Washington DC, US : October 24, 2025, Friday 07:42 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

माधव नेपालको कनकन र प्रचण्डको थनथन जारी, ओली देउबालाई दबाब ओली भक्त शंकरले गरे माधवको खेदो, जीबी राईको राहदानी रद्द, रास्वपाले गर्‍यो कोशी सभापतिलाई निलम्बन

  NepalMother.com | ४ माघ २०८१, शुक्रबार ११:२६

सहकारी ठगीको आरोपमा फरार रहेका जीबी राईको राहदानी रद्द गर्न अदालतले अनुमति दिएको छ । शुक्रबार जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न अनुमति दिएको हो । जीबीको राहदानी रद्द गर्नुपर्ने मागसहितको रिटमा शुक्रबार न्यायाधीश बेलबासेले अन्तरिम आदेश दिँदै माग बमोजिम हुने आदेश दिनुभएको हो ।

अदालतले राहदानी विभागलाई जीबीको राहदानी रोक्का गर्न लेखि पठाउने आदेश दिएको छ। ५ वटा सहकारी ठगीका मुख्य अभियुक्त जीबी विदेश फरार रहेका नेपाल फिर्ता ल्याउन सरकारले लामो समयदेखि प्रयास गरे पनि सकेको छैन।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन, रुपन्देहीको सुप्रिम, वीरगञ्जको सानोपाइला र कास्कीको सूर्यदर्शन सहकारी गरी पाँच वटा सहकारी ठगीमा उनीमाथि उजुरी छ ।

यसअघि नै प्रहरीले राहदानी रोक्का गर्नका लागि अदालतमा अनुमति माग गरेको थियो। तर अदालतले अनुमति दिएको थिएन। अदालतको अनुमति बिनै प्रहरीले राहदानी विभागमा रोक्का राखिदिन पत्राचार गरेको थियो।

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको पूर्व व्यावसायिक साझेदारसमेत रहेका जीबी मलेसियामा रहेको अनुमान गरिएको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशका सभापति राजेश तिम्सिनालाई निलम्बन गरेको छ।

निलम्बित महामन्त्री मुकुल ढकाललाई जिम्मेवारीमा फर्काउन पत्र लेखेको र प्रदेशमा सांगठनिक काममा ध्यान नदिएको कारण देखाउँदै रास्वपाले तिम्सिनालाई पार्टीबाट निलम्बन गरेको हो।

पार्टी केन्द्रीय अनुसन्धान आयोगका प्रमुख भरतमणी देवकोटाले नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१ (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३.(झ) का आधारमा तिम्सिनालाई निलम्बन गरिएको जानकारी गराउनु भएकाे छ ।

पार्टीको कोसी प्रदेश सदस्यहरू, पदाधिकारी तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरी पाउँ भनी केन्द्रीय अनुशासन आयोग आयोगसमक्ष दिएको उजुरी र त्यसपछिको स्थलगत मूल्यांकनपछि तिम्सिनालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

१७ पुसमा पूर्व महामन्त्री ढकाललाई जिम्मेवारीमा फर्काउन माग गर्दै तिम्सिनासहित मधेश प्रदेशका सभापति तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाउनु भएको थियो ।

तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएकोसमेत पत्रमा लेख्नुभएको थियो ।

उता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको बताउनु भयो ।

उहाँले सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको बताउनु भयो । उहाँले अहिलेको सरकारले संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको बताउनु भयो । उहाँले संविधान संशोधन गर्न भनेर ०८७ सम्म अहिलेका प्रधानमन्त्रीलाई टिकाइदिनुपर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा यो सरकारले जन अपेक्षाहरु पूरा गर्न सकेको छैन । यो सरकार जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवद्र्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन । समाजमा सकारात्मक सन्देश दिन सकेको छैन । त्यसैले यो सरकार असफल छ । अहिले सरकारको काम र क्रियाकलाप सन्तोषजनक छैन । सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ । संविधानलाई पूर्ण रुपमा बेवास्ता गरेको छ । संविधान संशोधन गर्ने जस्तो विषयमा अरु कुनै पार्टीसँग परामर्श नगरी रातारात संविधान संशोधन नगरी नहुने के थियो विषय र अहिलेसम्म किन अघि बढेन । अब ०८७ सम्म कुर्नुपर्ने । यो सरकारलाई २०८७ सम्म टिकाइराख्नुप¥यो । प्रधानमन्त्रीलाई टिकाइराख्नुपर्ने । यसको जवाफ दिनुप¥यो ।’

