Washington DC, US : March 3, 2026, Tuesday 07:30 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : इजरायलले इरानी शीर्ष नेतृत्व बस्ने क्षेत्रमा पुनः शक्तिशाली हवाई आक्रमण, ज्यान गुमाउने र घाइतेको संख्या बढ्दै|दक्षिण सुडानमा सशस्त्र समूहले दुर्गम गाउँमा आक्रमण गर्दा कम्तीमा १६९ जना मारिए, देश पुनः पूर्ण गृहयुद्धतर्फ धकेलिने खतरा|Breaking News : तेहरान र बेरुतमा आक्रमण जारी, मृतक संख्या ६०० नाघ्यो,अमेरिका, इजरायल र इरानबीचको तनाव झन् चुलिंदै|Breaking News : यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन”|इरानमा ५५५ जनाको मृत्यु, हजारौं घाइते, इजरायलमा १० जनाको मृत्यु र २०० भन्दा बढी घाइते, लेबनानमा ३१ जनाको मृत्यु, युक्त अरब इमिरेट्समा ३ जनाको मृत्यु भइसकेको पुष्टि|लेबनानको बेरुतमा इजरायली लडाकु विमानहरूले हवाई आक्रमण गरे|इरानी सैनिक, प्रहरीलाई ट्रम्पले भने “हतियार त्याग्नुहोस्, आत्मसमर्पण गर्नुस र पूर्ण उन्मुक्ति पाउनुहोस्, नत्र निश्चित मृत्युको सामना गर्नुहोस्”|यस्तै निर्णय जन्मसिद्ध नागरिकता सम्बन्धी आफ्नो कार्यकारी आदेशविरुद्ध आए चीनलाई फाइदा पुग्ने चेतावनी|Breaking News : अमेरिका–इजरायलद्वारा इरानमा गरिएको संयुक्त सैन्य आक्रमणका क्रममा अहिले त्यहाँ के के भइरहेको छ ?|सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको इरानद्वारा पुष्टि

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हिम्मत गरेर यसरी अगाडी आए

  NepalMother.com | ११ मंसिर २०८२, बुधबार ०९:१३

काठमाडौं / एमाले भित्र केपी ओलीका बिरुद्ध बोल्यो कि सकियो भन्ने भास्य बनिरहेका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हिम्मत गरेर अगाडी आएका छन ।  नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनलाई लक्षित गर्दै विस्तृत राजनीतिक धारणा सार्वजनिक गरेका छन्। उनले लोकतान्त्रिक आन्दोलनदेखि हालको जेनजी आन्दोलनसम्म जीवित तथा बलिदानी सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै वर्तमान राजनीतिक सङ्कट समाधानका लागि पार्टी तथा राज्य दुवैले गम्भीर, वस्तुगत र उत्तरदायी बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।

पार्टी कार्यालयमार्फत जारी वक्तव्यमा पोखरेलले भदौ २३ को शान्तिपूर्ण जेनजी आन्दोलनप्रति सम्मान जनाए पनि त्यसपछि देखिएका घुसपैठ, तोडफोड र विध्वंसकारी गतिविधिप्रति गम्भीर आपत्ति जनाए। उनले घटनाका दोषीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारलाई आग्रह गरे।

उनका अनुसार जेनजी आन्दोलनपछि विकसित परिस्थितिले संविधानलाई स्थिर मार्गमा फर्काउने तथा लोकतान्त्रिक प्रक्रियालाई पूर्णरूपमा बहाल गर्ने दायित्व सिर्जना भएको छ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै उनले न्यायालयबाट उचित फैसला आउने अपेक्षा व्यक्त गरे। सरकारलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव गराउने माग समेत गरे।

आगामी (मंसिर २७–२९) हुने एमालेको ११औँ महाधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै पोखरेलले विधान महाधिवेशनपछि देशको राजनीतिक परिवेश पूर्ण रूपमा बदलिएको स्मरण गराए। ‘वस्तुगत यथार्थ नबुझी मनोगत निष्कर्षले पार्टीलाई संकटतिर धकेल्छ,’ उनले भने।

पोखरेलले मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई पार्टीको मूल सिद्धान्तका रूपमा पुनः पुष्टि गर्दै ३३ वर्षको जबज अभ्यासलाई पुनरावलोकन गरी देश–विदेशमा संवाद, अध्ययन र अन्तरक्रिया गर्ने कार्यक्रम अघि सारे। पार्टी पंक्तिबीच खुलेको बहस, सुझाव संकलन र सुनुवाइ प्रक्रिया संस्थागत गरिने उनले बताए।

उनले पार्टी र राज्य दुवै तहमा लोकतान्त्रिकरण, पारदर्शिता, जवाफदेहिता र प्रतिस्पर्धात्मक चयन प्रणालीलाई बलियो बनाउन आग्रह गरे। पार्टी कमिटी तथा जनसंगठनमा महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारु, अपाङ्गता समुदाय तथा नवयुवाको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न विधान संशोधन आवश्यक भएको बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा अघि सारेको पार्टी लोकतान्त्रिकरणको अवधारणालाई “नयाँ सन्दर्भमा परिमार्जनसहित लागू गर्नुपर्ने” भन्दै उनले शीर्ष नेतृत्वमा दुई कार्यकाल सीमाको प्रावधान पुनःस्थापित हुनुपर्ने धारणा राखे।

पूर्व राष्ट्रपति एवं पार्टीकी पूर्व उपाध्यक्ष विद्या भण्डारीप्रति सकारात्मक संकेत गर्दै पोखरेलले “उहाँलाई पुनः पार्टी काममा फर्कने वातावरण बनाउनुपर्छ” भने।

वक्तव्यमा उनले आफ्नो भूमिगत जीवनदेखि राज्यका शीर्ष दायित्व सम्हाल्दासम्मका अनुभवहरू स्मरण गर्दै आफू पार्टी अध्यक्ष पदका लागि प्रस्तुत हुन लागेको घोषणा गरे। ‘पार्टी पुनर्गठन, रुपान्तरण र राष्ट्रिय शक्तिको निर्माणका लागि व्यापक आग्रह आएको हुँदा अध्यक्ष पदमा उमेदवारी दिने निर्णय गरेको हुँ,’ उनले उल्लेख गरे।

महाधिवेशनका प्रतिनिधि चयन (मंसिर १३) का लागि सबै सदस्यलाई विवेक, मर्यादा र निर्भयताका साथ सहभागी हुन उनले आग्रह गरे।
‘पार्टीको रक्षा नै राष्ट्रको रक्षा हो,’ उनले भने—‘आन्तरिक लोकतन्त्र बलियो भएको पार्टीले मात्र देशको नेतृत्व गर्न सक्छ।’

उनले महाधिवेशनमा प्रस्तुत गर्ने विस्तृत राजनीतिक–सांगठनिक दस्तावेज चाँडै सार्वजनिक गर्ने जनाएका छन्।

वक्तव्य

“म नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक–आर्थिक रुपान्तरण तथा देशभक्तिको गौरवमय आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, जननिर्वाचित प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत नेपालको कम्युनिष्ट आन्दोलनका अग्रज नेताहरुप्रति उच्च सम्मान तथा श्रद्धासुमन व्यक्त गर्दछु ।
जेनजी (नव पुस्ता)को आन्दोलनका क्रममा जीवन गुमाएका नवयुवाहरु तथा नेपाल प्रहरीका नौजवानहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । त्यसक्रममा घाइते भएका सबैमा शीघ्र स्वास्थ्य लाभ कामना गर्दछु ।
भ्रष्टाचारको अन्त्य र सुशासनको पवित्र माग सहित भदौ २३ गते नवयुवाहरुको आह्वानमा भएको आन्दोलनप्रति सम्मान व्यक्त गर्दछु । तर भदौ २३ गतेकै दिउँसोबाट जेनजीहरुको आन्दोलनमा भएको घुसपैठ तथा भदौ २४ गते भएको विध्वंशको घोर निन्दा गर्दछु । दुवै दिनका घटनाका बारेमा निष्पक्ष र तथ्यपरक छानबीन गरी दोषी उपर कारवाही गर्न माग गर्दछु ।
जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले हाम्रो सामुन्ने संविधानलाई लिकमा ल्याउनुपर्ने र लोकतान्त्रिक प्रक्रिया पुर्नबहाली गर्नुपर्ने अभिभारा आइलागेको छ । विघटित प्रतिनिधिसभाको मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उचित फैसला हुने अपेक्षा गर्दछु । सँगै, सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित चुनावको बातावरण निर्माण गरोस् भन्ने मेरो आग्रह छ ।
देशको यस्तो असाधारण परिस्थिती बीचमा यही २०८२ मंसिर (२७–२९) मा नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन आयोजना हुदैछ । गत २०८२ भदौ (२०–२२) मा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको राजनीतिक तथा साँगठानिक प्रतिवेदन र विधान संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हामीलाई स्मरण नै छ । तर भदौ २३ पछिको अवस्था र २२ भदौ अघिको परिस्थितीमा ठुलो भिन्नता आएको हामीले बुझ्नु पर्दछ । हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न आवश्यक छ ।
माक्र्सवादीहरु वस्तुवादी हुने गर्दछन् । मनोगत आग्रहले क्षणिक सन्तुष्टी त दिन सक्ला, तर वस्तुगत यर्थाथ बिनाको निष्कर्षले झन् ठूलो संकट तथा अन्योलमा पुर्‍याउँछ । तसर्थ सबैलाई वस्तुवादी भएर परिस्थितीलाई बुझन र सही निष्कर्षका साथ नेपाली समाजलाई दिशानिर्देश गर्न आग्रह गर्दछु ।
माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा अंगीकार गरेको हाम्रो पार्टी नेकपा (एमाले) को आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा विधान महाधिवेशन पश्चात उत्पन्न असाधारण परिस्थितिको बस्तुगत विश्लेषण गरी सही नीति निर्धारण गर्न, नयाँ चुनौतीको सामाना गर्न सक्षम हुने गरी पार्टी संगठनको पुर्नगठन गर्न, बलियो राष्ट्रिय शक्ति निर्माणमा सही तरिकाले अगुवाई गर्ने नेतृत्व निर्माण गर्न उच्च विवेक, अटल आत्मविश्वास र क्रान्तिकारी आशावादका साथ सक्रिय सहभागिताका लागि सिङ्गो पार्टीपंक्तिलाई आह्वान गर्दछु ।
शान्तिपूर्ण र वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्दै समानता र सामाजिक न्याय सहितको समाजवादको आधार निर्माण गर्नु जनताको बहुदलीय जनवादको मूख्य कार्यदिशा हो । जननेता कमरेड मदन भण्डारीको अगुवाईमा स्थापित नेपाली विशेषता र मौलिकतामा आधारित जनताको बहुदलीय जनवादको कार्यान्वयनमा हाम्रो पार्टीले विगतमा प्राप्त गरेको अनुभवको वस्तुनिष्ठ समीक्षा हुन आवश्यक छ । जनताको बहुदलीय जनवादले भने जस्तैगरी कति अघि बढ्न सक्यौ ? स्वंयम् समीक्षा गर्न आवश्यक छ ।
म जनताको बहुदलीय जनवादका विगत ३३ वर्षका अभ्यास र अनुभवहरुका समीक्षा गर्दै जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न तमाम कमरेडहरुमा अपिल गर्दछु । यसका लागि महाधिवेशन पश्चात् पार्टी स्कूल विभाग र नीति अध्ययन प्रतिष्ठानको आयोजनामा देशव्यापी अन्तरक्रिया, छलफल, गोष्ठी आयोजना गर्ने, अन्तर्राष्ट्रिय अनुभवहरुको अध्ययन गर्ने, बौद्धिक तथा राजनीतिक व्यक्तिहरुसँग समेत छलफल र अन्तक्रिया गर्न हामी प्रतिबद्ध छौं । पार्टी पंक्ति, शुभेच्छुक एवं आमसाधारणहरु बीच विचारको बहस चलाउने, सुझाव संकलन गर्ने र संकलित सुझावको सुनुवाइ गर्ने व्यवस्था मिलाइनेछ ।
