Washington DC, US : July 18, 2026, Saturday 11:28 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

Breaking News : मुलुकका सर्वोच्च, उच्च अदालतदेखि जिल्ला अदालतसम्मका संवेदनशील फाइलहरू योजनाबद्ध रूपमा नष्ट नष्ट भएका फाइलहरूमा सूर्यदर्शन र स्वर्णलक्ष्मी सहकारी ठगी, बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, माओवादी द्वन्द्वकालीन मुद्दा र भूमिसम्बन्धी संवेदनशील प्रकरणहरू रहेका थिए।

  NepalMother.com | ७ आश्विन २०८२, मंगलवार १४:५५

Image

अदालतका हाई प्रोफाइल फाइल ध्वस्त : ऐतिहासिक अभिलेख खरानी

काठमाडौं / जेन–जी आन्दोलनको उग्र प्रदर्शनका क्रममा मुलुकका सर्वोच्च, उच्च अदालतदेखि जिल्ला अदालतसम्मका संवेदनशील फाइलहरू योजनाबद्ध रूपमा नष्ट गरिएका छन्। सर्वोच्च अदालतसहित २३ वटा न्यायालयमा रहेका उच्च प्रोफाइल व्यक्तिहरूसँग जोडिएका मुद्दाका मिसिल र अभिलेख खरानी बनाइएका छन्।

नष्ट भएका फाइलहरूमा सूर्यदर्शन र स्वर्णलक्ष्मी सहकारी ठगी, बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, माओवादी द्वन्द्वकालीन मुद्दा र भूमिसम्बन्धी संवेदनशील प्रकरणहरू रहेका थिए। एक अदालत कर्मचारीका अनुसार, दशकौँदेखि संग्रहीत नजिर र ऐतिहासिक अभिलेखसमेत जलेर नष्ट भएका छन्।


रवि लामिछाने जोडिएका फाइल प्राथमिक निशाना

स्रोतहरूका अनुसार आक्रमणकारीहरूले रवि लामिछानेसँग सम्बन्धित धेरैजसो फाइललाई पहिलो निशाना बनाएका थिए। काठमाडौं जिल्ला अदालतमा फाँट नम्बर ९, १३ र १४ मा रहेका मिसिललाई विशेष रूपमा आगो लगाइएको थियो। ती फाँटहरूमा नक्कली भुटानी शरणार्थी, सहकारी ठगी र सुन तस्करीसम्बन्धी मुद्दा दर्ता थिए।

“आक्रमणकारीहरूलाई कुन फाँटमा के–के फाइल छन् भन्ने ठ्याक्कै जानकारी थियो,” एक कर्मचारीले बताए, “नामै तोकेर मिसिल निकालेर आगो लगाइएको हो।”

बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली शरणार्थी प्रकरण, ३३ किलो सुन काण्डका फाइल, सहकारी ठगीलगायत अन्तिम चरणमा पुगेका संवेदनशील मुद्दाहरू यसै क्रममा खरानी भएका छन्।


सर्वोच्च र अन्य अदालतमा अभूतपूर्व क्षति

सर्वोच्च अदालतको एनेक्स भवनमा रहेको अभिलेख खण्डमा आगजनी हुँदा झण्डै ६० हजार मुद्दामध्ये ठूलो संख्यामा मिसिल क्षतिग्रस्त भएका छन्। पहिलो पटक छिरेका प्रदर्शनकारीले डाटा सेन्टर तोडफोड गरेर फर्किए पनि पछि फर्किएर मिसिलमा आगो लगाएका थिए।

कास्की जिल्ला अदालतमा समेत प्रदर्शनकारीले फाँट नम्बर ३ निसाना बनाएर सूर्यदर्शन सहकारीसम्बन्धी फाइल जलेका छन्। त्यहाँ सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पनि आगजनी भएको स्थानीय प्रहरी कर्मचारीले बताएका छन्।

चितवन जिल्ला अदालतमा समेत त्यस्तै आक्रमण हुँदा द्वन्द्वकालीन व्यक्ति हत्या मुद्दासम्बन्धी फाइल नष्ट भएका छन्।


कानुनी प्रक्रिया फेरि सुरु गर्नुपर्ने अवस्था

अदालतका कर्मचारीका अनुसार, सन् १९९९ देखि २०३० सम्म र २०५४ सालदेखि हालसम्मका मुद्दासम्बन्धी अभिलेखमा ठूलो क्षति पुगेको छ। यसले गर्दा कानुनविद्हरूसँग व्यक्तिगत रूपमा रहेका प्रतिलिपि र प्रमाणलाई आधार मानेर मुद्दाहरू पुनः सुरु गर्नुपर्ने बाध्यता आएको छ।

सर्वोच्च प्रशासनका अनुसार, धेरैजसो भ्रष्टाचार र गम्भीर अपराधसँग जोडिएका फाइल नष्ट भएका छन्। त्यसैले मुद्दाको प्रारम्भदेखि नै पुनः मूल्याङ्कन र समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ।


 अदालतको संरचना मात्र नभई देशकै न्यायिक इतिहासलाई क्षति पुर्‍याउने यो घटनाले न्याय प्रवाह प्रणाली नै संकटमा पारिदिएको कानुनविद्हरूको मूल्याङ्कन छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor