Washington DC, US : January 22, 2026, Thursday 07:40 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डाभोसबाट ट्रम्पको सन्देश : ‘हामीलाई चाहिएको सबै कुरा समेटिएको छ’|दूर्जेय चेतनाको ” मन मुटु साटेर “|प्रतिनिधिसभा निर्वाचनमा खडा भएका उमेदवारहरुको नामावली हेर्नुस !|Breaking News: एक वर्षमै ५८३ नेपाली अमेरिकाबाट निष्कासित|‘३० वर्ष प्रहरी सेवामा रहँदा अत्याचार विरुद्ध लडेँ, अब संसद्‌मा गएर भ्रष्टाचार विरुद्ध लड्ने योजना छ ।’|१६५ सिटका लागि ३ हजार ४ सय ८४ जनाले उम्मेदवारी दर्ता गराए|ल्होछार अमेरिकाको क्यालिफोर्निया राज्यमा साताव्यापी !|साउदी अरेबिया मा सोनाम ल्होछार तथा बृहत् सांस्कृतिक कार्यक्रम|योगेश भट्टराईलाई खुलापत्र !|डेनमार्कले ग्रिनल्याण्डमा सैन्य उपस्थिति उल्लेखनीय रूपमा विस्तार

हामी एकढिक्का भयौँ भने चुनावमा कसैले अवरोध पुर्‍याउन सक्दैन - प्रधानमन्त्री सुशीला कार्की

  NepalMother.com | २० मंसिर २०८२, शुक्रबार १२:०७

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, भयरहित र व्यवस्थित वातावरणमा सम्पन्न गर्ने सरकारकाे अटल प्रतिबद्धता पुनः व्यक्त गर्दै सबै पक्षलाई एकताबद्ध भएर निर्वाचन सफल बनाउन आह्वान गर्नुभएको छ।

बालुवाटारमा बसेको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्वाचन आयोगदेखि सुरक्षा निकायका सबै संरचना चुनावका लागि तयार भइसकेको बताउनुभयो। उहाँका अनुसार “चुनाव हुन्छ कि हुँदैन भन्ने बहसको समय सकिएको” र अब सफलतापूर्वक निर्वाचन कसरी सम्पन्न गर्ने भन्नेमा सबै दल, निकाय र नागरिक एकमत बन्नुपर्ने आवश्यकता छ।

प्रधानमन्त्री कार्कीले सबै १२६ दलले चुनावप्रति प्रतिबद्ध र एकमत हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामी एकढिक्का भयौँ भने चुनावमा कसैले अवरोध पुर्‍याउन सक्दैन। खराब तत्वका आक्रमण रोक्ने पहिलो शक्ति जनता नै हुन्, त्यसपछि मात्र सुरक्षा निकायको भूमिका आउँछ।”

उहाँले अहिले देशलाई अगाडि डोहोर्‍याउने एकमात्र बाटो निर्वाचन नै भएको उल्लेख गर्दै जेनजी आन्दोलनबाट आएको सरकार राजनीतिक दलको विरोधी नभएको स्पष्ट पार्नुभयो। “राजनीतिक दललाई संस्थागत गर्न र राष्ट्रलाई स्थायी मार्गमा अघि बढाउन चुनाव आवश्यक छ,” उहाँको भनाइ थियो।

निर्वाचन आयोग सक्रिय रूपमा तयारीमा लागेको, प्रहरी, सशस्त्र र सेना आ–आफ्नो जिम्मेवारीमा जुटिसकेको र कानुनी शासन कायम राख्न राज्य संयन्त्र क्रियाशील रहेको जानकारी प्रधानमन्त्रीले बैठकमा दिनुभयो।

उहाँले भदौ २३–२४ को जेनजी आन्दोलनका घटनाले देशको दिशालाई बदलिदिएको उल्लेख गर्दै राजनीतिक दलहरूलाई विगतबाट पाठ सिकेर एकताबद्ध अघि बढ्न अनुरोध गर्नुभयो। “त्याे घटना काे विश्लेषण हुनेछ, दोष–दण्डको निष्कर्ष पनि समयमै आउनेछ, तर यसले पुरानो सरकारको अक्षमता उजागर गरिदियो,” प्रधानमन्त्रीले भन्नुभयो।

प्रधानमन्त्रीको भनाइमा जेनजीदेखि दल, आयोग, सुरक्षा निकाय र नागरिक समाजसम्म सबैसँग निरन्तर संवाद भइरहेकाले आशङ्का हटाउँदै जाने प्रक्रिया अघि बढेको छ। “२३ गतेकाे निहत्था युवामाथिको हत्या, भोलिपल्टको आगजनी—यी सबैको सत्य अध्ययनले नै बताउनेछ,” उहाँले जोड दिनुभयो।

उहाँले आगजनी र विध्वंसलाई कुनै अवस्थामै स्वीकार गर्न नसकिने बताउँदै समाजमै खराब तत्व रोकिने क्षमता विकास गर्नुपर्नेमा पनि बल दिनुभयो। “ललितपुरमा जनताले विध्वंसको प्रतिकार गरे, त्यही उदाहरणले देखायो कि समाज स्वयम्‌ पनि सुरक्षाको कडी हुनसक्छ,” प्रधानमन्त्रीको भनाइ थियो।

सरकारको कुनै निजी स्वार्थ नरहेको, कुनै अतिरिक्त लाभका लागि काम नगरेको तथा निर्वाचनलाई सफल बनाउनेबाहेक सरकारकाे प्रमुख उद्देश्य केही नभएको उहाँले प्रष्ट पार्नुभयो।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अब ९० दिन मात्र बाँकी छ। सरकार, आयोग तथा सम्बद्ध निकायले आवश्यक तयारीलाई तीव्रता दिइरहेका छन्। आजै आयोगले समानुपातिक प्रणालीतर्फ चुनावमा सहभागिताका लागि दलहरूलाई निवेदन दिन आह्वान गरेको छ।

भदौ २३–२४ का घटनापछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी निर्वाचन सम्पूर्ण रूपमा सम्पन्न गर्ने जिम्मेवारी ग्रहण गरेको थियो। हालसम्म १२० दलले निर्वाचनमा सहभागी हुन निवेदन दिइसकेका छन्, र नयाँ दलको सुझावका आधारमा समय थपिएपछि यो संख्या बढेको हो।

यद्यपि एमालेसहित केही प्रमुख दलले सुरक्षा वातावरण पर्याप्त नभएको र संसद् पुनःस्थापनाको माग दोहोर्‍याउँदै आएका छन्। आयोगले मतदाता नामावली अद्यावधिक गर्दा आठ लाख नयाँ मतदाता थपिएका छन् र ती सबैको जाँचबुझ भइरहेको छ।

निर्वाचनका लागि करिब सात अर्ब रुपैयाँ आवश्यक परेकोमा अर्थ मन्त्रालयले पाँच अर्ब ९६ करोड सुनिश्चित गरिसकेको छ। संयुक्त सुरक्षा योजना लागू भइसकेको छ भने आवश्यक सामग्री र उपकरण खरिदको प्रक्रिया पनि सुरु भइसकेको आयोगले जनाएको छ।

विदेशी तथा राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई आवेदन मागिएको छ। विदेशस्थित नेपालीको मताधिकार र अन्तरजिल्ला मतदानसम्बन्धी कानुनी संशोधन अझै टुङ्गोमा पुग्न बाँकी छ।

आयोगले आजै सूचना जारी गर्दै समानुपातिक प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरु हुने जानकारी दिएको छ। मनोनयन, विरोध, नामावली प्रकाशन र चुनाव चिह्न प्रदानलगायत प्रत्यक्ष तर्फका सबै प्रक्रिया माघ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछन्।

राष्ट्रियसभाको निर्वाचन माघ ११ मा गरिने तयारी आयोगले गरिरहेको छ। आचारसंहिताको प्रारम्भिक मस्यौदा सुझावसँगै अन्तिम रूप दिइनेछ। म्यादी प्रहरी भर्नादेखि मतदाता शिक्षा, सूचना प्रवाह, प्रेस कार्यालय, मल–सेन्टर सञ्चालनजस्ता सबै कार्यलाई आयोगले आगामी दिनमा थप तीव्र बनाउने जनाएको छ।

आजको सर्वपक्षीय बैठकमा सुरक्षा निकायले चुनावका लागि पूर्ण तयारी भएको पुनः पुष्टि गरेको छ। सञ्चारमन्त्री जगदीश खरेलका अनुसार “सुरक्षा निकायले फागुन २१ को चुनाव शान्तिपूर्ण गराउन आवश्यक सबै तयारी पूरा भएको” स्पष्ट रूपमा जनाएको छ।

कांग्रेस नेतृ पुष्पा भुसालले कुनै पनि प्रकारको धम्कीपूर्ण वातावरण स्वीकार नगर्ने पार्टीको धारणा प्रष्ट पार्दै सरकार नै चुनावी वातावरण सुनिश्चित गर्न जिम्मेवार हुने बताइन्। आवश्यक परे कांग्रेस सहयोग गर्न तयार रहेको पनि उनले जनाइन्।

निर्वाचन आयोगले दर्ता भएका सबै राजनीतिक दललाई २० बुँदे निर्देशन जारी गर्दै समानुपातिक समावेशी प्रतिनिधित्व, महिला सहभागिता तथा बालबालिकाको दुरुपयोग नगर्ने प्रतिबद्धता पालन गर्न निर्देशित गरेको छ।

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।