राज्य, नेपाली समाज र पार्टीको लोकतान्त्रिकरण जबजको आधारभूत पक्ष हो । २१औं शताब्दीको खुल्ला समाजमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने नीति हामीले अंगिकार गरेका छांै । विश्व कम्युनिष्ट आन्दोलनका अनुभवहरुबाट सिक्दै सक्रियता, पहलकदमी र प्रतिस्पर्धाको माध्यमबाट पार्टीमा नेतृत्व विकास गर्ने बाटो हामीले स्वीकार गरेका छांै । पार्टीको सार्वभौमिकता पार्टी सदस्यहरुमा निहीत हुनुपर्दछ । नीति र नेतृत्व छनोटमा पार्टी सदस्यहरुको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्दछ ।
व्यक्तिको योग्यता अनुसार जिम्मेवारी, जिम्मेवारी अनुसार कार्यसम्पादन र कार्यसम्पादन अनुसार मूल्यांकन गरिने परिपाटी हुनुपर्छ । संसदीय फाँटका उम्मेद्वारको छनोटमा पार्टी सदस्य र आम नागरिकको अभिमतलाई आधार मान्नु पर्दछ । समानुपातिक उम्मेदवार तथा लाभका अवसरहरुमा श्रमिक वर्गीय पक्षधरता, विषय विज्ञता, पार्टीप्रतिको प्रतिवद्धता, स्वच्छ छवि र आचरणलाई आधार मानेर स्पष्ट र पारदर्शी मापदण्डलाई कार्यान्वयनमा ल्याउनु पर्दछ ।
पार्टीका तहगत अधिवेशन र जनसंगठनका अधिवेशनमा उच्चतम् सहमतिको प्रयत्नका साथै प्रतिस्पर्धालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउनुपर्दछ । राज्यमा शक्ति पृथकीकरण तथा शक्ति सन्तुलनको सिद्धान्त जस्तै पार्टीमा जबजको मान्यता अनुरुप नियन्त्रण र सन्तुलनको सिद्धान्त कार्यान्वयन गरिनुपर्छ । त्यसका लागि विधानमा स्पस्ट व्यवस्था गर्नु पर्दछ । पार्टीका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगलाई महाधिवेशनप्रति जवाफदेही हुने गरी स्वयत्तता प्रदान गर्नुपर्दछ । ती निकायहरुले गरेका सिफारिसहरु पार्टीका सम्बन्धित निकायहरुले अनिवार्य कार्यान्वयन गर्नुपर्दछ । तिनै निकायहरुको संरचना प्रादेशिक तहमा समेत प्रदेश अधिवेशन मार्फत निर्वाचित गर्नुपर्दछ । आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनु पर्दछ । प्रतिस्पर्धाको परिणामलाई सर्वस्वीकार्य गर्ने उच्चतम लोकतान्त्रिक संस्कार विकास गरिनु पर्दछ । कमरेडली भावनाका साथ सहभागिता र सहकार्यको व्यवहार विकास गरिनु पर्दछ । निर्वाचनपछि पनि प्रतिस्पर्धीबीच सँगसँगै काम गर्ने संस्कृतिको विकास गरिनुपर्दछ ।
पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागु गरिनु पर्दछ । ‘नीतिमा आबद्धता: संगठनमा स्वायत्तता’ को नीति अनुरुप जनसंगठनलाई परिचालित गरिनु पर्दछ ।
जनसंगठनलाई वर्गीय, सामुदायिक तथा पेशागत क्षेत्रको नेतृत्वदायी संगठनको रुपमा स्थापित गर्नु पर्दछ । स्वच्छ र पारदर्शी प्रतिस्पर्धाबाट नेतृत्व निर्वाचनको प्रक्रिया अबलम्बन गरिनु पर्दछ । पार्टी नेताहरुको स्वार्थ र गुटबन्दीबाट जनसंगठनहरुलाई मुक्त गर्दै सम्बन्धित क्षेत्रमा योग्य पार्टी कार्यकर्ताको निर्माण तथा जनसम्बन्ध विस्तारमा परिचालित गर्नुपर्दछ ।
पार्टी र जनसंगठनको हरेक कमिटीमा नवयुवाहरुको प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्छ । महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक तथा अपाङ्गता क्षेत्रको सम्मानजनक प्रतिनिधित्वको व्यवस्था गर्न गरी विधानमा आवश्यक संशोधन गर्नुपर्दछ ।
वर्तमान पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रिकरणका सम्बन्धमा पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नु भएको, आठौं, नवौं र दशौं राष्ट्रिय महाविधेशनले स्वीकार गरेको अवधारणालाई नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनु पर्दछ । जस अन्तर्गत पार्टीको मूख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनस्थापित गरिनु पर्दछ । नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्दछ ।
