेहरूले विपन्नलाई उभो लाग्न दिएनन्, विपन्न नागरिक र तिनीहरूका सन्तानलाई साम्यवादी सपनाको स्वर्ग देखाउँदै बन्दुक बोकाए, हत्या गर्न सिकाए, लुटपाट, यातना दिन सिकाए तर आफ्ना सन्तानहरूलाई सुरक्षित स्थानमा पढाए र आज योग्यताको सिँढीमा उनीहरू नै पुगे । हिजो बन्दुक समाउनेहरू आज बन्दुके मात्रै किन भए ? हिजो बन्दुक समाउनेहरू आज खाडीको गर्मीमा किन पसिना बगाउन पुग्नुपरेको छ ?

गोरखाकै बाबुरामजी, गोरखाबाट नै प्रतिनिधित्व गर्ने प्रचण्डको जीवनशैली र गोरखाकै अम्बिकादेवी भट्टको जीवन चर्याको तुलना कसरी हुन्छ होला ? मनमा यही प्रश्नको सानो उपहार साथमा राखेर म ईश्वरीजी र हिमालसहित स्टान्फोर्डतिर लागेँ । तैपनि मेरा मनले भनिरहेको छ : त्यो क्रूर आतंकले कसलाई न्याय गर्‍यो र कसको भलो गर्‍यो ?

माग, हड्ताल, अवरोध, आमहड्ताल आदिका नाममा उद्योगधन्दा, कलकारखाना, होटल वा व्यावसायिक संस्थालाई विघटन गर्ने र संगठन गर्ने मुठ्ठीभर मानिसमात्रै किन शासकीय समृद्धिको सिँढीमा पुगेका होलान् ? आमा अम्बिकादेवी र छोरा हरि काउन्टरमा उभिएर हामीसँग यस्तै प्रश्न गरिरहेका थिए । हामी निरुत्तर । नेपालबाट केही दिन अमेरिका घुम्न आउनेहरूसँग यी र यस्ता अनगिन्ती प्रश्नको के उत्तर हुन्छ र ? यी र यस्तै प्रश्नको उत्तर पाउन नसकेका क्यालिफोर्नियाबासी नेपालीहरूले डा.बाबुरामजीलाई न्यायको माग गर्दै कालो झण्डाले स्वागत गरेको जानकारी पनि उनीहरू दिँदै थिए ।

अमेरिकामा मात्रै नेपालबाट आउने नयाँ पुस्ताको प्रतिदिनको लर्को कति होला ? त्यो त अध्यागमनको रेकर्डमा हुनसक्छ । अहिले पनि चार लाखभन्दा बढी नेपालीहरू अमेरिकामा छन् र ग्रीनकार्ड लिने, विद्यार्थी भिसामा बस्ने र पढ्नेहरूको तथ्यांक खुलेको छैन । अवैध आप्रवासनको मारमा कति पर्ने हुन् थाहा छैन । अमेरिकापछि यतिखेर क्यानडा आकर्षक हब भएको छ । अष्ट्रेलियादेखि जापानसम्म, बेलायतदेखि न्युजिल्याण्डसम्म नफर्कने गरी कति युवा र विशेषज्ञहरू पलायन भएका छन् । पुरानो हिसाब गर्नुको अर्थ छैन तर २०५२ पछिको आँकडा पल्टाउनु जरुरी भएको छ ।

यो पलायनको फेद भनेको हिंसा हो यसको परिणाम र यसैको प्रभावबाट आएको संविधानले तय गरेको दुई थरीको नागरिक अधिकारको व्यवस्था पनि हो । एकथरीलाई शतप्रतिशत र अर्को थरीलाई आधाप्रतिशतको अधिकार प्रदान गरिएपछि अनेक प्रतिभाशाली विद्यार्थीहरू सुरक्षित जीवनको खोजीमा स्वतन्त्र देशहरूतर्फ आकर्षित भएका छन् । आर्थिक वर्गका आधारमा नभएर जातीय आरक्षणको सिकार अहिले नेपाल नामको देश भइरहेको छ । यो तीतो कुरा कसले बोल्ने ? म्याउ गर्ने बिरालाको घाँटीमा कसले घण्टी झुण्ड्याउने ?

म सन् २०१९ यता तीनपटक अमेरिकाको पारिवारिक यात्रामा आइसकेको छु । जतिपटक आउँछु त्यति नै पटक देशभित्रको पीडा थपिँदै सुन्नु परिरहेको हुन्छ । अर्काको देशमा बसेर बुद्धि, पाखुरी, समय र समृद्धि अरूकै लागि खर्च गरिरहेका नेपालीहरूको पीडा कसले सुनिदिने ? विकसित देशमा बस्नेहरूको त यस्तो हालत छ भने श्रमबजारको हालत कस्तो होला ?

गोरखाकै बाबुरामजी, गोरखाबाट नै प्रतिनिधित्व गर्ने प्रचण्डको जीवनशैली र गोरखाकै अम्बिकादेवी भट्टको जीवन चर्याको तुलना कसरी हुन्छ होला ? मनमा यही प्रश्नको सानो उपहार साथमा राखेर म ईश्वरीजी र हिमालसहित स्टान्फोर्डतिर लागेँ । छोटो बसाइँ धेरै कुरा गर्न सम्भव थिएन । तैपनि मेरा मनले भनिरहेको छ : त्यो क्रूर आतंकले कसलाई न्याय गर्‍यो ? र कसको भलो गर्‍यो ? अम्बिकादेवी, हरि जस्ता हजारौं आमा र सन्तानहरूको मन बुझ्ने गरी न्याय होला त ? गंगामायाको तपस्या सार्थक हुन्छ कि ? कसै न कसैले त उत्तर दिनैपर्छ होला ? अन्यथा न्याय नपाउने जनताले ‘ओल्ला घरको नरे पल्ला घर सरेमात्रै हो परिवर्तन र सत्ता’ भनेमा नेपालको भविष्य के हुन्छ होला ?

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।