Washington DC, US : July 20, 2025, Sunday 12:11 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा सरोकार केन्द्रको कार्यक्रम|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल विरुद्ध १० अर्ब डलर क्षतिपूर्तिको मानहानी मुद्दा दायर|एमाले बैठक, ओली–विद्याको बिग्रिंदो समीकरण र नयाँ शक्ति संघर्ष|“ओबामाको लक्ष्य अमेरिकी जनताको इच्छा उल्ट्याउनु थियो”|समय अनुसार परिबर्तन हुँदै, चल्दै आएका बेलायतका राजाको अर्को कदम|Breaking News : ममता काफ्लेको हत्यामा आरोपित नरेश भट्टको मुद्दा फेरि एक वर्ष पछि सर्यो, परिवार र समर्थकहरू आक्रोशित|Cartoon|देशैभरिका तीजका गीतका मौलिक भाकाहरू|अमेरिका भर मात्र होइन संसार भर चल्ने अमेरिकी डलर यसरी छापिन्छ !|“मिनेसोटा घोटाला इतिहासकै सबैभन्दा घिनलाग्दो घोटाला मध्ये एक”

६० लाख धरौटी बुझाएर छुटे पछि रविले भने “न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन”

  NepalMother.com | २ माघ २०८१, बुधबार २०:५७

उनलाई धरौटीमा छाड्दा अदालतले लामिछाने कसुरदार नभएको भन्न सक्ने अवस्था नदेखिएको बताएको छ !

रवि लामिछानेले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरे । रिहा भएलगत्तै लामिछानेले भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’
यता आजै दिएको अदालतको आदेशमा भनिएको छ – “….प्रस्तुत वारदातमा कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएकाले प्रस्तुत मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु. ६०,००,०००/- (साठ्ठी लाख रुपैयाँ नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारिखमा राख्नू । साथै फरार रहेका प्रतिवादीहरूको हकमा यसै अदालतबाट पक्राउ पूर्जी जारी गरी पक्राउ भई आएपछि वयानका लागि पेश गर्नू,” आदेशमा भनिएको छ । यसअघि, कास्की जिल्ला अदालतले २५ पुसमा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

यसै बिच वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमणको विरोध गर्दै काठमाडौं जिल्ला अदालत बार एशोसिएशनले विज्ञप्ति जारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसहितको मुद्दामा वरिष्ठ अधिवक्ता त्रिपाठीले सहकारीपीडितका तर्फबाट बहस गरेका थिए । बहस सकेर बाहिरिँदै गर्दा त्रिपाठीमाथि आक्रमण भएको थियो । जिल्ला अदालत बारले कानुन व्यवसायीले पेसागत धर्म निर्वाह गर्दा हुने आक्रमणले स्वतन्त्र र निर्भक र सक्षम न्यायपालिकालाई खण्डित गर्ने उल्लेख गरेको छ ।

“कानुन व्यवसायीको आचारसंहिताको पालना गरी पक्षको तर्फबाट बहस पैरवी एवं वकालत गर्नु पेसागत धर्म एवं मर्यादा हो । कानुन व्यवसायीले पक्षको तर्फबाट मुद्दामा प्रतिनिधित्व गर्ने मात्र हो, मुद्दाको पक्ष विपक्ष हुदैनन्,” जिल्ला अदालत बारका अध्यक्ष आरसी बिमलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मिति २०८१।१०।०२ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको ‘संगठित रूपमा ठगी गरेको’ मुद्दामा थुनछेक बहस गरी अदालतबाट निस्कने क्रममा जाहेरवालाहरूको तर्फबाट बहस पैरवी गरेको विषयलाई लिएर अदालतको गेटमा उपस्थित भएका केही उच्छृंखल व्यक्तिहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई हातपात, लछारपछार एवं कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार एवं कार्य भएको घटनाप्रति यस बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको छ ।”

बारले पक्षको तर्फबाट बहस पैरवी गरेको विषयमा कानुन व्यवसायीमाथि आक्रमण गर्ने कार्यबाट स्वतन्त्र सक्षम र निर्भिक न्यायपालिकामाथि आक्रमण भएको ठम्याइ गरेको उल्लेख छ । “कानुन व्यवसायीमाथि आक्रमण गर्ने कार्य अदालतमा पक्षको स्वतन्त्र प्रतिनिधित्वको सिद्धान्त विपरीतको कार्य हो,” विज्ञप्तिमा भनिएको छ, “अदालतमा पक्षको प्रतिनिधित्व गरी बहस पैरवी गरेको विषयमा कानुन व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीज्यूलाई आक्रमण गर्ने जस्ता अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरूलाई अविलम्व पक्राउ गरी प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौँ ।”

 

 

 

 

 
उता पोखराको सूर्यदर्शन सहकारीपीडितहरूले जिल्ला अदालत कास्कीको फैसलाविरुद्ध न्यायपरिषद्‌मा उजुरी दिने जनाएका छन् । सूर्यदर्शन बचतपीडित संघर्ष समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अदालत कास्कीले गत पुस २५ गते गरेको आदेशविरुद्ध परिषद्‌मा उजुरी दिने जनाएको हो ।

यो सहकारी प्रकरणमा जोडिएका सात प्रतिवादीमाथि जिल्ला न्यायाधीश नीतिज राईले सबैलाई धरौटीमा छाड्ने आदेश दिएका थिए । जबकी पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित अन्य प्रतिवादीविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा १० वर्षभन्दा बढी कैद सजाय र बिगो भराउन माग गरेको थियो ।

तीनवर्षभन्दा कम सजाय हुने मुद्दामा प्रतिवादीलाई धरौटीमा रिहा गर्ने गरिएता पनि न्यायाधीश राईले लामिछानेलाई ‘कसुरदार रहेनछन् भन्ने मनासिब आधार नदेखिएता पनि …।’ भन्ने कारणसहित लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।

कास्की प्रहरीको हिरासतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रहेका सातैजना प्रतिवादीलाई अदालतले फरकफरक धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उक्त आदेशलाई सहकारीपीडितहरूले त्रुटिपूर्ण रहेको र यसले पीडितको न्यायमा आघात पुग्ने खतरा बढेको बताएका छन् । पीडितहरू न्यायका लागि एकताबद्ध भएर लडिरहँदा सरकार, प्रशासन, जिम्मेवार निकाय र विभिन्न राजनीतिक दलहरूले पीडितहरूको हकहित सुरक्षित गर्ने र न्याय दिलाउनुको सट्टा मुद्दालाई झनै जटिल बनाउँदै लगेको र प्रत्येक क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने काम गरिरहेको आरोप उनीहरूले लगाएका छन् ।

“जिल्ला अदालत कास्कीले सम्बन्धित आरोपितहरूलाई मुद्दा पुर्पक्षको लागि धरौटीमा रिहा गर्ने गरी गरेको आदेश र प्रक्रिया त्रुटिपूर्ण रहेको हाम्रो ठहर छ, यस आदेशले हामी सहकारीपीडितको न्यायमा आघात पुग्ने खतरा बढेको छ,” विज्ञप्तिमा भनिएको छ, “सरकार, शासन र शक्तिकेन्द्रलाई नै प्रभावमा पार्न सक्ने आरोपितहरू थुनामुक्त हुने कुराले हामी सहकारी पीडितले न्याय पाउने कुरामा संशय बढेको छ, यो विषय कुनै व्यक्तिगत आग्रह–पूर्वाग्रह, कुनै राजनीतिक प्रभाव नाफा घाटा वा कुनै प्रतिशोधको होइन, यो हामी सहकारी पीडितको न्यायको हो ।”

सहकारीपीडितहरूलाई सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने, आफ्नो बचत नपाएर दुख, कष्ट, मृत्युवरण र पारिवारिक समस्याबाट गुज्रिरहेको अवस्थामा अदालतबाट आएको आदेश पीडितप्रति पूर्वाग्रह रहेको उनीहरूले बताएका छन् ।

उनीहरूले उक्त मुद्दाको पुनरावोलकनका लागि उच्च अदालतमा निवेदन दिन उच्च सरकारी वकिलको कार्यालयसमक्ष आग्रह गरेका छन् । “अदालतले गरेको आदेश उपर यथाशीघ्र थप कानुनी उपचारको लागि पुनरावेदनको प्रक्रिया अगाडि बढाउन जोडदार माग गर्दछौँ । समग्र सहकारीपीडितको न्यायसँग जोडिएको यस विषयमा ढिला सुस्ती भएर विषयलाई विषयान्तर गर्न खोजिएमा सम्पूर्ण सहकारीपीडित एक भई थप आन्दोलनमा उत्रने कुरा जानकारी गराउन चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले सहकारीपीडितको पक्षमा बोल्नेहरू र बहस गर्ने अधिवक्ताहरूमाथि कुटपिट गर्ने र सामाजिक सञ्जालमा गालीबेइज्जती गर्ने विषयमा आपत्ति प्रकट गरेका छन् । बुधबार नै काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण भएको थियो ।

मुद्दाको अभियोजन र त्यसपछि अदालती प्रक्रियाका गतिविधि चित्त बुझ्दो नभएका कारण न्यायपरिषद्‌मा जाने उनीहरूले बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, “यस मुद्दामा हुने न्याय निरूपण समग्र सहकारी समस्या र सहकारी पीडित न्यायको लागि दृष्टान्त बन्ने हुनाले यसमा सरकार थप गम्भीर भएर सम्पूर्ण न्यायिक प्रक्रिया अपनाउने पर्ने आवश्यकता छ । हामीले यस मुद्दाको अभियोजन र त्यस सम्बन्धमा भएका अदालती प्रक्रियामा र गतिविधि चित्त बुझ्दो नभएकाले यसप्रति न्यायपरिषद्को ध्यानाकर्षण गराउँदै सम्पूर्ण प्रक्रिया पुर्‍याएर न्याय परिषद्‌मा उजुरी दिने समेत जानकारी गराउँदछौँ ।”

लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध यसअगाडि नै २८ पुसमा सवुत–प्रमाण र तथ्य हुँदा हुँदै धरौटी लिएर तारेखमा छाडिएको दाबीसहित सिन्धुलीका युवराज सफलले न्यायाधीश राईविरुद्ध न्याय परिषद्‌मा उजुरी दर्ता गराइसकेका छन् ।

संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाई मुद्दा अगाडि बढाउन पर्नेमा न्यायाधीशले राईले आरोपित सातैजनालाई विगो दाबीभन्दा न्यून धरौटी तोकी छाड्ने निर्णय गरेको प्रश्न उजुरीमा उठाएका छन ।

न्यायपरिषद् ऐन २०७३ को दफा १७ मा उजुरीसँग सम्बद्ध मुद्धाको अध्ययनसम्बन्धी व्यवस्था छ । यसको उपदफा १ मा भनिएको छ, “कुनै मुद्दाको सम्बन्धमा कुनै न्यायधीशविरुद्ध न्यायपरिषद्‌मा उजुरी परेमा न्यायपरिषद्ले त्यस्तो मुद्दाको अध्ययन गर्न कुनै सदस्यलाई तोक्न सक्नेछ ।” बाह्रखरीका अनुसार यसपछि अदालतबाट फाइल मगाउने र उजुरीसँग सम्बद्ध मुद्धाको अध्ययन गरी न्यायपरिषद्ले तोकेको अवधिभित्र आफ्नो रायसहितको प्रतिवेदन परिषद्‌मा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !



May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।