म्युजिक भिडियोको लिङ्क : https://www.youtube.com/watch?v=md37nYYSzfk
अमेरिका / “बाँकी छ हेर तिम्रो हाम्रो माया प्रीति फुल्न बाँकी छ, बाँकी छ हेर दुवै जना लुक्दै भाग्दै डुल्न बाँकी छ ” भन्दै लोक तथा दोहोरी गायक रामप्रसाद खनालले फेरि अर्को नयाँ गीत “बाँकी छ हेर” बजारमा ल्याएका छन् । उनले उक्त गीतको एल्बम “बाँकी छ हेर” भर्खर अमेरिकाबाट रिलिज गरेका छन् ।
एक महिना अघि “पानी लिन जाँदा खेरि” भन्ने गीत रिलिज गरेका खनालको आफ्नै शब्द र स्वर रहेको यस गीतमा थानेश्वर गौतमले सङ्गीत गरेका छन् भने बीबी अनुरागीले सङ्गीत संयोजन गरेका छन् ।
१८ वर्ष देखि अमेरिकामा बस्दै आएका खनाल नेपाल मा हुँदा मात्र होइन अमेरिकामा रहँदा पनि गीत सङ्गीत मा उत्तिकै सक्रिय छन् । उनले हरेक वर्ष अमेरिका बाटै पनि एल्बमहरू निकाल्दै आएका छन् । लोकगीत, सङ्गीत र दोहोरी गीतका क्षेत्रमा चार दशक यता सक्रिय खनालको यो गीत “बाँकी छ हेर” माया प्रेममा आधारित गीत छ । खनाल आफैले पनि अभिनय गरेको यो गीतमा उनले यस पटक अहिलेको नयाँ पिँडीका चर्चित दुई मोडेल लाई लिएका छन् सरोज प्रजा र सोनी विश्वकर्मा लाई ।
सुरेन्द्र बसेलले निर्देशन गरेको म्युजिक भिडियोमा पुष्कर पन्त सहित विभिन्न एक दर्जन भन्दा बढी कलाकारहरूले अभिनय र नृत्य गरेका छन् । राकेश दाहाल ले सम्पादन गरेको खनाल को यो म्युजिक भिडियो देव दोर्जे लामाले छायाङ्कन गरेका थिए भने बबिता पोखरेलले नृत्य निर्देशन गरेकी थिइन । गीत प्रिज्मामा रेकर्ड गरिएको थियो ।
हाल सम्म रामप्रसाद खनालले यो गीत सहित एक हजार दुई सय भन्दा बढी गीत गाइसकेका छन् । खनाल रेडियो नेपालका विशिष्ट श्रेणीका गायक पनि हुन ।
उनका गीतहरू रेडियो नेपाल र नेपाल टेलिभिजनमा सुन्ने हेर्ने दर्शक हरू त छँदै छ्न तर अहिले भने को नयाँ युग र प्रविधिमा युट्युब, अमाजोन म्युजिक, सिडी बेबी, डिस्टोकिड लगायतका इन्टर नेशनल म्युजिक प्लेटफर्म हरू मा पनि उपलब्ध छन् । खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष पनि हुन । हाल सम्म उनका ५५ भन्दा बढी म्युजिक एल्बम प्रकाशित भई बजारमा उपलब्ध छन् । १८ वर्ष देखि सपरिवार अमेरिकामा बस्दै, बिजनेस हरू मा संलग्न छन् तर उनले आफ्नो गीत सङ्गीत कलाकारिता र पत्रकारिता लाई निरन्तरता दिइरहेका छन् ।
प्रतिक्रिया