Washington DC, US : January 30, 2026, Friday 02:20 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

Breaking News : प्रतिनिधिसभा विघटनसम्बन्धी बहुचर्चित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतले तत्काल अघि नबढाउने अदालतले सुनुवाइका नाममा प्रक्रिया फागुन २१ सम्म लम्ब्याउन सक्ने संकेत, कानुनविद्हरूले यदि फागुन २१ गतेसम्म आमनिर्वाचन हुन सकेन भने सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःबहाली हुने सम्भावना बलियो हुँदै गएको विश्लेषण गरेका छन्।

  NepalMother.com | १४ माघ २०८२, मंगलवार १०:०२

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी बहुचर्चित मुद्दाको सुनुवाइ सर्वोच्च अदालतले तत्काल अघि नबढाउने भएको छ। अदालतले उक्त मुद्दामा अब माघ २० गतेपछि मात्रै नियमित सुनुवाइ प्रक्रिया अघि बढ्ने स्पष्ट पारेको छ। मंगलबार माघ १३ गते सर्वोच्च अदालतले रिट निवेदकहरूलाई माघ २० गतेको साधारण तारिख दिएको हो। सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटमा अब सो मितिपछि मात्र संवैधानिक प्रक्रिया अनुसार सुनुवाइ सुरु हुनेछ। “रिट निवेदकलाई माघ २० गतेको साधारण तारिख दिइएको छ। त्यसपछि मात्र सुनुवाइ प्रक्रिया अगाडि बढ्छ,” उनले बताए।

यसअघि फागुन २० गतेका लागि तोकिएको आमनिर्वाचन रोक्न माग गर्दै पूरक निवेदनहरू दर्ता भएकाले अदालतले पहिले निर्वाचनसम्बन्धी विषय टुंग्याएर मात्र संसद् विघटनको मुद्दामा प्रवेश गर्ने तयारी गरेको हो। यसले गर्दा अदालतको प्रक्रिया अझै केही समय लम्बिने संकेत देखिएको छ। प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले तथा अन्य दलका निवर्तमान सांसदहरू, कानुन व्यवसायी र स्वतन्त्र सांसदसमेत गरी १६ भन्दा बढी रिट सर्वोच्चमा दर्ता भएका छन्। ती सबै रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सभामुख देवराज घिमिरे, निर्वाचन आयोग र प्रतिनिधिसभा सचिवालयले लिखित जवाफ पेश गरिसकेका छन्।

रिट निवेदनमा जेन–जी आन्दोलनपछि भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि नबढाई राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरेको दाबी गरिएको छ। यही निर्णयलाई असंवैधानिक ठहर गर्दै संसद् पुनःस्थापनाको माग राखिएको हो। कानुन व्यवसायीहरूको रिटपछि मंसिर १० गते एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले पनि छुट्टै रिट दायर गरेका थिए। त्यसलगत्तै नेपाली कांग्रेसका तर्फबाट तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेसहितका सांसदहरूले रिट दर्ता गरे। पछि कांग्रेसका ५७ सांसदको हस्ताक्षरसहित पूरक निवेदन समेत पेश गरिएको छ।

कांग्रेसबाट तत्कालीन सांसदहरू सुशीला थिङ, दीपक खड्का, जाबेदा खातुन, सीता राना, नागिना यादव, शान्ति विक, आशा विकलगायत सर्वोच्च अदालत पुगेका थिए। यसैगरी जनमत पार्टीकी गोमालाभ सापकोटा, स्वतन्त्र सांसद योगेन्द्र मण्डल तथा जनता समाजवादी पार्टीकी हसिना खातुनले पनि छुट्टाछुट्टै रिट दायर गरेका छन्। सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी सबै रिटलाई एकैसाथ राखेर संवैधानिक इजलासमार्फत सुनुवाइ गर्ने आदेश यसअघि नै दिइसकेको छ। माघ २० गतेपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदी संलग्न इजलासमा सुनुवाइ हुने छ।

यसैबीच कानुनविद्हरूले यदि फागुन २१ गतेसम्म आमनिर्वाचन हुन सकेन भने सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःबहाली हुने सम्भावना बलियो हुँदै गएको विश्लेषण गरेका छन्। उनीहरूका अनुसार अदालतले सुनुवाइका नाममा प्रक्रिया फागुन २१ सम्म लम्ब्याउन सक्ने संकेत देखिएको छ, जसले राजनीतिक भविष्यलाई थप अनिश्चित बनाएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।