Washington DC, US : December 11, 2025, Thursday 09:32 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|“हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो” : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प|भारतका अतिरिक्त विदेश सचिव चारदिने नेपाल भ्रमण सकेर नयाँदिल्ली फर्किए|जेनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच सम्झौता सम्पन्न|पोखरा एयरपोर्ट भ्रस्टाचार : कसले, कसरी, कति र कहिले खाए ?|भूषिता वशिष्ठको संस्कृत, जीवन र अध्यात्म मोह|About US ( Nepalmother.com)|गृहमन्त्री भन्छन “यो सरकार कारबाहीका मामलामा डगमगाउने छैन” |लाखौँ बालबालिका इंस्टाग्राम, फेसबुक, थ्रेड्स, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिट, एक्स, ट्विच र किक जस्ता प्लेटफर्मबाट बाहिरिए|रोयल क्यारिबियनको क्रुजमा ३३ गिलास मदिरा पिलाए पछि !|नेपाली समाज नटिङ्घमको अधिवेशन सम्पन्न

के हाम्रो नेपाली समाज अहिले देखिएको वा देखाइएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त ? - भाष्कर राज राजकर्णिकार

  NepalMother.com | २४ कार्तिक २०८२, आईतवार १३:१६

जस्तो तस्विर नेपाली समाजको देखिएको वा देखाइएको छ, त्यो ‘हाम्रो वास्तविक अनुहार’ होइन। पछिल्ला केही दशकमा नेपाली समाजले थुप्रै आरोह अवरोहहरू बेहोरिरहेको छ। ति मध्ये धेरै गर्विला र सुखद छन्, तर कतिपय भने घिनलाग्दा र सम्झन योग्य पनि छैनन्। राजनीति तिनै समाजको ऐना हो भनिन्छ। त्यसैले जस्तै समाज, त्यस्तै राजनीति भयो भन्न सकिएला। तर जस्तो राजनीतिक संस्कार, उस्तै समाज निर्माण हुँदै जाने पनि कटु यथार्थ हो। यस्तो विकृत र विसङ्गतिपूर्ण अवस्थाले कहिलेकाहीँ ‘क्रमभङ्गता’को अवसर पनि ल्याउँछ, जसले समाजलाई उत्साहित बनाउँछ र लाग्छ कि अब त नयाँ बिहानीको प्रारम्भ हुँदैछ।

हाम्रो समाज, देश र परिवेशमा त्यस्ता खुशी पनि नआएका होइनन्। तर त्यस्तो खुशी, उत्साह र उमङ्ग नेपालीहरूले धेरै समयसम्म महसुस गर्न पाएनन्।  बिगत तीन–साढे तीन दशकमा नेपाली समाजमा देखिएका परिवर्तनहरू वास्तवमा अविस्मरणीय छन्, तर सबै सधैँ सम्झनलायक भने छैनन्। यी दशकहरूमा नेपाली समाज यति धेरै राजनीतिक भयो कि मानौँ दुनियामा राजनीति बाहेक अरू केही छैन। राजनीतिले हाम्रो दैनिक जीवनलाई नै राजनीतिक रुपमा रगताम्य बनाइदियो। पेशागत, व्यवसायिक, उद्यम, व्यापार, घर–परिवार, मित्र र मित्रता नै राजनीतिक भागबण्डामा विभाजित भए। र आज प्रत्येक घरमा राजनीतिक विभाजन छ। शायद यसलाई पनि बहुविचार, आत्मअधिकार अनि स्वतन्त्रताको नाममा पक्षपोषण गर्न सकिएला।
तर विभाजित समाजले कुनै देश, भाषा, भेष र भूभागको हित गर्न सक्दैन भन्ने पर्याप्त उदाहरणहरू — विश्व मानचित्रबाट हराएका, मेटिएका, छोटिएका, किरकिरे भएका देशहरूका सीमाहरू साक्षी छन्। पछिल्ला नेपाली नवयुवाहरूले जुन भावनालाई प्रतिबिम्बित गर्न खोजेका थिए, शायद त्यो राजनीतिमा अभिमान र घमण्डमा लतपत राजनीतिक नेताहरूको सोचभन्दा धेरै माथि थियो। र यो कुरा अहिले पनि त्यही राजनीतिक नेताहरूको हुंकारले प्रष्ट गरिरहेकै छ।

