Washington DC, US : October 24, 2025, Friday 12:03 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

गृहमन्त्री लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध, के हुन्छ जेठ १५ ?

  NepalMother.com | १४ जेष्ठ २०८२, मंगलवार ०९:१८

गृह मन्त्रालयमा भिजिट भिसा काण्ड : गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरुद्ध

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भिजिट भिसा’ मार्फत भइरहेको मानव तस्करी काण्ड सार्वजनिक भएपछि देशको राजनीति तातेको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आज प्रतिनिधिसभा बैठक अवरुद्ध गरे। बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी सांसद वर्षमान पुनलाई बोल्ने मौका दिए। पुनले “भिजिट भिसाको नाममा घरघरमा तस्करीको चर्चा छ, यो अब लुकाउने अवस्था छैन” भन्दै निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरे। रास्वपाका सांसद शिशिर खनालले भने, “जसमा मन्त्री नै मुछिएको छ, त्यही व्यक्ति पदमा रहेर निष्पक्ष छानबिन सम्भव छैन।”

सभामुखको सहमति प्रयास असफल, संसद् स्थगित

विपक्षीको चर्को दबाबका बीच सभामुख घिमिरेले सत्ता र प्रतिपक्षबीच सहमति जुटाउन बारम्बार प्रयास गरे। तर सत्ता पक्ष – नेपाली कांग्रेस र नेकपा एमाले – गृहमन्त्रीलाई सदनमै स्पष्टीकरण दिने अवसर दिनुपर्ने अडानमा रहे। विपक्षी भने राजीनामा र उच्चस्तरीय छानबिन आयोगको अडानबाट पछि हटेनन्।

सहमति जुट्न नसकेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरियो।

शेखर कोइरालाको कडा प्रतिक्रिया : ‘कांग्रेस मौनता आश्चर्यजनक’

यसैबीच कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति निवासमा बसेको बैठकमा आफ्नो मात्र चर्चा भएकोमा आश्चर्य व्यक्त गरे। “प्रधानमन्त्रीको अभिव्यक्तिबाट मुलुक डगमगिएको छ, तर बैठकमा कुरा मेरै बारेमा मात्रै भएछ,” उनले भने।

कोइरालाले ओलीको “१५ जेठमा काठमाडौं एमालेको नियन्त्रणमा हुनु पर्छ” भन्ने अभिव्यक्तिलाई खतरनाक मानेर कांग्रेसले यसबारे स्पष्ट धारणा नबोल्नु गलत भएको टिप्पणी गरे।

May be an image of text

राजावादी प्रदर्शनको तयारी, सरकारले कडा सुरक्षा योजना बनाउँदै

१५ जेठका लागि राजसंस्था पुनःस्थापनाका पक्षधरहरूले काठमाडौंमा शक्ति प्रदर्शनको घोषणा गरेका छन्। यसै दिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले “काठमाडौं एमालेको नियन्त्रणमा राख्न” कार्यकर्तालाई निर्देशन दिएका छन्। राजावादीहरूको कार्यक्रमलाई लिएर गृह मन्त्रालयले चारवटै सुरक्षा निकायको प्रमुखहरूलाई बोलाएर बैठक गरेको छ। चैत १५ मा तीनकुनेमा भएको अराजक प्रदर्शनबाट सिक्दै सरकारले सुरक्षा व्यवस्थालाई चुस्त बनाउन तयारी थालेको हो।

कांग्रेसभित्र मतभेद : कोही राजीनामा पक्षमा, कोही विपक्षमा

नेपाली कांग्रेसभित्र गृहमन्त्रीको राजीनामाको विषयमा मतभेद देखिएको छ। सांसद डा. सुनील शर्माले “राजीनामा दिनु नै बुद्धिमानी निर्णय” भएको बताउँदै लेखकलाई नैतिकता प्रदर्शन गर्न सुझाव दिए। अर्का सांसद रामहरी खतिवडाले भने “केवल मातहतका कर्मचारीमाथि अनुसन्धानको आधारमा मन्त्रीले राजीनामा दिनु पूर्वाग्रहपूर्ण हुन्छ” भन्दै लेखकको बचाउ गरे।

विपक्षीको अडान कडा : उच्चस्तरीय छानबिन समिति अनिवार्य

विपक्षी दलहरूको मुख्य माग भने स्पष्ट छ — गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामाउच्चस्तरीय छानबिन आयोगको गठन। उनीहरूले गृहमन्त्री पदमै रहँदा निष्पक्षता सम्भव छैन भन्दै संसद् ठप्प पारेका छन्।

राजनीतिक संकटका घेरामा फसेका गृहमन्त्री लेखकको भविष्य के हुने हो — त्यो अबको केही दिनभित्र प्रस्ट हुनेछ। तर, जेठ १५ को संघीय बजेट भाषणअघि कुनै निर्णय नभएमा संसद् थप अवरुद्ध हुने संकेत प्रष्ट देखिन्छ।

May be a doodle of text that says 'ए होर! रमेश विष्ट नेपाल सरकार गृह एवं मानव तस्कर मन्त्रालय शिंहदरवार बिदेश जाने? जाऊ घर- खेत बेचेर आऊ!!!'

May be an illustration of text

May be a doodle of text

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।