Washington DC, US : October 24, 2025, Friday 08:15 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

Breaking News : नेपालमा भारी वर्षा र बाढी, पहिरो, जोखिम उच्च, बाढी र डुबानको जोखिम बढेकाले विशेष सतर्कता अपनाउन आबस्यक

  NepalMother.com | १८ आश्विन २०८२, शनिबार ०८:५२

Updated

प्रधानमन्त्री सुशीला कार्कीले देशभर बढ्दै गएको बाढी, पहिरो र डुबानको जोखिमलाई लिएर नागरिकलाई सतर्क रहन आग्रह गर्दै राज्य सबै प्रकारले सहयोग गर्न तयार रहेको स्पष्ट पारेकी छिन्। शनिबार साँझ देशबासीलाई सम्बोधन गर्दै उनले “तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, अप्ठेरो नमानिकन आवश्यक सहयोग लिनुहोस्, तपाईंहरू एक्लो हुनुहुन्न, राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन्,” भनेर आश्वस्त पारिन्।

प्रधानमन्त्रीले निरन्तर वर्षाका कारण नदीनालाहरूको पानी खतराको तहमा पुगेको, बहाव अझै बढ्ने र पहिरोको जोखिम पनि उत्तिकै उच्च रहेको जानकारी दिइन्। “हामी अहिले बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं। यो परिस्थिति अझ बढ्दै जाने संकेत देखिएको छ। धेरै स्थानमा भौगोलिक रूपमा कमजोर जमिन खस्ने खतरा छ,” उनको भनाइ थियो।

सरकारले प्रतिकूल मौसमका बाबजुद उद्धार र राहतका लागि तयारीसहित सक्रियता बढाएको प्रधानमन्त्रीले बताइन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्वास्थ्यकर्मी, स्थानीय प्रशासन र अन्य आपतकालीन निकायहरूलाई २४ घण्टा सतर्क राखिएको उनले जनाइन्। “उद्धार र राहतका लागि उच्च मनोबलका साथ सबै सरकारी निकायहरू तयारी अवस्थामा छन्। तपाईंहरूलाई यथासक्य छिटो सहयोग पुर्‍याउने हाम्रो प्राथमिकता हो,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले प्रमुख राजमार्ग, पुल, सडक तथा अन्य पूर्वाधारलाई निरन्तर निगरानीमा राखिएको पनि बताइन्। जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सार्न स्थानीय तहसँग समन्वय भइरहेको र राहत सामग्री, स्वास्थ्य सेवा तथा आपतकालीन उद्धारका लागि स्रोतसाधन परिचालन गरिएको जानकारी दिइन्।

“कुनै पनि काम गर्दा जोखिमको पूर्व आकलन गर्नुस् र आफ्नो सुरक्षालाई उच्च प्राथमिकता दिनुस्। तपाईं जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्,” प्रधानमन्त्रीको आग्रह छ।

उनले संकटको घडीमा सरकार मात्र नभई स्थानीय निकाय, सुरक्षाकर्मी र नागरिक समाज सबै एकसाथ खडा भएको उल्लेख गर्दै “यो चुनौतीपूर्ण परिस्थितिमा सरकार नागरिकसँगै छ, राज्यका स्रोत र साधन तपाईंहरूको सुरक्षामा नै केन्द्रित छन्,” भनेर जनताको मनोबल उच्च राख्न अपिल गरिन्।

सरकारले मौसम पूर्वानुमान र विपद् जोखिम न्यूनीकरण निकायहरूको सूचना नियमित रूपमा लिन, अनावश्यक यात्रा नगर्न र आपत्कालीन अवस्थामा नजिकैको प्रशासन वा उद्धार टोलीलाई सम्पर्क गर्न पनि आग्रह गरेको छ।

****

काठमाडौं / नेपालमा भारी वर्षा र बाढी पहिरो शुरु भईसकेको, जोखिम उच्च रहेको खबर सरकार, जल तथा मौसम विज्ञान विभाग, विपद्को निगरानी गरिरहेका विभिन्न निकाय र सुरक्षाकर्मीहरू बाट आइरहेका छन्।

देशभर अविरल वर्षा भइरहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकासहितका नदी–खोला किनारका करिडोर सडकहरूमा आज साँझदेखि भोलि बिहानसम्म सवारी–आवागमन रोक्न आग्रह गरेको छ। प्राधिकरणले आज विज्ञप्ति जारी गर्दै भारीदेखि अति भारी वर्षाका कारण बाढी र डुबानको जोखिम बढेकाले विशेष सतर्कता अपनाउन तीनै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार आज राति वर्षा थप तीव्र हुन सक्ने भएकाले नदी–खोला किनारको सतह उच्च हुने र सडक जलमग्न हुन सक्ने अवस्था छ। यसलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाभित्र रहेका करिडोर सडकहरूमा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी–साधन रोक्न आग्रह गरिएको हो। उपत्यकाबाहिर पनि सतर्कता बढाइएको छ।

