Washington DC, US : August 15, 2026, Saturday 05:15 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|गायिका रचना रिमाललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका, साउदी शाखाको सम्मान|नेपाल प्रहरीको मनोबल र जनविश्वास|पौडेलकाष्टमा राजाराम पौडेल र किरण केसी : कति हाँस्नु !|किन ट्रम्पका छोरा, छोरी र ज्वाइँलाई तान्दैछ BBC ?|इन्डोनेसियाको फ्लोरेसमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ३८ जनाको मृत्यु|ट्रम्पको नयाँ घोषणा : ‘इरानलाई पराजित गरेपछि होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्नेछु’|खेलाडीहरू दिल्लीमा उत्रिन थालेका बेला बाँदर, परेवा, छाडा कुकुरलाई नियन्त्रणमा राख्न विशेष तयारी|जापानमा ‘अभूतपूर्व’ वर्षा : आठ जनाको मृत्यु|१० जनाको मृत्यु, तीन बेपत्ता, दुई घाइते, १३ संरचना बगायो|अमेरिकाबाट ‘America & World’ अन्तर्राष्ट्रिय अनलाइन अंग्रेजी न्युज म्यागेजिन सञ्चालनमा आउँदै

नेपाल प्रहरीको मनोबल र जनविश्वास

  NepalMother.com | ३० श्रावण २०८३, शनिबार १४:१७

धेरै पुराना प्रसङ्गतिर नजाऔँ। नेपाल प्रहरीमा आफ्नो कार्यकालमा अलग पहिचान बनाएका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकबाट सेवा निवृत्त भएपछि नेतृत्व तहमा देखिएको खडेरीका बीच दानबहादुर कार्की प्रहरी महानिरीक्षक भएर आउँदा कम्तीमा प्रहरी संगठनप्रति केही आशा जागेको थियो।
नेपाल प्रहरी कुनै सरकार, दल वा व्यक्तिको संस्था होइन; यो राज्यको स्थायी र अत्यन्त संवेदनशील सुरक्षा संयन्त्र हो। सरकार जोसुकैको होस्, प्रहरी संविधान, कानुन र विधिअनुसार चल्नुपर्छ र नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्छ। प्रहरी कमजोर भयो, उसको मनोबल भत्कियो वा जनविश्वास गुम्यो भने राज्यको आधार नै कमजोर हुन्छ। प्रहरी कमजोर भएको देशमा नागरिकले सुरक्षित महसुस गर्न सक्दैनन्।
दानबहादुर कार्कीको अहिलेसम्मको व्यावसायिक यात्रा, विगत र सार्वजनिक छवि हेर्दा मैले उनलाई स्वच्छ, इमानदार, अनुशासित र जिम्मेवार राष्ट्रसेवकका रूपमा बुझेको छु। त्यसैले उनी प्रहरी महानिरीक्षक बन्दा संगठनभित्र व्यावसायिकता, निष्पक्षता र कानुनी शासन अझ बलियो होला भन्ने अपेक्षा जाग्नु स्वाभाविक थियो।
तर पछिल्लो समय ‘नयाँ’ र ‘विकल्प’को नाममा राजनीतिमा आएका केही व्यक्तिबाट देखिएको उद्दण्डता, असंयमित अभिव्यक्ति र संस्थामाथि आक्रमण गर्ने शैली चिन्ताजनक छ। सार्वजनिक लेखा समितिमा सांसद खगेन्द्र सुनारले प्रहरी महानिरीक्षक कार्कीलाई प्रश्न गर्ने क्रममा देखाएको भाषा, व्यवहार र प्रस्तुति हेर्दा संसदीय मर्यादा, शिष्टता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको महसुस भयो।
सांसदलाई प्रश्न गर्ने अधिकार छ। प्रहरी प्रमुखलाई प्रश्न गर्नुपर्छ, सरकारलाई प्रश्न गर्नुपर्छ, हरेक सार्वजनिक अधिकारीलाई जवाफदेही बनाउनुपर्छ। तर प्रश्न प्रमाणमा आधारित हुनुपर्छ, भाषा मर्यादित हुनुपर्छ र व्यवहार संसदीय गरिमाअनुकूल हुनुपर्छ। पद र अधिकारको अर्थ जे मन लाग्यो त्यही बोल्ने वा कसैको व्यक्तिगत तथा संस्थागत मर्यादामाथि प्रहार गर्ने छुट होइन।
त्यही बैठकमा दानबहादुर कार्कीले अत्यन्त संयमित, शिष्ट र विनम्र ढंगले आफूलाई प्रस्तुत गर्दै तथ्य र आफ्नो पक्ष राख्ने प्रयास गरेको देख्दा उनीप्रति मेरो सम्मान अझ बढ्यो। उत्तेजनाको जवाफ उत्तेजनाले होइन, मर्यादा र तथ्यले दिन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरे।
यसको अर्थ प्रहरी वा प्रहरी प्रमुख प्रश्नभन्दा माथि छन् भन्ने कदापि होइन। कानुनभन्दा माथि कोही छैन। प्रहरी होस्, सांसद होस्, मन्त्री होस् वा प्रधानमन्त्री कसैले गल्ती गरेको प्रमाणित भए ऊ कानुनको कठघरामा उभिनैपर्छ र दोषअनुसार कारबाही भोग्नैपर्छ। भोलि दानबहादुर कार्कीबाट पनि कुनै गलत काम भएको तथ्य र प्रमाण आयो भने उनीमाथि पनि निष्पक्ष छानबिन र कानुनी कारबाही हुनुपर्छ। मेरो विश्वास व्यक्तिमा हुन सक्छ, तर अन्तिम विश्वास विधि, कानुन र प्रमाणमै हुनुपर्छ।
तर प्रमाणबिनाका आरोप, अपमानजनक भाषा, राजनीतिक उत्तेजना र प्रहरी संगठनकै मनोबल गिराउने प्रवृत्ति पनि स्वीकार्य हुन सक्दैन। कसैलाई मन परेन भन्दैमा सिंगो संस्थामाथि अविश्वास सिर्जना गर्ने वातावरण बनाउनु अन्ततः समाजकै लागि घातक हुन्छ।
प्रहरीलाई सुधारौँ, प्रश्न गरौँ, गल्तीमा कारबाही गरौँ तर प्रहरीको मनोबल नतोडौँ।
किनकि भोलि तपाईं हामीमाथि अन्याय पर्दा, जिउधनको सुरक्षा चाहिँदा, अपराधबाट संरक्षण खोज्दा वा शान्ति सुरक्षाको आवश्यकता पर्दा हामी पुग्ने पहिलो ढोका प्रहरीकै हो।
व्यक्ति आउँछन्, जान्छन्; सरकार फेरिन्छन्।
तर राज्यका संस्था बलिया रहनुपर्छ।
प्रहरी कानुनभित्र रहोस्, राजनीति मर्यादाभित्र रहोस्।
आरोप होइन, प्रमाण बोलोस्।
व्यक्ति होइन, संस्था बलियो बनाऔँ।
नेपाल प्रहरीको मनोबल र जनविश्वास जोगाऔँ।
– Ram Prasad Khanal

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor