Washington DC, US : September 3, 2026, Thursday 05:26 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

एनआरएनएले सञ्चालन गरिरहेको अभियान छैठो दिन

  NepalMother.com | १६ भाद्र २०८३, मंगलवार १३:०३

रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान आज छैठो दिन पनि निरन्तर जारी रह्यो।
बागमती प्रदेशका स्वास्थ्य मन्त्रीसँग समन्वयात्मक छलफल
बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सामाजिक सहयोगको आवश्यकता पहिचान गर्दै आगामी रणनीति तय गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्मासहितका पदाधिकारीहरू र बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङबीच आज समन्वयात्मक छलफल भएको छ। संघको सचिवालयमा भएको छलफलका क्रममा प्रभावित क्षेत्रमा तत्काल आवश्यक स्वास्थ्य सेवा, औषधि, चिकित्सक तथा स्वास्थ्यकर्मीको परिचालन, सरसफाइ, मानव तथा पशुका शव व्यवस्थापन, स्वास्थ्य सुरक्षाका सामग्री तथा महामारी नियन्त्रणलगायतका विषयमा छलफल भएको छ। प्रभावित नागरिकको आवश्यकताका आधारमा तत्काल राहत तथा स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग उपलब्ध गराउने तथा आगामी चरणमा दीर्घकालीन सहकार्य अघि बढाउने विषयमा समेत छलफल भएको हो।उक्त बैठकमा दोस्रो चरणमा बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयसँग समझदारीपत्र (MoU) गरी पुनःस्थापना तथा पुनर्निर्माणका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।
नुवाकोटमा स्वास्थ्य शिविर सञ्चालनको तयारी
बाढी प्रभावित नुवाकोटको बाघटारमा एनआरएनएको अगुवाइमा मेडिसिटी अस्पताल र मेट्रोसिटी अस्पतालको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी अघि बढाइएको छ। शिविर सञ्चालन तथा प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा र औषधि व्यवस्थापनका विषयमा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङसँग समेत छलफल तथा परामर्श गरिएको छ। एनआरएनए आइसीसी सदस्य डा सन्जिब सापकोटा र स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा १० जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरिएको छ।
यसैगरी, बिग्नाहर्ता नेपालसंग सहकार्य गरि रसुवाका बाढी प्रभावित क्षेत्रमा ६० परिवारका लागि खाद्यान्नलगायत आवश्यक राहत सामग्री पठाइएको छ। दुर्गम तथा सडकमार्गबाट तत्काल पुग्न कठिन प्रभावित परिवारलाई लक्षित गरी हवाईजहाजमार्फत खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री रसुवाका प्रभावित स्थानमा पुर्याइनेछ ।
प्रभावित नागरिक तथा स्थानीय प्रतिनिधिसँग आवश्यकता पहिचानका लागि संवाद
एनआरएनएका अध्यक्ष डा हेम राज शर्मा सहितका पदाधिकारीहरूले रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. २ र ३ का प्रतिनिधिहरूसँग भेट गरी उनीहरूको वर्तमान अवस्था, समस्या तथा आवश्यकताबारे जानकारी लिएका छन्। प्रभावित नागरिकलाई काठमाडौंमा रहेर कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको छ।
बाढीमा अभिभावक गुमाएका तीन विद्यार्थीलाई गृहजिल्ला पुर्याउन सहजीकरण
बाढीमा आफ्ना आमाबुबा तथा परिवारका सदस्य गुमाएका नुवाकोटका तीन जना विद्यार्थी आज लण्डनबाट नेपाल आइपुगेका छन्।नेपाल आइपुगेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा चिरन्जीवी खड्काको नेतृत्वमा रहेको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर भेटेको छ। उनीहरूलाई भोलि नै गृहजिल्ला नुवाकोट पुर्याउन आवश्यक सहजीकरण तथा सहयोग गरिनेछ ।
येलो गुम्बामा विपद् प्रभावित परिवार र बालबालिकालाई मनोसामाजिक सहयोग
रसुवाको वडा नम्बर २, ३ लगायत अन्य बाढीबाट प्रभावित भई काठमाडौंको येलो गुम्बामा आश्रय लिइरहेका परिवार तथा बालबालिकाको मनोसामाजिक अवस्था पहिचान गर्न एनआरएनएको चिकित्सकसहितको विज्ञ टोलीले स्थलगत अवलोकन गरेको छ। एनआरएनएका ICC सदस्य तथा ग्लोबल हेल्थ कमिटीका पूर्व अध्यक्ष डा. सञ्जीव सापकोटाको नेतृत्वमा गएको टोलीले आज येलो गुम्बामा आश्रय लिइरहेका बालबालिकालाई सामाजिक रूपमा सहज बनाउन खेल, मनोरञ्जनलगायत विभिन्न गतिविधि सञ्चालन गरेको हो ।
२०८३ भदौ १६ गते
गैरआवासीय नेपाली संघ सचिवालय
बालुवाटार,काठमान्डौ

May be an image of text

May be an image of text that says 'Registratian NO.: -2070/71 FOR NEPALI BY NEPALI NRNA नेपालीका लागि नेपाली Non-Resident Nepali Association (NRNA) गैरआवासीय नेपाली संघ येलो गुम्बामा विपद प्रभावित परिवार बालबालिकालाई मनोसामाजिक सहयोग रसुबाको वडा नम्बर लगायत अन्य बाढीबाट प्रभावित भई काठमाडींको येलो गुम्बामा आश्रय लिइरहेका परिवार तथा बालबालिकाको मनोसामाजिक अवसया पहिचान रएनएको निकिससकसहितको निज्ञ दोलीले स्थलगत अवलोकन गरेको एनआरएनाएका सदस्य ग्लोबल हेल्य कमिटीका अध्यक्ष सज़्ीन सापकोटाको नेतृत्वमा गएको टोलीले आज येलो गुर्बामा आश्रय लिइरहेका बालबालिकालाई सामाजिक रुपमा सहज बनाउन खेल. मनोरत्ननलगायत विभित्न गतिविशि सन्नालन गरेको हो| ၃၀ဒိ भदो ९६गते गेरआवासीय नेपाली संघ सचिनालय बालुवाटार.काठमाडी 王 Nepali NRNA P.O.B 1189 Kathmandu, Nepal ((977-1)451153014526005 info@nrna.org G www.nrna.org'

 

May be an image of blueprint and text that says 'Pledge Mahato Country Jiba Lamichhane 2026 Bhaban Germary President Sherchan subedi Japan 1,000,000.00 USA Senior President resident Prasad uppe Ramesh Shrestha 510,000.00 Portugal Deputy President Jpadhyaya apan inad Kuriwar Coordinator Middle ast Member Dahal 15 17 Belgium Qatar President Shrestha Rajendra Kumar 5harma(RK) Qatar 5harma Japan Purna President 24 155,000.00 Qatar 153,000.00 1,000.00 Kuwait Coordinator Middle Purna Chandra Baniya 112,233.00 Manaj Kumar Frestho LAE President Amatya Australia President Russia Mahesh 00,000.00 Khadka Regmni Gurung South Korea Hargkang selgiur Serretary 15 Krishna Timalsena Deepmala Dhakal Treasurer Hongkong Gurung Agrawal 00.000,001 Coordinator Regional China 100,000.00 Eurape Regianal Cardinator Occania Member 100,000.00'

May be an image of floor plan, blueprint and text that says 'Khagendra Neupane Malaysia Purushottarn Bahora Portugal Presicent Secretary Khodka Binad 00,000.00 100,000.00 Caardinatar Ireland Chapagain Russia GieneralSzcretary General setretary 100,000.00 Qatar Acvisor 63 Bhusl Swotantra Lardinato Shah UAE Middk: ast Khativvada IStrestha reasurer Regional Coordinator Europe Suraj Maskey 75,500.00 Advisar Kuwait B1 rabia CoordinatorM Middle East Caordinatar 55,555.00 Kiran) berrnary edraj Basnet Treasurer 88 Regional Women oprdinator 89 Bhuvani Prasad Timilsina Secretary 51,000.00 Chinta 51,000.00 rasura Spokesperson ί Thapa (Kanchan) President China 50,111.00 Australia Bajracharya CordinatorOceni President Deput 50,000.00 Aryal Qatar Chhabilal Saudi Arabia inad Ghatta JointTreasurer Member audel LISA Member 50,000.00 CArvisar Secretary 50,000.00 50,000.00 50,000.00'

May be an image of one or more people and text

 

May be an illustration of floor plan, blueprint and text

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor