काठमाडौं / महान चाड दशैँ र तिहारलाई लक्षित गरेर नयाँ लोक–आधुनिक गीत “दशैँ तिहार आयो बरिलै” सार्वजनिक भएको छ। भुवना म्युजिक सोलुशनमार्फत बजारमा आएको यस गीतमा नेपाली सांगीतिक क्षेत्रमा सक्रिय कलाकारहरूको उत्कृष्ट योगदान रहेको छ। गीतमा स्वर कमल सौराग र रुपी सिन्जाली मगरले दिएका छन्। शब्द र संगीत दुवै लोकप्रिय सिर्जनाकर्मी बिमल अधिकारीको रहेको छ भने संगीत संयोजन कमल सौरागले गरेका छन्। गीतलाई आकर्षक बनाउन कुमार रानाले मिक्सिङ र मास्टरिङ गरेका छन्। रेकर्डिङ कार्य सुमन र खुमान रानाले पूरा गरेका हुन्। गीतको ध्वनि रेकर्डिङ काठमाडौंस्थित मरुनी डिजिटल नेपाल र अमेरिकास्थित यू एण्ड मी स्टुडियोमा गरिएको हो।
गीतको अडियो–भिडियो सम्पूर्ण निर्माण तथा वितरणको जिम्मेवारी भुवना म्युजिक सोलुशनले लिएको छ।
प्रतिक्रिया