समाज बदलिँदैछ भन्ने हेक्का नै नभएका मानिसहरूले हामीलाई शासन गर्दा हाम्रो समाज उल्टो दिशातर्फ धकेलिँदै गयो। र मूर्खहरूको चतुराइलाई हामी ‘दिव्य दर्शन’ मानिरहेका थियौं भन्ने अहिलेको परिस्थितिले पुष्टि गरिरहेकै छ।

यी सबैका बाबजुद एउटा प्रश्न खट्की रहन्छ  के हाम्रो समाज अहिले देखिएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त? जस्तो बौद्धिकता प्रदर्शन भइरहेको छ, प्रगतिशील भनेर जसले नवयुवाको प्रतिनिधित्व गरिरहेको छ —
के हामीले खोजेको गन्तव्य यही नै हो त? वा नेपाली समाज यति दरिद्र, क्रूर र कुरूप नै हो त?  होइन।
नेपाली समाजमा अहिले देखिएका भन्दा सयौँ गुणा विद्वान्, सयौँ गुणा गुणी र ज्ञानीहरू छन्।
हाम्रो समाज अहिले देखिएको तस्विरभन्दा लाखौँ गुणा समृद्ध र सु–संस्कृत छ।
तर अहिलेको देश–काल–परिस्थितिले उनीहरू लज्जाबोधका कारण गुम्सिएका छन्।
वास्तविकताबाट ‘अलप’ भएका हुन्। तर त्यो समृद्ध र सु–संस्कृत समाज चुपचाप घटित क्रूर, अवास्तविक तथा अनुदार घटनाहरूलाई नियालिरहेको छ।

यसरि हाम्रो वास्तविक अनुहार अझै गुमनाम हुन थाल्यो भने — ‘न नेपाली समाज, न नेपाल, न नेपाली’  नेपालको सीमा भित्र रहिरहन सक्छ।

पहिलो किस्ता : नेपालबाट नेपाली पलायन
दोस्रो किस्ता : नेपाली बिनाको नेपाल
तेस्रो किस्ता : नेपालको भूमि बिनाको नेपाल

हाम्रो भाग्य र भविष्य त्यसै दिशातिर उन्मुख छ। सबैलाई चेतना भया। इतिश्री ।

*****

May be an image of dais

देश, काल, परिस्थिति… कता तिर उन्मुख छ ? भन्ने विषयमा सम्भवत: त्यति धेरै व्याख्या–विश्लेषणको आवश्यकता अब छैन शायद।
जन–जनले राम्रै बुझिसकिएको विषय हो भन्ने लाग्छ।

तर एउटा दुर्भाग्य —
अहिले जस्तो परिस्थिति देखिँदैछ, जस्ता घटना, सन्दर्भ र दृश्य–परिदृश्यको निर्माण भइरहेको छ,
यो देख्दा चाहिँ साँच्चै आत्मग्लानी हुन्छ।

किनकि हाम्रो देश र जनताले यस्तो अवस्था देख्नु वा भोग्नु पर्ने देश होइन यो।
हाम्रो मातृभूमि आफैमा एक समृद्ध, सु–संस्कृत र सम्पन्न राष्ट्र हो।

जस्तो तस्बिर राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा देखाउन खोजिँदैछ,
हाम्रो यो मुलुक यति बौद्धिक दरिद्रता भएको नेपाली समाज होइन।
यति निकृष्ट मनोभाव भएको नेपाली समाज होइन।

नेपाली समाज र यो मुलुक, यो नेपाली धरती —
यो देखाइएको भन्दा धेरै समृद्ध मात्र होइन,
सु–संस्कृत, बौद्धिक, गौरवशाली अनि विख्यात व्यक्तित्वहरूको धरोहर हो।

देखाइएको वा देखाउन खोजिएको जस्तो दरिद्र होइन नेपाल,
हामी नेपाली पनि होइनौँ।

सबैलाई चेतना भया…
इति श्री :

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।