Washington DC, US : December 11, 2025, Thursday 10:49 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो” : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प|भारतका अतिरिक्त विदेश सचिव चारदिने नेपाल भ्रमण सकेर नयाँदिल्ली फर्किए|जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच सम्झौता सम्पन्न|पोखरा एयरपोर्ट भ्रस्टाचार : कसले, कसरी, कति र कहिले खाए ?|भूषिता वशिष्ठको संस्कृत, जीवन र अध्यात्म मोह|About US ( Nepalmother.com)|गृहमन्त्री भन्छन “यो सरकार कारबाहीका मामलामा डगमगाउने छैन” |लाखौँ बालबालिका इंस्टाग्राम, फेसबुक, थ्रेड्स, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिट, एक्स, ट्विच र किक जस्ता प्लेटफर्मबाट बाहिरिए|रोयल क्यारिबियनको क्रुजमा ३३ गिलास मदिरा पिलाए पछि !|नेपाली समाज नटिङ्घमको अधिवेशन सम्पन्न

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा गैरआवासीय नेपाली संघ (एनआरएनए) फेरि एकीकृत

  NepalMother.com | १५ मंसिर २०८२, आईतवार १९:२८

काठमाडौं । लामो समयदेखि विभाजित अवस्थामा चलेको गैरआवासीय नेपाली संघ (एनआरएनए) आइतबारबाट फेरि एक ढंगले एकीकृत भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अध्यक्ष महेश श्रेष्ठ र डा. बद्री केसीले सिंहदरबारमा १० बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर गरेसँगै अलग–अलग संरचनामा विगत केही वर्षदेखि सञ्चालन हुँदै आएका दुई समूह पुनः एउटै छातामुनि फर्किएका छन्। बदलिँदो राष्ट्रिय परिस्थितिमा एकताबद्ध भएर अघि बढ्ने सहमतिसहित गरिएको यो समझदारीलाई मुलुकको समग्र विकासका लागि महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले एनआरएनएको एकता घोषणा मातृभूमि तथा विश्वभर रहेका नेपालीका लागि उत्साहजनक कदम भएको बताउँदै विदेशमा रहेका नेपाली जहाँ बसे पनि आफ्नो पहिचानसहित देशका लागि योगदान गर्न आग्रह गरिन्। उनले गैरआवासीय नेपालीले संविधान तथा कानुनअनुसार पाउनुपर्ने हक–सुविधाको कार्यान्वयनमा सरकारले अनुकूल वातावरण बनाइदिने प्रतिवद्धता व्यक्त गरिन्। विदेशमा भएका नेपालीको सम्पत्तिको सुरक्षा पनि सरकारले सुनिश्चित गर्ने भएकाले जन्मभूमिसँगको नाता कमजोर नपार्न उनले सुझाव दिइन्।

यति मात्र होइन, प्रधानमन्त्रीले विगतमा गैरआवासीय नेपालीले देखाएको सहयोगको कदर गर्दै आगामी वर्षहरूमा पनि लगानी तथा सुझावमार्फत् देशको सामाजिक–आर्थिक विकासमा सहभागी हुन आग्रह गरिन्।

कार्यक्रममा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्ला वर्षमा एनआरएनएभित्र राजनीतिक प्रभाव बढ्दै जाँदा संस्थाको मूल उद्देश्य कमजोर भएको टिप्पणी गर्दै कुनै दलको संगठनजस्तो नबनाई समग्र गैरआवासीय नेपालीको हितमा अगाडि बढ्न आग्रह गरे। मतदान अधिकार र एनआरएन नागरिकतासम्बन्धी समस्या समाधानमा सरकार गम्भीर रहेको उनले बताए।

दुवै समूहका अध्यक्षहरूले हस्ताक्षर गरेको १० बुँदे सहमतिपत्रले विगतका विवादलाई थाती राखेर एकअर्कालाई आधिकारिक रूपमा स्वीकार गर्ने, संरचनात्मक एकता गर्ने र आगामी अप्रिल १७ भित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। महाधिवेशनलाई निष्पक्ष र विश्वासिलो बनाउने उद्देश्यले ११ सदस्यीय ‘स्टेरिङ कमिटी’ गठन गरिएको छ, जसका सदस्यहरू आगामी महाधिवेशनमा उम्मेदवार बन्न नपाउने गरी तटस्थता कायम गरिएको छ।

सदस्यता व्यवस्थापनमा पारदर्शिता कायम गर्न महासचिव गौरीराज जोशी र बाबुराम लामालाई पूर्ण अधिकार दिने ‘सिस्टम म्यानेजमेन्ट कमिटी’ गठन गरिने उल्लेख छ। गत केही वर्षमा विभाजनका कारण बनेका विभिन्न अध्यक्षहरूको कार्यसमितिहरूलाई ‘पूर्व कार्यसमिति’ का रूपमा अभिलेखित गरिने बताइएको छ।

दुवै पक्षका महासचिव तथा कोषाध्यक्षले आवद्ध कार्यसम्बन्धी प्रतिवेदन १२औँ महाधिवेशनमा पेस गरी प्रमाणिकरण गराएपछि डा. केसीले महेश श्रेष्ठलाई कार्यभार हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइनेछ। साथै, नेतृत्व–अधिकारसम्बन्धी अदालतमा रहेका मुद्दा फिर्ता लिन वा आपसी सहमतिमा समाधान गर्न दुवै पक्षले सहमति जनाएका छन्। सहमतिपत्र परराष्ट्र मन्त्रालयमा अभिलेखित गरिने र कार्यान्वयनमा समस्या आए मन्त्रालयमार्फत समाधान खोजिने छ।

आर्थिक पारदर्शिताका लागि स्वतन्त्र तेस्रो पक्षबाट अडिट गरिने तथा सहमतिपत्रको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न छुट्टै ‘पूरक सहमति’ पनि गर्ने उल्लेख गरिएको छ।

हस्ताक्षरपछि दुवै अध्यक्ष—महेश श्रेष्ठ र डा. बद्री केसी—ले एनआरएनएलाई पुनः एकीकृत, स्वायत्त, गैरराजनीतिक, उत्तरदायी र विश्वभर रहेका नेपालीहरूको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

सन् २००३ मा ‘नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रसहित सुरु भएको एनआरएन अभियान पछिल्ला वर्षमा देखिएको विभाजनका कारण कमजोर भइरहे पनि आजको एकता पुनःसंरचना, विश्वव्यापी नेपाली समुदायको समन्वय र मातृभूमि नेपालको सामाजिक–आर्थिक विकासमा योगदान विस्तार गर्ने दिशामा महत्त्वपूर्ण अध्यायका रूपमा हेरिएको छ।

एनआरएनएले हाल ९० देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ र विदेशमा रहेका नेपालीको सीप, अनुभव, ज्ञान तथा पूँजीलाई नेपाल विकासमा जोड्ने लक्ष्यसहित अघि बढिरहेको छ।

May be an image of ticket stub and text

May be an image of ticket stub, blueprint and text

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।