झुठ बोल्न, कुरा फेर्न, जनता बेकुफ बनाउन, फोहोरी राजनीतिका खेल खेल्न माहिर प्रचण्डले फेरि जनतालाई चुना लगाउने प्रयास गर्न थालेका छन् । यिनका कुरा पत्याउने कसले अब ?
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको राजनीतिक सङ्कटका बीचमा आफूले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन निर्णायक भूमिका खेलेको दाबी गरेका छन्। संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले जेन–जी आन्दोलनपछि केपी शर्मा ओलीको सरकार ढालिएर संविधान खारेज र राष्ट्रपतिको पद हटाउनेसम्मका प्रयास भएको र त्यसलाई रोक्न आफूले सहजीकरण गरेको बताए। उनका अनुसार, रातभर राष्ट्रपति, प्रधानसेनापति र विभिन्न दलका नेताहरूसँग छलफल गरेर अन्तरिम सरकारको सहमति सम्भव बनाइएको हो।
“इतिहास र घटनाक्रमले मलाई सहजीकरण गर्ने अवसर दियो,” उनले भने, “संसद विघटन मात्रै होइन, संविधान र राष्ट्रपति संस्थालाई खारेज गर्ने कसरतलाई नजिकबाट देखेँ। अन्ततः संविधान बचाउन रातभरको संवादपछि यो अवस्था सम्भव भयो।”
उनले वर्तमान संविधानलाई ठूलो संघर्ष र त्यागको नतिजा बताउँदै, राष्ट्रपति संस्थाको स्थायित्व सुनिश्चित गर्नु आफ्नो कर्तव्य भएको उल्लेख गरे। माओवादी आन्दोलनको योगदानले यी संस्थालाई ऐतिहासिक महत्त्व दिएको भन्दै त्यसलाई जोगाउन आफू योग्य रहेको उनको दाबी थियो।
प्रधानसेनापतिले पनि मुलुकलाई संकटबाट जोगाउन राजनीतिक निकास खोज्ने प्रयास गरेको भन्दै प्रचण्डले धन्यवाद दिए। उनले जेन–जी आन्दोलनका क्रममा देखिएका आगजनी र तोडफोडजस्ता घटना घुसपैठका कारण भएको दाबी गरे। साथै, भविष्यमा यस्ता संकट दोहोरिन नदिने गरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने सुझाव समेत राखे।
यद्यपि, केही नागरिक र विश्लेषकहरूले प्रचण्डको यी दाबीप्रति संशय प्रकट गरेका छन्। उनीहरूका अनुसार, प्रचण्ड विगतका विवाद र धारणा परिवर्तनका कारण आलोचनामा परेका नेता हुन्, र उनका वक्तव्यलाई सहजै पत्याउनु कठिन भएको जनाइएको छ।
प्रतिक्रिया