Washington DC, US : March 19, 2026, Thursday 07:13 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|राष्ट्रपतिलाई निर्वाचन परिणामसहितको विस्तृत प्रतिवेदन हस्तान्तरण|गगन थापाको राजिनामा र आगामी कार्यदिशा|Breaking News : कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा भएको आक्रमणपछि अमेरिका, बेलायत र युरोपभर ग्यासको मूल्य बढ्यो|रवि र बालेन्द्रलाई अत्यन्त अर्थपूर्ण खुला पत्र लेखे रबीन्द्र मिश्रले|इरानका गुप्तचर मन्त्री इस्माइल खतिब हवाई आक्रमणमा मारिए|NRNA नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले संगठनलाई नयाँ ढंगले पुनर्संरचना गर्ने र विश्वभरका नेपालीलाई एकीकृत गर्ने लक्ष्य सार्वजनिक|NRN नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग|Breaking News : इरानका दुई शीर्ष नेता मारिए|निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक|नेपाली अदालतमा विदेशी संस्थाले मुद्दा दर्ता गर्न पाउने नजिर स्थापित

भाषणमा सबै नेपालीलाई खुसीका साथ खीर खुवाउने प्रधानमन्त्री ओली प्रधानमन्त्रीको ‘खीर’भन्दा पहिला रित्तिएको भाँडो देखाइरहेको छ। प्रश्न यत्ति हो - के त्यो भाँडो भर्न देशको नेतृत्व तयार छ ?

  NepalMother.com | १६ श्रावण २०८२, बिहीबार ०८:००

प्रधानमन्त्री ‘खीर खाने वातावरण’ को कुरा गर्छन्, तर गाउँमा बुढाबुढी र सहरमा बेरोजगारीले युवा रुँदै विदेशिँदै

काठमाडौं, साउन ३१ / प्रधानमन्त्री केपी शर्मा ओलीले हालै आयोजित एक कार्यक्रममा सबै नेपालीले साउन १५ मा खुसीसाथ ‘खीर खाने वातावरण’ निर्माण गर्नुपर्ने बताएका छन्। नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा आयोजित स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। तर प्रधानमन्त्रीले बोलेका यी शब्दहरू अहिलेको कठोर नेपाली यथार्थसँग मेल खान्छन् त? जब देशका गाउँघर बुढाबुढी र बालबालिकाको मात्रै आश्रय स्थल बन्दैछन्, र लाखौं युवाहरू श्रम बेच्न विदेशी भूमिमा पलायन भइरहेका छन्?

हालै सार्वजनिक भएका सरकारी तथ्यांकहरू अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै करिब ८ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीको स्वीकृति लिएका छन्, र १,१८० जना नेपाली कामदारको शव मात्र विदेशबाट नेपाल फर्काइएको छ। गाउँमा हिँड्दा अब युवाको उपस्थिति भेटिँदैन, खेतबारी बाँझो छन्, घरमा बाआमा, जेष्ठ नागरिक, रोगीहरू छन्  र उनीहरूका छोराछोरी विदेशबाट पठाउने रेमिट्यान्सको भरमा दुई छाक जोहो गरिरहेका छन्।

त्यतिमात्र होइन, देशभित्रको अवस्था पनि दयनीय छ। बेरोजगारी चरम सीमामा छ, महँगी आकासिएको छ, रोग र भोकको चपेटामा लाखौं नागरिक छन्। कतिपय स्थानमा बालबालिकाको कुपोषण दर alarming स्तरमा पुगिसकेको छ। बाढी, डुबान, सुक्खा, र जलवायु आपतका बीचमा राज्यको प्राथमिकता अझै भाषण, उद्घाटन, र महोत्सवमा केन्द्रित देखिन्छ।

यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले “साउन १५ मा सबै नेपालीले खीर खानुपर्छ” भन्ने अभिव्यक्ति दिनु सामान्य रहँदैन। खीर खानु संस्कृति हो,  तर संस्कृति पाल्नका लागि पेट भर्नु पहिलो शर्त हो। आजको नेपालमा खीर मात्र होइन, दुई छाक भातको पनि ग्यारेन्टी छैन। कतिपय स्थानमा त साउन १५ न सामान्य हो, न विशेष, त्यहाँका नागरिकका लागि त्यो दिन पनि अन्य दुःखद दिनभन्दा फरक हुँदैन।

प्रधानमन्त्रीले भनेका छन् कि तराई,मधेशमा सुक्खा परेकोले सरकारले सिँचाइ प्रबन्धमा ध्यान दिइरहेको छ र सुनकोशी मरिन डाइभर्सन, रानी–जमरा–कुलरिया, तमोरजस्ता आयोजनाहरू छिटो सम्पन्न गर्न निर्देशन दिइएको छ। तर देशका पूर्वका युवाहरू कोरियातिर, पश्चिमका यूवाहरू साउदी, कतारतिर लागिरहेका छन्  उनीहरूलाई ती आयोजना कहिले पुग्ने?

यो बेला प्रश्न उठेको छ  के यो खीर खाने नेपाल हो त? न त सरकारले खीर बनाउन दूध उपलब्ध गराएको छ, न चामल, न चिनी। अधिकांश नेपालीका लागि त्यो खीर सम्झना मात्रै हो,  न हर्षको, न त उपलब्धिको, बरु विसंगतिको। प्रधानमन्त्रीको भनाइ सुन्दा लाग्छ, राजधानीमा बसेर पञ्चतारे होटलमा खीर खाँदा देशभरिका नागरिक पनि त्यसै गरी रमाइरहेका छन्।

नेपाली जनता आज पनि बाँझो खेत, थाकेका बाआमा, बिरामी शरीर र टाढा पुगेका छोराछोरीको सपना लिएर बाँचेका छन्। जबसम्म सरकार ‘खीर खाने’ सपना होइन, ‘रोजगारी खाने’, ‘स्वास्थ्य पाउने’, र ‘स्वाभिमानले बाँच्न सक्ने’ वातावरण निर्माणमा केन्द्रित हुँदैन,  तबसम्म साउन १५ का खीरका कुरा केवल राजनीतिक भाषणमा सीमित हुनेछन्।

आजको यथार्थले प्रधानमन्त्रीको ‘खीर’भन्दा पहिला रित्तिएको भाँडो देखाइरहेको छ। प्रश्न यत्ति हो, के त्यो भाँडो भर्न देशको नेतृत्व तयार छ ?

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।