अध्यक्ष नेपालले सरकारका कामको आलोचना गर्नुको मतलव विकल्पमा तयार छौँ भन्ने नरहेको जिकिर गर्नुभयो । सरकारले सदनलाई बेवास्ता गरेको खण्डमा विपक्षी दलहरुले सडक संघर्ष गर्ने बताउनु भयो ।

यसै बिच नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले ढोका खुल्ला गरे एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा अघि एमाले प्रवेश गर्ने टिप्पणी गर्नुभएको छ ।

शुक्रबार समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एनललगायत दर्जनौं नेताहरुलाई प्रेस चौतारीमा स्वागत गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

१५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेकै कारण एमालेले प्रवेशको ढोका बन्द गरेको उल्लेख गर्दै महासचिव पोखरेलले समाजवादीका अन्य सबै नेता कार्यकर्तालाई स्वागत गर्न पार्टी तयार रहेको बताउनुभयो ।

‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर (एमाले) मा फर्किन म आब्हान गर्दछु’, स्वागत कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोखरेलले थप्नुभयो, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आफ्नो हैसियत देख्नु भएको छ । अब उहाँले जति नै रोइकराइ गरेपनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश गर्न लहरलाई रोक्न सक्नुहुन्न ।’

एमाले भित्र मत राख्न पाइँदैन, बहस गर्न पाइँदैन भन्ने भाष्य बनाएर गएका माधव नेपालले समाजवादी प्रेस संगठनका अध्यक्षलाई २४ घण्टे अल्टीमेटम सार्वजनिक गराएर प्रेस चौतारी प्रवेश गर्ने वातावरण बनाएको उल्लेख गर्नुभएका महासचिव पोखरेलले एमाले भित्र निर्णय प्रक्रियामा यथेष्ट बहस गर्ने, अभिमत राख्ने र छलफल गर्ने संगठनात्मक सिद्धान्त कायम रहेको उल्लेख गर्नुभयो ।

पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावल आफैा एमालेमा रहन नचाहेका कारण पछिल्लो परिस्थिति सृजना भएको बताउँदै महासचिव पोखरेलले भन्नुभयो, ‘पार्टीले निर्णय गर्नु भन्दा अघि आफ्ना धारणा राख्ने हो । निर्णय भएपछि त्यसलाई कार्यान्वयनमा लैजाने हो तर उहाँ (डा. भीम रावल) ले स्थापित विधि भित्र नबसेर सँधै निर्णय र नेतृत्वको आलोचना मात्रै गर्नुभयो । पार्टी दिएको एक वर्षको समयलाई पनि वेवास्ता गर्नुभयो र अन्तमा आफैले एमाले नरहने वातावरण सृजना गर्नुभयो । यो वास्तविकता नबुझेका एमाले बिरोधीहरुले पार्टी भित्र अभिमत राख्न दिइदैन, छलफल हुदैन भन्ने भाष्य निर्माण गर्दै हिडिरहेका छन् ।’

