Washington DC, US : October 24, 2025, Friday 12:04 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

बेन्जामिन नेतन्याहुले गाजा पट्टीलाई पुनः पूर्णरूपमा कब्जा गर्ने प्रस्ताव “उनी सधैं गाजाको युद्धमा सबै लक्ष्य प्राप्त गर्ने भन्छन्, तर २२ महिनादेखिको नरसंहारपछि त्यस्ता गफ अब गम्भीरतापूर्वक लिने आधार बाँकी छैन। नेतन्याहुको उद्देश्य अब युद्ध जित्नु होइन, युद्ध लम्ब्याउनु हो।”

  NepalMother.com | २१ श्रावण २०८२, मंगलवार ०९:५१

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा पट्टीलाई पुनः पूर्णरूपमा कब्जा गर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन्। इजरायली सञ्चारमाध्यमहरूका अनुसार उनले यो योजना आफ्नो सुरक्षा मन्त्रिपरिषद्मा पेश गर्न लागेका हुन्। एक उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले लेखेका छन्, “अब खेल सुरु भइसकेको छ। हामी गाजा पट्टीको पूर्ण विजयतर्फ अगाडि बढ्दैछौं  र हमासलाई पराजित गर्दैछौं।”

तर नेतन्याहुको यस योजनाको विपक्षमा इजरायली सेनाका प्रमुखसहित उच्च सैन्य नेतृत्व नै उभिएको खबर सार्वजनिक भएपछि ती अधिकारीले भनेका छन्, “यदि सेनाका प्रमुखलाई यो योजना ठीक लाग्दैन भने, राजीनामा दिनुपर्छ।”

गाजा क्षेत्रमा हालसम्म ५० जना इजरायली बन्धकमध्ये झण्डै २० जना अझै जीवित रहेको विश्वास गरिन्छ। तर उनीहरूका परिवारजनहरू भने नेतन्याहुले अघि सारेको पुनःआक्रमणको योजनाले आफ्ना प्रियजनहरूलाई थप जोखिममा पार्ने डर व्यक्त गरिरहेका छन्। यसैबीच सार्वजनिक मत सर्वेक्षणहरूमा झण्डै ७५ प्रतिशत इजरायलीले बन्धक फिर्ता ल्याउनका लागि युद्धबिरामको पक्षमा रहेको देखिएको छ।

नेतन्याहुको यस्तो कठोर रणनीतिको अन्तर्राष्ट्रिय रूपमा समेत कडा आलोचना भइरहेको छ। युद्ध अन्त्य र मानवीय संकट न्यूनीकरणको माग गर्दै इजरायलका कैयौं मित्र राष्ट्रहरूले दबाब दिइरहेका छन्। यही सन्दर्भमा सयौं पूर्व इजरायली सुरक्षा अधिकारीहरू — जसमा गुप्तचर प्रमुखहरूसमेत छन् — ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संयुक्त पत्र लेख्दै नेतन्याहुलाई युद्ध अन्त्य गर्न दबाब दिन आह्वान गरेका छन्। तिनैमध्येका एक पूर्व घरेलु गुप्तचर एजेन्सी प्रमुख अमी आयालोनले बीबीसीसँगको कुराकानीमा भने, “सैन्य हिसाबले हमास पूर्ण रूपमा ध्वस्त भइसकेको छ। तर विचारधाराको हिसाबले भने, त्यो अझ सशक्त बन्दै गएको छ — चाहे त्यो फिलिस्तीनी जनमानसमा होस् वा इजरायल वरपरका अरब समाज वा समग्र इस्लामिक संसारमै किन नहोस्।”

उनले थप भने, “हमासको विचारधारालाई पराजित गर्ने एउटै उपाय भनेको उसले दिन नसक्ने उज्यालो भविष्य देखाउनु हो।”

यसैबीच गाजा पट्टीमा युद्धबिराम र बन्धक आदानप्रदानसम्बन्धी अप्रत्यक्ष वार्ता विफल भएको छ। त्यसको केही दिनमै फिलिस्तीनी सशस्त्र समूहहरूले तीनवटा भिडियो सार्वजनिक गरेका छन् जसमा दुई जना इजरायली बन्धकहरू निकै कमजोर अवस्थामा देखिएका छन्। तीमध्ये एक, एव्यातार डेभिड, आफूलाई गहिरो सुरुङभित्र आफ्नै चिहान खन्दै गरेको बताउँछन्, जुन दृश्यले इजरायली समाजलाई स्तब्ध बनाएको छ।

कतिपय विश्लेषकहरूले नेतन्याहुको पछिल्लो योजना सार्वजनिक गर्नु बन्धक आदानप्रदान वार्तामा हमासमाथि दबाब सिर्जना गर्ने रणनीति हुनसक्ने अड्कलसमेत गरेका छन्।

इजरायली सेनाले हाल गाजाको ७५ प्रतिशत भूभागमा आफ्नो ‘सञ्चालन नियन्त्रण’ कायम गरिसकेको बताएको छ। तर प्रस्तावित योजना कार्यान्वयन भयो भने बाँकी सबै भाग पनि कब्जा गरिनेछ, जसमा हाल २० लाखभन्दा बढी फिलिस्तीनीहरू शरणार्थीको जस्तो हालतमा बसिरहेका छन्। यो नयाँ अभियानले नागरिक जीवन, संयुक्त राष्ट्रसंघ तथा अन्य सहयोगी संस्थाहरूको काममा कस्तो असर पार्नेछ भन्ने अझै स्पष्ट छैन। अहिले नै गाजाको झण्डै ९० प्रतिशत जनसंख्या विस्थापित भइसकेको छ — कतिपय पटक–पटक। तिनीहरू भीडभाड, रोग, भोकमरीको पीडामा छन् र युएनलगायत मानवीय संस्थाहरूले इजरायलमाथि खाद्यान्न र अत्यावश्यक राहत सामग्रीको आपूर्ति अवरुद्ध गरिरहेको आरोप लगाइरहेका छन्।

गजाको केही क्षेत्रहरू, खासगरी मध्य भागहरू, जहाँ जीवित बन्धकहरू रहेको आशंका छ, इजरायली सेनाले अहिलेसम्म जान टारेको थियो। विगतमा पनि त्यस्तै प्रयासका क्रममा छ जना इजरायली बन्धकहरू मारिएको घटना भएको थियो। त्यसैले सेनाभित्रै पनि यो योजना विवादास्पद बनेको हो।

पश्चिम तटको केही भागमा शासन गरिरहेको फिलिस्तीनी प्रशासनले इजरायलको यो नयाँ योजनाको कडा विरोध गर्दै अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गर्न अपील गरिसकेको छ। उनीहरूले इजरायलको अतिवादी नेताहरूले गाजालाई पूर्ण कब्जा गरेर यहूदी बस्ती विस्तार गर्ने योजनालाई यसै बहानामा अघि बढाउन खोजेको आरोप लगाएका छन्।

इजरायलले सन् २००५ मा गाजाबाट आफ्ना सबै यहूदी बस्ती हटाएर सैन्य फौज फिर्ता गरेको थियो, तर त्यसपछि उसले मिसरसँग मिलेर गाजाको हरेक नाका, हवाई मार्ग र समुद्री सीमामा कडा नियन्त्रण कायम राखेको छ।

नेतन्याहुको यो प्रस्ताव यस्तो समय आएको हो, जब अन्तर्राष्ट्रिय समुदाय फेरि ‘दुई राष्ट्र समाधान’लाई पुनःउत्थान दिन लागिरहेको छ। यही सन्दर्भमा बेलायत, फ्रान्स र क्यानडाले हालै सर्तसहित फिलिस्तीनी राज्यलाई मान्यता दिने तयारी सार्वजनिक गरेका थिए। प्रस्तावअनुसार स्वतन्त्र फिलिस्तीनी राज्य वेस्ट बैंक र गाजा पट्टीमा स्थापना हुनेछ, पूर्व यरुशलम राजधानी हुनेगरी।

नेतन्याहुले अब सुरक्षा मन्त्रिपरिषद्को औपचारिक बैठक बोलाउने तयारी गरेका छन्, जसमा सेनाले केन्द्रिय शरणार्थी शिविरहरूलाई घेर्ने र हवाई तथा स्थलगत आक्रमणका नयाँ योजना पेश गर्ने अपेक्षा गरिएको छ।

तर इजरायली संचारमाध्यमहरूमा नेतन्याहुको यो योजनाको व्यवहारिकता र राजनीतिक जोखिममाथि गम्भीर प्रश्न उठाइएको छ। ‘येडिओथ अहरोनोथ’ पत्रिकाका स्तम्भकार नाहुम बार्नेयाले लेखेका छन्, “नेतन्याहुले यसअघि कहिल्यै यस्तो खतरनाक जुवा खेलेका थिएनन्।” उनी भन्छन्, “उनी सधैं गाजाको युद्धमा सबै लक्ष्य प्राप्त गर्ने भन्छन्, तर २२ महिनादेखिको नरसंहारपछि त्यस्ता गफ अब गम्भीरतापूर्वक लिने आधार बाँकी छैन। नेतन्याहुको उद्देश्य अब युद्ध जित्नु होइन, युद्ध लम्ब्याउनु हो।”

गाजामा यो सैन्य आक्रमण हमासले ७ अक्टोबर २०२३ मा इजरायलको दक्षिणी क्षेत्रमा गराएको आक्रमणको प्रतिक्रिया स्वरूप सुरु गरिएको थियो, जसमा करिब १,२०० इजरायली मारिएका थिए र २५१ जनालाई बन्धक बनाएर गाजामा लगिएको थियो।

त्यसयता गाजामा इजरायली सेनाको आक्रमणबाट कम्तिमा ६१,०२० जना फिलिस्तीनी मारिएको हमास संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।