चारै तिर घेराबन्दी र निषेधाज्ञा जारी गर्दै आन्दोलनकारी लाई पेल्न खोजिरहेको ओली सरकार र गृहमन्त्री रमेश लेखकको आदेशमा प्रहरी प्रशासन २०४६, २०६२ सालको झल्को दिन थालेका छन्। जनताका नजरमा दिन प्रतिदिन बदनाम र छि छि र दुर दुर हुदै गैरहेका ओली र लेखकको आदेशमा प्रहरी प्रशासनले जसरी अहिले बल प्रयोग, हातपात, लछार पछार र गिरफ्तारी शुरु गरेका छन् यसले आन्दोलनलाई झन बढी आगोमा घिउ थप्ने देखिन्छ। राजसंस्था पक्षधर आन्दोलनमा सहभागी रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान रिहा नगरे काठमाडौँ उपत्यका ठप्प पार्ने चेतावनी दिएका छन्।
शनिबार नारायणचौरमा जारी राजसंस्था समर्थक प्रदर्शनका क्रममा प्रहरीले कमल थापालाई पक्राउ गरेपछि लिङ्देनले आक्रोशित हुँदै प्रदर्शनकारीलाई सम्बोधन गरेका थिए। उनले भने, “अबको लडाइँ साँच्चिकै भोलिबाट सुरु हुन्छ। हामी देशभरबाट कार्यकर्तालाई बोलाउँछौं र एक ठाउँबाट होइन, ५० ठाउँबाट आन्दोलन थाल्नेछौं।” लिङ्देनले सरकारलाई स्पष्ट रूपमा चेतावनी दिँदै भने, “कमल थापालाई ससम्मान रिहा गरी आन्दोलनस्थलमा ल्याएर नछाडे काठमाडौँ उपत्यका भोलिदेखि बन्द गर्नेछौं।” उनको यो भनाइसँगै आन्दोलन थप चर्किने संकेत देखिएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंहलाई प्रहरीले भित्रै थुनिदिएको छ । भद्रकालीस्थित प्रहरी परिसरमा पुगेका सिंहलाई भित्रै थुनिदिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । “हामीले उहाँलाई नियन्त्रणमा लिनुपर्नेछ, तपाईं बाहिर जानुस् भन्दै बाहिर निकाले, उहाँलाई भित्र राखिदियो,” श्रेष्ठले भने । उनले यसलाई ‘सर्वसत्तावादी निरंकुश गणतन्त्रको नाङ्गो रुप’ भनेका छन् । “जहाँ भन्यो हामी त्यहीँ बस्यौँ,” श्रेष्ठले भने, “अहिले एकाएक नेताहरु पक्राउ गर्न थाल्यो ।”





Photos : Nepalmother/Khabarhub/Nepalpress/Social Media etc.
प्रतिक्रिया