‘हाम्रो पार्टी भित्र दुई पटक गम्भीर दुर्घटना भए । पटक १५ वर्ष पार्टीको नेतृत्व गरेका माधव नेपाल, तिन पटक पार्टी नेतृत्व सम्हालेका झलनाथ खनाल अलग्गीदा पनि छोटो अवधीमै समाजवादी नाङ्गीनु र २०५४ मा एमालेबाट अलग्गीएर बनेको वामदेव नेतृत्वको मालेको हालतले नेताहरु कुरा नमिल्दा फुट्नु पर्छ भनेपनि जनताले नस्विकारेको तत्थ्यलाई बिर्सनु हुFदैन’ उहाँले थप्नुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय अध्यक्ष, महासचिवसहितका नेताहरुको ठूलो टोली प्रेस चौतारीमा समाहित भएपछि माधव नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीको औचित्य समाप्त भएको प्रमाणीत भएको बताउनुभयो ।

उहाँले केन्द्रीय अध्यक्षले नै संगठन छोडेपछि अब देशभर समाजवादी प्रेस संगठनका नेता कार्यकर्ता प्रेस चौतारीमा प्रवेश गर्ने ढोका खुलेको प्रतिक्रिया दिनुभयो ।

प्रेस चौतारीमा प्रवेश समाहित हुदैं समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले लामो समय बित्दा पनि माधव नेपालले एमाले फुटाउनुको औचित्य पुष्टि गर्न नसकेको दावी गर्दै समाजावादी छोडेर एमाले प्रवेश गर्नेको लहर देशभरी चल्ने दावी गर्नुभयो । एमालेमा बोल्नी दिइएन्, मत राख्न दिइएन भनेर प्रचार गर्न लगाउने माधव नेपालले आफूले सामान्य बीचार राख्दा २४ घण्टे स्पष्टी करण दिने भित्रभित्रै नेता कार्यकर्तालाई दबाएर राख्ने काम भएकै कारण पार्टी फष्टाउन नसकेको बताउनु भएका सुवेदीले देशभरका समाजवादी प्रेस संगठनमा रहेका नेताहरु चौतारीमा आबद्ध हुने ठोकुवा गर्नुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रममा समाजवादी प्रेस संगठन छोडेर अध्यक्ष सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलन नेपोलियन चेपाङलगायत दर्जनबढि केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघका नेताहरुलाई प्रेस चौतारीमा स्वागत गरिएको प्रेस चौतारी नेपालमा महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।

यसै गरी प्राप्त एक अर्को समाचार अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन उपयुक्त हुने बताउनु भएको छ ।

विपक्षी ६ दलहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीले राजीनामा दिनु नै उपयुक्त हुने बताउनु भएको हो ।

विपक्षी दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सहकारी पीडितहरूलाई न्याय दिनुको साटो उल्टै थप पीडा दिने किसिमले सहकारी अध्यादेश जारी गरिएको छ ।’

उहाँले भन्नुभयो ‘गठबन्धन गर्दा जे भनेर गरिएको थियो, ती कामहरु केही पनि अगाडि बढेका छैनन् । संविधान संशोधन प्रधानमन्त्री आफैंले ०८७ मा मात्रै हुन्छ भनेपछि त अन्य सुशासनबारे भनिएका कुरा पनि उल्टो बाटोमा हिँडिसकेपछि नैतिक रुपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामीले सरकार खोजेको अर्थ लाग्दैन । सरकारले त्यो अधिकार गुमाएको छ । नैतिकताको आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । त्यसको अर्थ हामी सरकारमा जान हतारियको भन्ने अर्थ लाग्दैन ।’

पत्रकार सम्मेलन गर्नुअघि विपक्षी दलहरूको बैठक बसेको थियो । बैठकले साझा धारणासहितको विज्ञप्ति जारी गरेको छ ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले वर्तमान सरकारको गलत कार्यशैलीका कारण अर्थतन्त्र समस्याग्रस्त बन्दै गएको बताएका छन् ।

उनीहरुले बहुमतको दम्भमा सरकारले एकपछि अर्को चाल्दै आएका यस्ता कैयन् जनविरोधी कार्यको जनस्तरबाटै चर्को विरोध हुन थालेपछि संसदमा प्रतिरक्षा गर्न नसकी अध्यादेशको भर पर्नुपर्ने अवस्थाले सत्तारुढ गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको बताए ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।