Washington DC, US : June 30, 2026, Tuesday 10:02 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|दीपाश्री निरौलालाइ कसले सक्नु, आइन अर्को नयाँ अबतारमा|मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीच फेरि कूटनीतिक रस्साकस्सी|छोरीले जन्माएका आमाहरू !|वाम एकताको बहस : जनताले पत्याउलान् ?|Cartoon|सत्तामा पुग्न जे पनि गर्ने, पुगे पछि देश लुट्न थाल्ने, आफु आफु मै कुकुर बिराला झैं लड्ने, फेरि फुट्ने कम्युनिस्टहरु फेरि एक हुने रे !|१३औँ म्युजिकखबर म्युजिक अवार्ड सम्पन्न, ३३ विधामा उत्कृष्ट घोषणा|प्राकृतिक चिकित्सक डा. चेतना पौडेलको पक्राउ पछि….|वरिष्ठ लोक गायक एबम पत्रकार रामप्रसाद खनालको नयाँ कृष्ण भजन ‘के लिएर आएका थ्यौ सोंच त’ विश्वव्यापी रूपमा सार्वजनिक|भेनेजुएलामा महाभूकम्प : मृत्यु संख्या ९२० नाघ्यो, ३ हजारभन्दा बढी घाइते

दीपाश्री निरौलालाइ कसले सक्नु, आइन अर्को नयाँ अबतारमा नीता ढुंगानाको निर्देशनमा बनेको ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक, दीपाश्री निरौलाको फरक अवतारले तान्यो ध्यान

  NepalMother.com | १५ असार २०८३, सोमबार २३:५९

काठमाडौं । नेपाली चलचित्र उद्योगमा पछिल्ला वर्षहरूमा मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनशैलीलाई केन्द्रमा राखेर चलचित्र निर्माण गर्ने क्रम बढिरहेका बेला अभिनेत्री, निर्माता तथा निर्देशक नीता ढुंगाना निर्देशित बहुप्रतीक्षित चलचित्र ‘पार्वती’ ले पनि नेपालीपनलाई मुख्य आधार बनाएको संकेत दिएको छ। आगामी भदौ १२ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको नयाँ रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले नेपाली हिन्दू विवाह संस्कृतिको अभिन्न हिस्सा मानिने रत्यौली परम्परालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। विवाह सम्पन्न भएपछि महिलाहरूले हाँसो, ठट्टा, नाचगान र सांस्कृतिक प्रस्तुति गर्दै मनाउने रत्यौली नेपाली समाजको मौलिक सांस्कृतिक सम्पदा मानिन्छ। चलचित्रको यस गीतले त्यही सांस्कृतिक सौन्दर्य, पारिवारिक आत्मीयता र नेपालीपनलाई आधुनिक चलचित्रीय प्रस्तुतिसँग जोड्ने प्रयास गरेको देखिन्छ।

गीतको भिडियोमा निर्देशक तथा मुख्य अभिनेत्री नीता ढुंगाना स्वयं परम्परागत नेपाली महिलाको पहिरनमा देखिएकी छन्। उनीसँगै नेपाली चलचित्रकी चर्चित कलाकार दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, वसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले रत्यौलीको रमाइलो वातावरण सिर्जना गरेका छन्।

यस गीतको विशेष आकर्षण भने दीपाश्री निरौला बनेकी छन्। उनी पुरुषको भेषभूषामा प्रस्तुत हुँदै नेपाली रत्यौलीमा देखिने परम्परागत हास्य शैलीलाई जीवन्त बनाएकी छन्। नेपाली चलचित्रमा अभिनय, निर्देशन, निर्माण तथा हास्य प्रस्तुतिका माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाएकी दीपाश्रीले यस गीतमा पनि आफ्नो बहुआयामिक प्रतिभा प्रदर्शन गरेकी छन्।

दीपाश्री निरौला नेपाली चलचित्र उद्योगकी सबैभन्दा सफल महिला निर्देशकमध्ये एक मानिन्छिन्। उनले निर्देशन गरेको ‘छक्का पञ्जा’ शृङ्खलाले नेपाली बक्स अफिसमा लगातार नयाँ कीर्तिमान कायम गरेको छ। कलाकार, निर्देशक, निर्माता र हास्य प्रस्तोताका रूपमा तीन दशकभन्दा लामो योगदान दिएकी दीपाश्री नेपाली चलचित्र, संगीत तथा मनोरञ्जन क्षेत्रकी प्रेरणादायी व्यक्तित्वका रूपमा परिचित छिन्। उनका कारण कुनै पनि चलचित्र वा सांगीतिक प्रस्तुतिप्रति दर्शकको चासो स्वतः बढ्ने गरेको उद्योगका जानकारहरू बताउँछन्।

गीतमा लोकप्रिय गायिका रचना रिमाल, सरु गौतमसहिमा श्रेष्ठ को स्वर रहेको छ। नेपाली गीत–संगीतमा पछिल्लो समय अत्यधिक लोकप्रिय गीतकार हर्क साउद ले शब्द सिर्जना गरेका हुन् भने चर्चित संगीतकार दीपक शर्मा ले संगीत भरेका छन्। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगी ले गरेका छन्।

गीतको शब्द, भाका र रत्यौलीको मौलिक शैलीलाई ध्यानमा राख्दै वरिष्ठ कोरियोग्राफर रामजी लामिछाने ले नृत्य निर्देशन गरेका छन्। परम्परागत नेपाली विवाह संस्कृतिमा आधारित नृत्य, पहिरन र प्रस्तुतीकरणले गीतलाई अझ आकर्षक बनाएको छ।

चलचित्र ‘पार्वती’ को कथा र पटकथा निर्देशक नीता ढुंगाना स्वयंले तयार पारेकी हुन्। चलचित्रको स्क्रिप्ट शिवम् अधिकारी ले लेखेका छन्। चलचित्रमा नीता ढुंगानासँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको छायांकन निर्देशन सुदीप बराल ले गरेका छन् भने सम्पादन साहिल खान ले गरेका हुन्। चलचित्रका निर्माता हरिहर अधिकारी हुन्। प्रदर्शन व्यवस्थापन एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्टरिच इन्टरटेनमेन्ट ले संयुक्त रूपमा गर्ने भएका छन्।

चलचित्र निर्माण टोलीका अनुसार ‘पार्वती’ केवल मनोरञ्जनमा सीमित नभई नेपाली समाज, संस्कार, पारिवारिक सम्बन्ध, महिला पात्रको संघर्ष र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र हो। सार्वजनिक गरिएको रत्यौली गीतले पनि चलचित्र नेपाली मौलिकताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको स्पष्ट संकेत दिएको छ।

पछिल्ला वर्षहरूमा नेपाली चलचित्रमा मौलिक लोकसंस्कृति समेटिएका गीतप्रति दर्शकको आकर्षण बढिरहेको अवस्थामा ‘नौतुना रेलैमा’ ले पनि सामाजिक सञ्जाल र युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। विवाह संस्कृतिमा आधारित मौलिक रत्यौली, अनुभवी कलाकारहरूको प्रस्तुति, लोकप्रिय स्रष्टाहरूको सहकार्य र दीपाश्री निरौलाको फरक अवतारका कारण यो गीत चलचित्र ‘पार्वती’ को प्रमुख आकर्षणमध्ये एक बन्ने अपेक्षा गरिएको छ।

May be an image of one or more people, people smiling and temple

May be an image of one or more people and people smiling

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor