Washington DC, US : April 10, 2026, Friday 12:39 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मध्यपूर्वमा जारी अस्थायी युद्धविराममाथि गम्भीर प्रश्न उठ्न थाले|बहुचर्चित सुन तस्करी प्रकरणसँग जोडिएको मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा सहितका व्यक्तिविरुद्ध गम्भीर आरोप|Breaking News : अमेरिका–इरानबीचको बढ्दो तनावबीच अन्ततः अस्थायी सहमतितर्फ, इरानले दुई हप्ताको युद्धविराम स्वीकार गरेको घोषणा, अमेरिका–इरानबीच भएको दुई हप्ते युद्धविराममा इजरायलले पनि समर्थन|ट्रम्पले फेरि कडा र विवादास्पद चेतावनी दिए, इरानसँग सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताए, इरानले भने ट्रम्पको अल्टिमेटमलाई “लाचार, चिन्तित र मूर्खतापूर्ण” भन्दै उपहास|Breaking News : ट्रम्पको शैलीलाई अस्थिर र विरोधाभासपूर्ण, युद्धजस्तो गम्भीर विषयमा जिम्मेवार व्यवहार आवश्यक : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों|के के गर्दै छ नेपालमा बालेन्द्र साह सरकार अहिले ?|अमेरिका र इरानबीच जारी युद्ध थप चर्किँदै जाँदा दुवै पक्षबीच कडा चेतावनी र प्रतिउत्तरको क्रम तीव्र, ट्रम्पले इरानले सम्झौता नगरे “नरक झर्ने” चेतावनी|एमालेले पार्टीभित्र बढ्दो आलोचना र असन्तुष्टिका बीच आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई सार्वजनिक रूपमा अनावश्यक टिप्पणी नगर्न कडा निर्देशन|गैरआवासीय नेपाली संघ (NRNA) ले परराष्ट्रमन्त्री शिशिर खनाललाई गैरआवासीय नेपालीका प्रमुख समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह|इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच खाडी क्षेत्र पुनः तनावग्रस्त

ओली आक्रामक, बिद्या चाल चल्दै, एमालेमा गुटबन्दी बढ्दो, के होला ? ओलीले जेलमा बिताएको १४ वर्षलाई उमेर गणनाबाट घटाउनुपर्ने तर्क, भण्डारीको सक्रियता र नेताहरूको पछ्याइप्रति असन्तोष

  NepalMother.com | ६ श्रावण २०८२, सोमबार ०८:००

ओलीको कडा चेतावनी : ‘विद्या भण्डारीको प्रवक्ता नबनिउँ, पार्टीभित्र अस्वस्थ गतिविधि सह्य हुँदैन’

काठमाडौं, एमाले मुख्यालय / नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरूमाथि पूर्वराष्ट्रपति विद्या भण्डारीको वरिपरि घुम्ने र प्रवक्ताको भूमिका खेल्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाएका छन्। उनले नेताहरूलाई स्पष्ट शब्दमा सुझाव दिए — “विद्या भण्डारीले अहिलेसम्म केही भनिसकेकी छैनन्, त्यसैले कोही पनि उनका प्रवक्ता नबनोस्।”

भण्डारीको सक्रियता र नेताहरूको पछ्याइप्रति असन्तोष

एमालेको नवौं केन्द्रीय कमिटी बैठकको प्रारम्भमै ओलीले भण्डारीको पछ्याइ गर्दै हिँड्ने केही नेताहरूलाई लक्षित गर्दै गम्भीर चिन्ता व्यक्त गरे। उनले विशेषतः चुनाव हारेका नेताहरू पनि भण्डारीको पछि लागेर हिँडेको भन्दै आपत्ति जनाए। ओलीले कटाक्ष गरे:

“जता जानु पनि पछ्याउनु पर्ने ? चुनाव हारेकाहरू किन पछ्याइरहेका छन् ? यसरी त पार्टी चल्दैन।”

भण्डारीलाई बालुवाटार बोलाएको स्वीकार, तर भेटको कारण प्रष्ट

ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई आफैले बालुवाटारमा बोलाएको स्वीकारे तर त्यसलाई सामान्य भेटघाटका रूपमा चित्रित गरे। उनले भने,

“विद्याजीले पार्टी कार्यालय देख्नुभएको छैन भन्नुभयो, त्यसैले च्यासलमा भेट गरियो। पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटलाई किन यति ठूलो बनाइएको ?”

