Washington DC, US : March 14, 2026, Saturday 08:42 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|NRN को १२औँ महाधिवेशन तथा वार्षिक साधारणसभामा देशको आर्थिक भविष्य, लगानी र प्रवासी नेपालीको भूमिकाबारे व्यापक छलफल|Breaking News : इरानले प्रतिशोधात्मक आक्रमण, होर्मुज हुँदै जाने तेल आपूर्ति अवरुद्ध हुन थालेपछि विश्वव्यापी ऊर्जा संकट उत्पन्न|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न

NRN को १२औँ महाधिवेशन तथा वार्षिक साधारणसभामा देशको आर्थिक भविष्य, लगानी र प्रवासी नेपालीको भूमिकाबारे व्यापक छलफल अहिले झन्डै ८० लाख नेपाली विदेशमा रहेका र वार्षिक करिब २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिरहेको उल्लेख गर्दै नेपालभित्र र बाहिर रहेका नेपालीको आर्थिक शक्ति एकीकृत गर्न सके आगामी दशकमा १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न कठिन नहुने

  NepalMother.com | ३० फाल्गुन २०८२, शनिबार ०७:१०

काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन तथा वार्षिक साधारणसभामा देशको आर्थिक भविष्य, लगानी र प्रवासी नेपालीको भूमिकाबारे व्यापक छलफल भएको छ। कार्यक्रममा उद्योगी–व्यवसायी तथा एनआरएन नेताहरूले नेपालमा लगानीको वातावरण सुध्रँदै गएको भन्दै विदेशमा रहेका नेपालीलाई मातृभूमिमा पूँजी र सीप लगानी गर्न आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अहिले लगानीका दृष्टिले अवसरले भरिएको मुलुक बनेको दाबी गरे। राजनीतिक स्थिरता स्थापित हुँदै गएको र आर्थिक सुधारका प्रयास तीव्र रूपमा अघि बढेको उल्लेख गर्दै उनले जलविद्युत्, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर लगानी गर्न एनआरएनलाई आह्वान गरे।

उनका अनुसार विश्वमा जहाँसुकै संकट आए पनि अन्ततः फर्किने ठाउँ आफ्नै देश हुने भएकाले नेपालमा दीर्घकालीन सोचका साथ लगानी गर्नु उपयुक्त समय भएको छ। विगतमा केही लगानीकर्ताले सही साझेदार नपाउँदा समस्या भोगे पनि ती घटनाहरू अपवाद मात्रै भएको उनले स्पष्ट पारे।

ढकालले एनआरएन इन्भेस्टमेन्ट कम्पनीसँग सहकार्य गर्दै संस्थागत लगानीलाई प्राथमिकता दिइएको पनि बताए। निजी क्षेत्रको पहलमा ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ नामक १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गरेर आर्थिक सम्भावनालाई व्यवहारमा उतार्ने प्रयास भइरहेको जानकारी उनले दिए।

उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न प्रवासी नेपालीको लगानी अपरिहार्य हुने धारणा राखे। उनका अनुसार सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि वैदेशिक सहायता घट्ने भएकाले देश विकासका लागि डायस्पोराको पूँजी र ज्ञान अत्यन्त आवश्यक हुनेछ।

उनले विदेशिने युवालाई केवल ‘ब्रेन ड्रेन’ का रूपमा हेर्नु गलत भएको भन्दै विदेशमा आर्जित सीप, अनुभव र पूँजीलाई नेपालसँग जोड्न सके ठूलो आर्थिक रूपान्तरण सम्भव हुने बताए। दक्षिण कोरिया र जापानले आफ्ना प्रवासी नागरिकलाई देश विकासमा सहभागी गराएर औद्योगिक प्रगति गरेको उदाहरण दिँदै नेपालले पनि त्यस्तै रणनीति अपनाउनुपर्ने उनले सुझाव दिए।

ढकालका अनुसार विश्वभर रहेका नेपालीहरूले वार्षिक रूपमा ३० देखि ३५ अर्ब डलर बराबरको आम्दानी गरिरहेका छन्। त्यसको सानो हिस्सा मात्रै नेपालमा लगानी गर्न सके रोजगारी सिर्जना र विदेशी लगानी भित्र्याउन ठूलो सहयोग पुग्ने उनको विश्वास छ।

एनआरएनएका पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले पनि रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। उनका अनुसार नेपालमा वार्षिक करिब २० खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिन्छ, तर त्यसको झन्डै ७० प्रतिशत रकम उपभोगमै खर्च हुने गरेको छ।

शर्माले पाँच वर्षअघि घोषणा गरिएको १० अर्ब रुपैयाँको सामूहिक लगानी कोष अझै कार्यान्वयनमा नआएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारले यसलाई तत्काल सक्रिय बनाउनुपर्ने बताए। श्रमिकले मासिक सानो रकम बचत गरेर लगानी गर्न सक्ने प्रणाली विकास गर्न सके ठूलो पुँजी निर्माण सम्भव हुने उनको तर्क छ।

ऊर्जा क्षेत्रमा लगानी बढाउन सके देशको आयात घटाउन सकिने भन्दै उनले ३ हजार मेगावाट अतिरिक्त बिजुली उत्पादन भए मात्र पनि वार्षिक अर्बौँ रुपैयाँ बराबरको ग्यास आयात कम गर्न सकिने बताए।

त्यस्तै एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल समृद्ध बन्न नसक्नुको प्रमुख कारण क्षमता अभाव नभई दृढ संकल्पको कमी भएको बताए। उनका अनुसार विश्वभर फैलिएका नेपालीहरूको आर्थिक गतिविधि जोड्न सके नेपालको अर्थतन्त्रलाई छोटो समयमा नै ठूलो उचाइमा पुर्‍याउन सकिन्छ।

महतोले अहिले झन्डै ८० लाख नेपाली विदेशमा रहेका र वार्षिक करिब २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिरहेको उल्लेख गर्दै नेपालभित्र र बाहिर रहेका नेपालीको आर्थिक शक्ति एकीकृत गर्न सके आगामी दशकमा १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न कठिन नहुने विश्वास व्यक्त गरे।

उनले सरकारसँग गुनासो मात्र गर्ने भन्दा पनि प्रवासी नेपाली स्वयं देश विकासको अभियानमा सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए। “यदि हामी सबैले मिलेर संकल्प गर्‍यौँ भने छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिन्छ,” उनले भने।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।