ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५ जित्दै ऐतिहासिक सफलता
काठमाडौं/ नेपाली रचनात्मक उद्योगको इतिहासमा गर्विलो उपलब्धि थपिएको छ। प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा आयोजित ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५ जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक सफलता हात पारेको छ।
यस वर्षको ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन अवार्ड अन्तर्गत ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मानित भएको प्रिज्माले रणनीतिक ब्रान्ड विकास र सांस्कृतिक रूपमा प्रभावशाली रचनात्मक सामग्री निर्माणमा आफ्नो अग्रणी भूमिकाको प्रमाण प्रस्तुत गरेको हो।
ऐतिहासिक क्षण सिंगापुरमा
३१ जुलाई २०२५ का दिन सिंगापुरमा आयोजित विशेष समारोहमा प्रिज्मा एड्भर्टाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले नेपालको तर्फबाट यो अवार्ड ग्रहण गरे।
यो पुरस्कार कार्यक्रम विश्व ब्रान्ड्स फाउन्डेसन द्वारा आयोजना गरिएको हो, जसले विश्वभरका प्रतिष्ठित, प्रभावशाली र नवप्रवर्तनशील ब्रान्डहरूलाई सम्मान गर्दै आएको छ। यस पटक फाउन्डेसनले आफ्नो २०औं वार्षिकोत्सवलाई विशेष लिमिटेड एडिसन संस्करणको रूपमा प्रस्तुत गर्दै छ, जहाँ दीर्घकालीन मूल्य, रणनीति र सांस्कृतिक प्रभावका आधारमा ब्रान्डहरू छनोट गरिएका थिए।
प्रिज्माको पहिचान र प्रभाव
दक्षिण एशियाली प्रतिस्पर्धामार्फत छानिएको प्रिज्माले आफ्नो नवीन रचनात्मक सोच, ब्रान्ड प्रभावशीलता, र प्रभावशाली कथावाचन शैलीमार्फत निर्णायकहरूलाई प्रभावित गर्यो। यो सफलता नेपालकै रचनात्मक उद्योगको लागि एउटा कोसेढुङ्गा बनेको छ।
सिइओ रञ्जित आचार्यले भने,
“ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड हाम्रो टिमको अठोट, सिर्जनशीलता र नेपाललाई विश्वस्तरमा चिनाउने हाम्रो प्रयासको मान्यता हो। हामी विश्वस्तरीय प्रतिस्पर्धामा नेपाली पहिचान बोकेर अगाडि बढिरहेका छौं।”
महाप्रबन्धक शरद शाहीले थपे,
“यो पुरस्कार ३५ वर्षको हाम्रो यात्रा, जोखिम, प्रतिबद्धता र नेपालबाट विश्वमा पुगोस् भन्ने हाम्रो सपनाको सम्मान हो।”
विश्वका दिग्गजहरूसँग सँगै प्रिज्मा
यस अवार्डले विगतमा कोका–कोला, नेस्ले, युनिलिभर, सामसङ, टोयोटा, आइबीएम, र जिमी चू जस्ता ब्रान्डहरूलाई सम्मान गरिसकेको छ। साथै, ओगिल्वी मलेसिया, डेन्ट्सु सिंगापुर, लियो बर्नेट भियतनाम जस्ता क्रिएटिभ एजेन्सीहरू, र क्रिस्टियानो रोनाल्डो, नास डेली, निकोल एन डेभिड जस्ता व्यक्तित्वहरू पनि यस अवार्डका अघिल्ला विजेता हुन्।
भविष्यका लागि प्रेरणा
यो सम्मानले प्रिज्माको दक्षिण एशियाली नेतृत्व क्षमतालाई थप मजबुत बनाएको छ। कम्पनीले उपभोक्ता वस्तु, दूरसञ्चार, वित्तीय सेवा र प्रविधिको क्षेत्रमा ब्रान्ड कथा विकास, बजार वृद्धि र रणनीतिक सन्देशमार्फत दीर्घकालीन प्रभाव उत्पन्न गर्दै आएको छ।

प्रतिक्रिया