‘मिशन ०८४’ मा एकता अपरिहार्य

ओलीले पार्टीले घोषणा गरेको “मिशन ०८४” (आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्य) सफल बनाउन सबै नेता कार्यकर्ता एकढिक्का भएर लाग्नुपर्ने आवश्यकता औंल्याए। उनले भने,

“बहुमत नभई नीति लागू गर्न सकिँदैन। हामीले संकल्प गरेका छौं, त्यसमा दृढ हुनुपर्छ। तर अहिले कतै त्यो संकल्पबाट विचलन भएको जस्तो देखिँदैछ।”

अस्वस्थ प्रवृत्तिको आलोचना, गालीगलौजको संस्कृति प्रति चेतावनी

अध्यक्ष ओलीले पार्टीभित्र र बाहिर दुवै तर्फ अस्वस्थ प्रवृत्ति मौलाउँदै गएको भन्दै चित्ता व्यक्त गरे। उनले राजनीतिक गालीगलौज र अविश्वास फैलाउने संस्कृतिलाई मोहन विक्रम सिंहले सैद्धान्तिक बनाएको र त्यसलाई प्रचण्डले संस्थागत गरेको आरोप लगाए।

“राष्ट्रिय राजनीतिमा प्रचण्ड धोका दिने प्रवृत्तिको नाम हो,” ओलीको भनाइ थियो।

‘७० वर्षे उमेर हद’ फिर्ता लिने निर्णयको बचाउ

अध्यक्ष ओलीले पार्टीभित्र आलोचना खेपिरहेको आफ्नो ‘७० वर्षे उमेरहद’ हटाउने निर्णयको पनि जवाफ दिए। उनले स्पष्ट पारे,

“मैले नै सातौं महाधिवेशनमा लोकतान्त्रिक अभ्यासका लागि ७० वर्षे उमेर सीमा प्रस्ताव गरेको थिएँ, तर अहिले परिस्थिति फेरिएको छ। अस्वस्थ गतिविधिका कारण त्यो हद हटाउनुपर्‍यो।”

पार्टीभित्र ‘संकीर्ण स्वार्थ’ देखिएको आरोप

ओलीले पार्टी नेताहरूले व्यक्तिगत स्वार्थका कारण पार्टीलाई कमजोर बनाउन खोजेको आरोप पनि लगाए। उनले नेतृत्व र एकताको महत्व दोहोर्‍याउँदै भने,

“हामीले विगतमा पनि हमला सह्यौं, आज पनि गरिरहेका छौं। तर ती हमला योजना, लगानी र अफवाहको आधारमा भइरहेका छन्।”

ओलीको अभिव्यक्ति स्पष्ट रूपमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सम्भावित राजनीतिक पुनर्सक्रियता र पार्टीभित्रको गुटगत गतिविधिप्रति चिन्ता प्रकट गर्ने प्रयास थियो। उनले एकढिक्क पार्टी, स्पष्ट नेतृत्व र मिशन ०८४ को सफलताको लागि सबैलाई चेतावनी र मार्गदर्शन दुवै दिएका छन्।

‘उमेर हद नमान्ने, नेतृत्व नछोड्ने’ — ओलीको दृढ अडान

 यस अघि ओलीले आफ्नो नेतृत्वविरुद्ध बढ्दो चुनौती र पूर्वराष्ट्रपति विद्या भण्डारीको सम्भावित राजनीतिक सक्रियतालाई लक्षित गर्दै “नेतृत्व हस्तान्तरण नहुने”“७० वर्षे उमेर हद लागू नहुने” स्पष्ट सन्देश दिएका छन्।

पूर्वराष्ट्रपति भण्डारीमाथि ओलीको आक्रोश

एमाले पोलिटब्युरो बैठकमा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीप्रति खुला असन्तुष्टि व्यक्त गरे। बैठक स्रोतका अनुसार, उनले भण्डारीले पार्टीसँग कुनै सल्लाह नगरी राजनीतिमा पुनः सक्रिय हुने संकेत दिएको र सरकार परिवर्तनको “षड्यन्त्र”मा लागेको आरोप लगाएका थिए।

“विद्याजीलाई हामीले पार्टीको निर्णयमा राष्ट्रपति बनाएका थियौं। तर अहिले हामीसँग सल्लाह नगरी राजनीतिमा आउने घोषणा गर्नुभयो, सरकार फेर्ने खेलमा लाग्नुभयो,” ओलीको भनाइ स्रोतले उद्धृत गरेको छ।

“पार्टी बाहिर छलफल गर्दैमा नेतृत्व हस्तान्तरण हुँदैन”

ओलीले भण्डारीको राजनीतिक भेटघाट र छलफलप्रति संकेत गर्दै भने,

“पार्टी बाहिर छलफल गर्दैमा नेतृत्व सर्नुहुन्न। नेतृत्व हस्तान्तरण गर्न सकिंदैन।”

उनको अडान स्पष्ट छ — नेतृत्व उनी आफैंले चलाउने छन्, उमेरको कारण देखाएर पछि हट्ने पक्षमा छैनन्।

७० वर्षे उमेर हद खारेजको बचाउ : “म अहिले ५० वर्षको जस्तो खटिरहेको छु”

ओलीले ७० वर्षे उमेर हद नमान्ने स्पष्ट घोषणा गर्दै त्यो नियम आफ्नै प्रस्ताव भए पनि अहिलेको सन्दर्भमा उपयुक्त नभएको तर्क गरे। उनले हाँसोको साथ भने,

“म त अहिले ५० वर्षको जस्तो काम गरिरहेको छु। कसैलाई उमेर हद मान्न मन लागेको हो भने मानून्, बिदा लिए हुन्छ।”

ओलीले जेलमा बिताएको १४ वर्षलाई उमेर गणनाबाट घटाउनुपर्ने तर्क गर्दै भने,

“मैले जेल बसेको समय घटाएर हेर्नुपर्छ भनेका थिएँ, सबै हाँस्नुभयो।”

विधान संशोधनका पछाडि ‘आवश्यकता’ को तर्क

ओलीले ७० वर्षे उमेर हद हटाउने प्रस्ताव आफैंले तयार पार्न लगाएको स्वीकार गर्दै भने,

“आवश्यकता भएकाले मैले विष्णु पौडेललाई संशोधन प्रस्ताव तयार पार्न भनेको हुँ।”

उनले जोड दिए कि पार्टीका निर्णयहरू सधैं परिस्थितिका आवश्यकताअनुसार लिइन्छन्, र बहुसंख्यक महाधिवेशन दस्तावेज उनले नै तयार पारेका छन्।

“चौथो महाधिवेशन बाहेक सबै दस्तावेज मैले लेखेको हुँ। ७० वर्षे उमेर सीमा पनि आवश्यकताले राखिएको थियो, अहिले आवश्यकता बदलिएको छ।”

कर्ण थापा प्रकरण र पार्टी विधानको बहस रोक्न निर्देशन

तीनपटक पार्टी विधान छपिएको विवादमा अध्यक्ष ओलीले नामै लिएर कर्ण थापालाई लक्षित गर्दै अब यो विषयमा बहस रोक्न निर्देशन दिएको स्रोतको दाबी छ।

गणतन्त्रबारे बुझाइ सुधार गर्न आग्रह

बैठकमा ओलीले गणतन्त्रप्रति आफ्नो अडानबारे पनि प्रष्ट पारे। उनले विगतमा कांग्रेस तयार नभएसम्म गणतन्त्रमा जान मिल्दैन भन्ने धारणा राखेको स्मरण गर्दै भने,

“हामी मात्र गरेर गणतन्त्र सम्भव हुँदैन भनेको थिएँ, तर मलाई गलत बुझियो।”

एमाले केन्द्रीय कमिटी बैठक : बहस जारी, अधिकांश सदस्य ओलीको पक्षमा

यता  केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ। गण्डकी प्रदेशका प्रतिनिधिहरूले आ–आफ्ना विचार राखिसकेका छन् भने हाल मधेश प्रदेशका सदस्यहरूले आफ्ना भनाइ राख्ने क्रम अगाडि बढाइरहेका छन्।

बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन माथि व्यापक बहस भइरहेको छ।

अध्यक्ष ओलीको पक्षमा बहुमत धारणा

बैठकमा धारणा राखेका अधिकांश नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको समर्थन गरेका छन्। यद्यपि केही नेताहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताप्रति सकारात्मक टिप्पणी गरेका भए पनि बहुलता ओलीको पक्षमा देखिएको स्रोतको दाबी छ।

उमेर हद र गुटबन्दीमाथि प्रश्न

केन्द्रीय सदस्य दिवाकर देवकोटाले पार्टी विधानमा ७० वर्षे उमेर हद पूर्वत: किन राखिएको थियो र अहिले हटाउन किन आवश्यक पर्यो भन्नेबारे प्रश्न उठाएका छन्।

“पहिले किन उमेर हद राखियो? अहिले किन हटाइयो?” — देवकोटाको सोधाइ थियो।

त्यस्तै, सदस्य कृष्ण पौडेलले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै कार्यकर्तामाझ निराशा फैलिएको टिप्पणी गरे। रामपृत रामले नेताहरूको गुटबन्दीका कारण स्थानीय तहमा काम गर्न असहज भएको गुनासो गरेका छन्।

बोल्ने क्रम जारी, भोलिसम्म बैठक चल्ने

स्रोतका अनुसार बैठकमा सहभागी प्रत्येक केन्द्रीय सदस्यलाई ३/३ मिनेटको बोल्ने समय दिइएको छ। बैठक भोलिसम्म चल्ने कार्यक्रम रहेको बताइएको छ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको नेतृत्वले अझै बलियो समर्थन पाइरहेको देखिए पनि विधान संशोधन, उमेर हद, गुटबन्दी र नेतृत्वको शैलीजस्ता विषयमा केही असन्तुष्टि पनि सतहमा आएको देखिन्छ। बैठकका बाँकी सत्रहरूमा यी बहसहरू अझ चर्किने संकेत देखिएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।