पूर्वी पहाडी क्षेत्रको मेची राजमार्गमा समेत जोखिम बढेकाले इलाम जिल्ला प्रशासन कार्यालयले आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म जोरसकलसदेखि राकेसम्म, साथै मेची करिडोरको केचना–कञ्चनजंघा सडकमा सबै प्रकारका साना–ठूला सवारी साधन आवागमन पूर्णरूपमा बन्द गराएको छ। प्रमुख जिल्ला अधिकारी सुमित्रा नेपालले जारी गरेको सूचनामा यात्रु तथा चालकलाई वैकल्पिक तयारी गर्न र जोखिमपूर्ण क्षेत्रबाट टाढा रहन अनुरोध गरिएको छ।

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई विपद् व्यवस्थापनमा सक्रिय रहन विशेष निर्देशन दिएको छ। बाढी, पहिरो वा डुबानको जोखिम बढेका स्थानमा सुरक्षा निकाय र प्राविधिक टोली २४ घण्टा उपलब्ध रहनुपर्ने, सडकमा रोकिएका सवारीसाधनलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन सहयोग गर्ने र यात्रुहरूको खानपान तथा आश्रयको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गर्न भनिएको छ। आपतकालीन अवस्थामा एम्बुलेन्सलाई सुरक्षित आवतजावत गराउने, बाटोमा फसेका गर्भवती महिलालाई नजिकैको बर्थिङ सेन्टरसम्म पुर्याउने व्यवस्था मिलाउन विशेष निर्देशन दिइएको छ।

विपद् न्यूनीकरण प्राधिकरणले निजी हेलिकप्टर सञ्चालन गर्न वायु सेवा सञ्चालक संघलाई पनि तयारी अवस्थामा रहन आग्रह गरेको छ। गम्भीर उद्धार आवश्यक परेमा मन्त्रालयको अनुरोधमा तत्काल परिचालन गर्न सकिने गरी तयारी राख्न पत्राचार गरिएको छ।

पछिल्ला २४ घण्टाको तथ्यांकअनुसार, मधेश प्रदेशको पश्चिमी भागमा अति भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पर्साको कालिकामाईदेखि रौतहटको गौरसम्मका केन्द्रहरूमा २ सय मिलिमिटरभन्दा बढी पानी परेको छ। रौतहटको मधेशपुरमा मात्र २७७ मिलिमिटर वर्षा मापन गरिएको छ भने गौरमा २५४ मिलिमिटर र बाराको कलैयामा २१८ मिलिमिटर वर्षा भएको छ। यो स्तर खतराको तहभन्दा माथि मानिन्छ।

यता काठमाडौं उपत्यकाभित्र पनि बागमती, विष्णुमती लगायतका खोलाहरूमा पानीको बहाव बढिरहेको छ। महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा निजी विद्यालयलाई विपद् व्यवस्थापनको तयारीमा रहन निर्देशन दिएको छ। थली, कोटेश्वर, बनेश्वर र दोभान क्षेत्रका विद्यालयलाई आकस्मिक आश्रयस्थलका रूपमा तयारी अवस्थामा राखिएको छ। स्थानीय बासिन्दालाई जरुरी परे विद्यालयमा स्थानान्तरण गर्न सकिनेछ।

महानगरपालिकाले गत वर्ष पहिचान गरिएका जोखिमयुक्त क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको जनाएको छ। बाढीको ठूला घटना अहिलेसम्म नदेखिए पनि जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाइएको छ। उद्धार र राहतका सम्पूर्ण कार्य काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन हुने बताइएको छ।

सरकारले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, नदी–खोला नजिक नजान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र आपतकालीन अवस्थामा नजिकैको स्थानीय निकाय वा सुरक्षाकर्मीलाई सम्पर्क गर्न अपिल गरेको छ। मौसम पूर्वानुमानले आगामी घण्टामा समेत वर्षा तीव्र रहने जनाएकाले उच्च सतर्कता र सुरक्षित बासस्थानको तयारी गर्न आग्रह गरिएको छ।

लगातारको भारी वर्षाका कारण बागमती र मधेश प्रदेशका धेरैजसो नदीहरू खतराको तह नजिक पुगेका छन्। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज साँझदेखि रातभर पानी थप बढ्ने चेतावनी दिँदै विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

काभ्रे, काठमाडौं र मकवानपुरका नदीहरूमा अहिले नै पानीको बहाव उच्च भएको छ। काभ्रे-रोसी, मनोहरा र बागमतीमा जलसतह सतर्कता तह पार गरिसकेको छ भने मकवानपुरको लालबकैया नदीमा पनि पानी तीव्र गतिमा बढ्दैछ। विभागका अनुसार काठमाडौँ उपत्यकामा वाग्मती नदीको मनोहरा र खोकना जलमापन केन्द्रमा खतराको तह पार गरिसकेको छ र अझै पानी बढ्ने सम्भावना छ। नदी छेउका बस्ती तथा डुबानमा पर्न सक्ने होचो भूभागमा बसोबास गर्नेहरूलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न र सतर्कता अपनाउन भनिएको छ।

निरन्तर वर्षाका कारण लामो दूरीका सवारीसाधन चलाउन जोखिम भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज २० गते सोमबारसम्म लामो दूरीको यातायात रोक्न सिफारिस गरेको छ। शनिबार उपत्यकासहित सबै जिल्ला प्रशासन कार्यालयलाई पठाइएको पत्रमा बाटोमै रोकिएका गाडी र यात्रुहरूको सुरक्षित व्यवस्थापन गर्न आग्रह गरिएको छ। प्राधिकरणले अलपत्र परेकालाई नजिकैको सुरक्षित स्थानमा राख्ने, खानपान र स्वास्थ्योपचारको बन्दोबस्त गर्न स्थानीय तह, यातायात व्यवसायी, सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गर्न निर्देशन दिएको छ।

नेपाल विद्युत प्राधिकरणले पनि अविरल वर्षाका कारण बिद्युत् अवरुद्ध हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणका अनुसार, भारी वर्षाले वितरण लाइन, पोल, ट्रान्सफर्मर र सबस्टेसनमा क्षति पु¥याउने खतरा छ। आपतकालीन मर्मतका लागि प्राविधिकहरू तयारी अवस्थामा छन्। उपभोक्ताले विद्युत अवरुद्ध भएमा नजिकैको वितरण केन्द्र वा हेल्पलाइन नम्बर ११५० तथा ‘नो-लाइट’ नम्बरमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन अझै सक्रिय रहेको जनाउँदै आगामी ३०–३६ घण्टासम्म वाग्मती, मधेश, गण्डकी र कोसी प्रदेशमा बढी प्रभाव पर्ने चेतावनी दिएको छ। विशेषगरी बारा, पर्सा र रौतहटमा अति भारी वर्षा मापन गरिएको छ। पर्साको कालिकामाईदेखि रौतहटको गौरसम्मका विभिन्न मापन केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ, जसलाई अति भारी वर्षा मानिन्छ। रौतहटको मधेशपुरमा मात्र २७७ मिलिमिटर पानी परेको छ।

बाढी, डुबान र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले आइतबार र सोमबार देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रालयले अत्यावश्यक सेवा तथा विपद् व्यवस्थापनसम्बन्धी निकाय भने खुला रहने स्पष्ट पारेको छ। उद्धार, राहत र आपतकालीन सहयोगका लागि सबै सुरक्षा निकाय र प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ।

काठमाडौँ महानगरपालिकाले पनि बाढी जोखिम बढेसँगै स्थानीय विद्यालयहरूलाई आकस्मिक आश्रयस्थलको रूपमा तयारी अवस्थामा राखेको छ। थली, कोटेश्वर, बनेश्वर, दोभानलगायत जोखिमयुक्त क्षेत्रमा स्थानीय वडासँग समन्वय गरेर विद्यालयमा अस्थायी बासस्थानको तयारी गरिएको छ। खोलानजिक बसोबास गर्ने नागरिकलाई सतर्क रहन र जरुरी परे स्थानान्तरणमा सहयोग लिन आग्रह गरिएको छ।

सरकारले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, नदी-खोला नजिक नजान, पहिरोको जोखिम भएका स्थानबाट टाढा बस्न र आकस्मिक अवस्थामा स्थानीय प्रशासन वा सुरक्षाकर्मीलाई सम्पर्क गर्न आह्वान गरेको छ। आगामी दिनमा अझै मनसुन सक्रिय रहने भएकाले उच्च सतर्कता र सुरक्षित बासस्थानको पूर्वतयारी गर्न सबैलाई अनुरोध गरिएको छ।

May be an image of body of water

May be an image of body of water

May be an image of body of water

May be an image of 1 person, body of water, road and street

May be an image of 1 person, map and text

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।