Washington DC, US : March 7, 2026, Saturday 07:09 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा|ट्रम्प भन्छन इरानसँग वार्ताको एक मात्र विकल्प भनेको “निःशर्त आत्मसमर्पण”, इरानले युद्धका कारण ठूलो मानवीय क्षति भएको दाबी|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|तितो सत्य : खड्ग प्रसाद शर्मा ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन !|ट्रम्पले बर्खास्त गरे गृहमन्त्री क्रिस्टी, मुलिन नयाँ गृहमन्त्री प्रस्ताब|अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको “अपरेशन एपिक फ्युरी” सातौँ दिनमा प्रवेश गर्दा मध्यपूर्वको सुरक्षा अवस्था झन् तनावपूर्ण|इरान युद्ध छैटौँ दिनमा प्रवेश, आक्रमण अझ तीव्र, क्षेत्रीय तनाव फैलिँदै|प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न

शान्ति स्थापनाका लागि झन्डै ११ सय ५० नेपाली शान्ति सैनिक समेत खटिएको कङ्गोमा विद्रोहीद्वारा १३ विदेशी शान्ति सैनिकको हत्या नेपाली सेनाका प्रवक्ताले कङ्गोमा नेपाली शान्ति सैनिक सुरक्षित रहेको र उनीहरू हाल युद्ध चर्किएको भनिएको स्थानभन्दा परै रहेको बताए

  NepalMother.com | १३ माघ २०८१, आईतवार ०८:१०

13 Congolese soldiers sentenced to death for desertion, murder

नेपालको जस्तै जस्तै, कुशासन, भ्रस्टाचार, अनियमितता, अन्यायमा चुर्लुम्म डुबेको, सिमित केही नेता कार्यकर्ता मालामाल रहेको, सँसारका असफल देश मध्येको एक देश जसले आफुलाई प्रजातान्त्रिक गणतन्त्र कङ्गो पनि भन्छ र बिदेशीहरुको परेड स्थल बनेको छ त्यहाँ शान्ति स्थापनाका लागि खटिएका १३ जना UN का सैनिकहरू विद्रोही एम२३ समूहसँगको भिडन्तमा मारिएका छन्। दक्षिण अफ्रिकाको सेनाले ज्यान गुमाउनेमा विद्रोहीहरूलाई देशको पूर्वमा अवस्थित गोमा सहरतर्फ प्रवेश गर्न रोक्ने प्रयासमा रहेका आफ्ना ९ जना सैनिक रहेको जनाएको छ। त्यसबाहेक मलावीका तीन र उरुग्वेका एक शान्ति सैनिक मारिएका छन्। नेपाली सेनाका प्रवक्ताले कङ्गोमा तैनाथ करिब ११ सय ५० नेपाली शान्ति सैनिक सुरक्षित रहेको र उनीहरू हाल युद्ध चर्किएको भनिएको स्थानभन्दा परै रहेको बताएका छन्।

नेपाल बाट समेत त्यहाँ शान्ति स्थापना गर्न भन्दै UN ले नेपाली सेना र प्रहरी लैजाने देश कङ्गोले एम२३ विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ। संयुक्त राष्ट्र सङ्घ र अन्यले पनि रुवान्डाले आफ्ना फौज र अस्त्रको प्रयोग गरेर द्वन्द्व चर्काएको आरोप लगाएका छन्। पछिल्ला केही दिनमा एम२३ सँगको भिडन्तमा १३ जना राष्ट्रसङ्घीय शान्ति सैनिक मारिएका छन्।

राष्ट्रसङ्घले अत्यावश्यकबाहेक सबै कर्मचारी गोमाबाट फिर्ता गर्ने भएको छ र त्यहाँको खराब अवस्थाबारे आइतवार राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा छलफल हुँदैछ। सोमवारका लागि तय भएको सो छलफल आइतवारका लागि सारिएको हो। फ्रान्सका राष्ट्रपति एमानुअल माक्रोँले द्वन्द्व अन्त्य गर्न आह्वान गर्दै प्रजातान्त्रिक गणतन्त्र कङ्गो र रुवान्डाका नेताहरूसँग कुराकानी गरेको बताइरहँदा लडाइँ चर्किएपछि १० लाखभन्दा धेरै जनसङ्ख्या रहेको गोमाबाट राष्ट्रसङ्घले अत्यावश्यकबाहेकका कर्मचारी फिर्ता गरिरहेको छ।
रक्तपात रोक्न गोमामा रहेका कङ्गोली फौजहरूलाई एम२३ समूहले आत्मसमर्पण गर्न भनिरहेको छ। विद्रोहीहरूलाई समर्थन गरेको आरोपमा छिमेकी रुवान्डासँग प्रजातान्त्रिक गणतन्त्र कङ्गोले कूटनीतिक सम्बन्ध विच्छेद गरेको छ । उक्त कदम बिहीवार युद्ध भइरहेको अग्रमोर्चामा भ्रमण गरेका कंङ्गोका एक सैनिक गभर्नरलाई एम२३ लडाकुहरूले मारिदिएपछि चालिएको थियो। ज्यानुअरीमा उनीहरूले पूर्वमा अवस्थित मिनोभा र मासीसी नामक दुई प्रमुख नगरहरू नियन्त्रणमा लिएका थिए। माक्रोँले दुवै देशका नेतालाई अलग अलग सम्पर्क गरी लडाइँ रोक्न आह्वान गरेको उनको कार्यालयले जनाएको छ।

एएफपी समाचार संस्थाका अनुसार युरोपेली सङ्घका विदेश नीति सम्बन्धी प्रमुख काजा कल्लासले एम२३ लाई थप अघि नबढ्न अनुरोध गर्दै उक्त समूहलाई रुवान्डाको समर्थनको निन्दा गरेका छन्। रुवान्डा र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको अफ्रिकी युनियनआबद्ध देश एङ्गोलाका राष्ट्रपतिले पनि ‘एम२३ र उसका समर्थकहरूको गतिविधि गैरजिम्मेवारपूर्ण’ भन्दै निन्दा गरेका छन्। उनले नागरिकको जीवन रक्षाका लागि तत्कालै लडाइँ रोक्न पनि अपिल गरेको एएफपी समाचार संस्थाले जनाएको छ।

नेपाली सेनाका अनुसार कङ्गोमा शान्ति स्थापनाका लागि झन्डै ११ सय ५० नेपाली शान्ति सैनिक खटिएका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले गोमा नजिकै नेपाली फौजहरू नरहेको भन्दै त्यहाँ रहेको मिसन हेडक्वार्टरमा खटिएका कतिपय नेपाली शान्ति सैनिकहरूलाई राष्ट्रसङ्घले स्थानान्तरण गरेर युगान्डाको एन्टाबे लगेको वा लैजाने प्रक्रियामा रहेको बताए। उनले भने, “हाम्रो फौजहरू गोमा नजिकै छैनन्। सबैभन्दा धेरै नेपाली शान्ति सैनिक फताकी भन्ने ठाउँमा छन् जुन पर नै पर्छ। त्यसबाहेक अर्को फौजहरूको समूह बेनीमा छ जुन उत्तर पूर्वमा पर्छ। बाँकी नेपाली शान्ति सैनिक रहेको बुनियाँ पनि अहिले द्वन्द्व भइरहेको ठाउँबाट परै अवस्थित छ।” नेपाली सेनाका प्रवक्ताले सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेका जानकारी आफूहरूले पाएको उल्लेख गरे।

More Than 100 People Killed in DRC Army and Militia Clashes

मोनुस्को मिसन अन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १० हजार भन्दा बढी शान्ति सैनिक र एक हजार भन्दा बढी फर्म्ड प्रहरी युनिटहरू खटिएका छन्।

उक्त मिसन अन्तर्गत सबैभन्दा बढी फौज उपलब्ध गराउने देशमा भारत, बाङ्ग्लादेश र नेपाल पर्छन्।

डीआर कङ्गोमा दक्षिण अफ्रिकाका झन्डै १,१४०, मलावीका ५६० भन्दा बढी र उरुग्वेका ७५० जनाभन्दा बढी शान्ति सैनिक रहेको गएको अक्टोबरको एउटा विवरणले देखाउँछ।
विद्रोहीहरूले अहिलेसम्मकै बढी भूभागमा नियन्त्रण कायम गरेपछि एम23 र प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सेनाबीचको लडाइँ यसै वर्षको सुरुबाट चर्किएको छ।

राष्ट्रसङ्घका अनुसार द्वन्द्वका कारण अघिल्लो वर्ष ४ लाख मानिसहरू घर छाडेर भागेका थिए।

स्थानीय नेताहरूले अघिल्लो हप्ता एम23 ले कब्जा गरेका स्थानमा २०० गैरसैनिक मारिएको भन्दै गोमामा अवस्थित अस्पतालले सैयौँ बिरामीको उपचार गरिरहेको जनाएका थिए।

गोमामा रहेका एक जना एङ्गलिकन पादरी मार्टिन गोर्डनले त्यहाँ लडाइँ धेरै पर पुगेको र शान्तिका लागि मानिसहरू जे पनि गर्न तयार रहेको बताए।

पछिल्ला केही दिनमा यूके, फ्रान्स, जर्मनी र अमेरिकासहित कैयौँ देशहरूले आफ्ना नागरिकलाई गोमा छाड्न भनेका छन्।

मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले उक्त लडाइँले नागरिकहरूलाई थप खतरामा पार्नसक्ने चेतावनी दिएको छ।

कङ्गोको सेना र एम23 विद्रोही दुवैले गम्भीर मानवअधिकार उल्लङ्घन गरेका उसको आरोप छ।

राष्ट्रसङ्घले जारी द्वन्द्वले उक्त क्षेत्रमा मानवीय सङ्कट बढाएको चेतावनी पनि दिएको छ।

एम23 ले सन् २०२१ यता खनिज पदार्थमा धनी देशको पूर्वमा अवस्थित ठूलो भूभाग आफ्नो कब्जामा लिएको छ। त्यसको परिणाम स्वरूप लाखौँ मानिस विस्थापित भएका छन्। बि।बि।सीका अनुसार प्रजातान्त्रिक गणतन्त्र कङ्गो र राष्ट्रसङ्घले एम23 लाई रुवान्डाको समर्थन रहेको आरोप लगाउँछन्। रुवान्डाका अधिकारीले न त आरोपको खण्डन गरेका छन् न स्वीकार गरेका छन्।

Nepal Army in constant touch with Nepali peacekeepers in DR Congo - Nepal Minute :: Nepal Minute - out of the ordinary

Stampede kills 31 people in army recruitment drive in Congo-Brazzaville | Military News | Al Jazeera

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।