निर्वाचनमा अन्तरघात गर्ने, पार्टी अनुशासन उलङ्घन गर्ने, राज्यका कानुनबाट दण्डीत हुने प्रकृतिका घटनामा संग्लनहरु माथि कार्वाही गरिनु पर्दछ । निर्णय उपर पुनरावेदन गर्ने व्यवस्था मिलाइनु पर्दछ । पार्टीको लेखा प्रणालीलाई पारदर्शी बनाइनु पर्दछ । आर्थिक अनुशासनलाई उच्च महत्व दिइनु पर्दछ । अधिवेशनप्रति जवाफदेही हुने गरी केन्द्र र प्रदेशस्तरमा लेखा आयोग गठन गरिनु पर्दछ । लेखा परिक्षण प्रतिवेदन बार्षिक रुपमा सार्वजनिक गरिनु पर्दछ । सल्लाहकार समितिबाट नियमित रुपमा सुझाव सल्लाह लिने व्यवस्था गरिनु पर्दछ । गैरआवासीय नेपाली तथा प्रवासी नेपाली मञ्चहरुसँग पूँजी, प्रविधि, सीप र ज्ञान हस्तानान्तरण लागि सहकार्य गरिनु पर्दछ । ‘थिङ्क ट्याङ्क’ मार्फत नियमित रुपमा विचार तथा सुझावहरु प्राप्त गर्ने संयन्त्र स्थापना गरिनुपर्दछ । सम्पर्क कमिटी तथा मञ्चहरुलाई पार्टी निर्माण, जिल्लाको पार्टी काम तथा जनसम्बन्ध विस्तारका काममा प्रभावकारी रुपमा परिचालित गरिनु पर्दछ । पार्टी र राज्य सञ्चालन सम्बन्धी नीति निर्माणमा पार्टीका विभागहरुलाई ‘थिङ्क ट्याङ्क’ रुपमा क्रियाशील गरिनु पर्दछ ।
नेता, कार्यकर्ता, सदस्य र नागरिक बीचको सम्बन्धलाई आश र त्रासको छाँयाबाट मुक्त गरी आपसी विश्वास र आत्मिय सम्बन्धमा रुपान्तरण गरिनु पर्दछ । पार्टी कार्यक्रम तथा नेताहरुमा देखिने तडकभडकपूर्ण जीवनशैलीलाई अन्त्य गरी सादा र जनपक्षीय जीवनशैलीमा जोड दिइनु पर्दछ । हरेक तहको पार्टी कमिटीलाई सम्बन्धित तहको पार्टी काम, सामाजिक तथा जनकार्यमा पूर्ण जबाफदेही बनाइनु पर्दछ । सारमा नेकपा (एमाले) लाई आम जनसमुदाय र पाटी सदस्यहरुले गौरव गर्न लायक राजनीतिक संस्थाको रुपमा विकास गरिनु पर्दछ । पार्टी र जनसंगठनका हरेक तहमा नवयुवा, युवा र पाका पुस्ताको सम्मानजनका सहभागिता गराउनु पर्दछ ।
चार दशक भन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालीसकेपछि आफ्नो अनुभव र उर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुशी र गौरवको बिषय हो । पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ । तसर्थ उहाँलाई पार्टी काममा फर्कने बातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।
म स्कुले जीवनदेखि न्याय, समानता र स्वतन्त्रताप्रति समर्पित भएर यहाँसम्म आइपुगेको छु । मधेशको तातो घामदेखि हिमालको चिसो सिरेटोसम्मका भूगोलमा पार्टी निर्माणमा क्रियाशील हुँदै मैले मुल्यवान अनुभव र शिक्षा हासिल गरेको छु । सामाजिक रुपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताएको छु । जेलनेल भोगेको छु, यातना सहेको छु । संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव छ । नेपालको लोकतान्त्रिक आन्दोलन र नेकपा (एमाले)को निर्माण मेरा लागि जीवनमा कहिल्यै नभुल्ने पाठशाला र विश्वविद्यालयका रुपमा रहेका छन् । लाखांै जनसमुदाय र हजारौं पार्टी सदस्यहरुको न्यानो माया र स्नेही व्यवहारप्रति म सदैव ऋणी तथा कृतज्ञ छु । राष्ट्र, जनता र पार्टीलाई सदैव शीरमा राखेको छु । जीवनका उचारचढाबहरुमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन । यो नै मैले आर्जन गरेको नैतिक बल हो । शक्तिमा होइन । विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु ।
पार्टी निर्माण सम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरुले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ ।
पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु । पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।
यति बेला नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन तयारीका कामहरु सुरु भएका छन् । पार्टी सदस्यहरुको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुदैछ । माथि उल्लेखित विषयमा गम्भीर हुँदै प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ्य, मर्र्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्य कमरेडहरुलाई हार्दिक आह्वान गर्दछु ।
पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरि मानेर अघि बढ्नु हामी सवैको साझा दायित्व हो । यो ऐतिहासिक जिम्मेवारीलाई सवैले मनन गरौं । आन्तरिक लोकतन्त्र समृद्ध भएकोे पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्न सक्छ ।
महाधिवेशन समक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक दृष्टिकोणको विस्तारित दस्तावेज निकट भविष्यमा सार्वजनिक गर्नेछु । सवैको साथ र सुझावको अपेक्षा गर्दछु ।”
धन्यवाद !
ईश्वर पोखरेल
बरिष्ठ उपाध्यक्ष
नेकपा (एमाले)
मिति: ९ मंसिर २०८२

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।