Washington DC, US : July 30, 2025, Wednesday 06:33 PM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|रूसमा ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प, अमेरिकाको पश्चिमी तटदेखि जापान, हवाई, फिलिपिन्स, मेक्सिकोसम्मका सुनामीको असर|Breaking News : बेलायतमा नेपाली विद्यार्थीहरूको आत्महत्या र असामयिक मृत्युदर बढ्दै, साबधान अभिभाबकहरु !|तेस्रो बच्चा जन्माउनेलाई विशेष अनुदान, थप बच्चा जन्माउन प्रेरित गर्ने|प्रधानमन्त्री ओली रवि लामिछानेप्रति कडा : ‘ठगी गरेपछि त अदालतले थुन्छ, सरकारले के गर्ने ?’|अमेरिकामा बन्दुक हिंसा नियन्त्रण बाहिर, सातो जाने तथ्याङ्क|पुस्ता – टेलिसिरियलको Trailer सार्बजनिक|युक्रेनको जेलमा रुसी हवाई आक्रमण, १७ बन्दीको मृत्यु, ४२ घाइते|Breaking News : न्युयोर्कको गगनचुम्बी भवनमा आक्रमण, चार जनाको ज्यान गयो, बंगलादेशी मूलका प्रहरी अधिकारी समेत मारिए|अमेरिकाको नेभाडा क्यासिनोमा गोलीकाण्ड, थुप्रै घाइते, एक पक्राउ|सिन्धुलीबाट बेपत्ता हायू परिवार पोखरामा सकुशल फेला !

उच्च अदालतले दियो रविलाई थुनामा पठाउन आदेश, रवि पक्राउ चैत्र पन्ध्रमा काठमाडौँ मा गएको राजनीतिक भुकम्प माथि उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश दिएर अर्को भुकम्प ल्याउँदै गर्दा उता जाजरकोटमा भने बास्तबिक भुकम्प, आदेश हुनुभन्दा पहिले प्रहरी तैनाथ भएको रविको आरोप

  NepalMother.com | २१ चैत्र २०८१, शुक्रबार १५:०६

यो हप्ता चैत्र पन्ध्रमा काठमाडौँ मा गएको राजनीतिक भुकम्प माथि उच्च अदालतको बुटवलको एउटा इजलासले थुनामा पठाउन शुक्रबार आदेश दिएर अर्को भुकम्प ल्याउँदै गर्दा उता जाजरकोटमा भने बास्तबिक भुकम्प गएको छ।
जाजरकोटमा शुक्रबार लगातार भूकम्पका दुई धक्का मापन गरिएको छ । तीन मिनेटको अन्तरमा पैंक केन्द्रविन्दु भएर दुई धक्का मापन गरिएको हो । राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पपछि केही घरहरू चर्किएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । “घरहरू चर्किएको भन्ने खबर आएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य गरेका छौँ,” प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले भने । पहिलो धक्का साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको र दोस्रो साँझ ८ बजेर १० मिनेट जाँदा ५.५ म्याग्निच्युडको रहेको थियो ।

यता रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको थियो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश दिएको थियो । राति ९ बजेतिर उनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली हात्तीगौंडास्थित सिजी हिल्समा पुगेको थियो । प्रहरी टोली पुग्दा लामिछाने आफ्नो कोठामा बसिरहेका थिए । उनलाई थुनामा पठाउने आदेश आएको थाहा पाएलगत्तै रास्वपाका उपसभापति डिपी अर्याल, सांसद् शिशिर खनाल, गणेश पराजुली, नेता प्रणय राना, विपिन आचार्य लगायत पनि त्यहाँ पुगिसकेका थिए ।

लामिछानेलाई शुक्रबार काठमाडौं प्रहरी परिसरमा राखिने भएको छ । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा शुक्रबार पक्राउ परेका लामिछानेलाई शनिबार मात्रै रूपन्देही लैजाने प्रहरीले जनाएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । रविलाई उनको निवास बूढानीलकण्ठबाट शुक्रबार साँझ पक्राउ गरिएको हाे ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो । उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई थुनामा पठाउने आदेश भएको बताए ।

पक्राउ गर्न प्रहरी पुगेपछि लामिछानेले रास्वपाको फेसबुकमार्फत लाइभ गरेर भिडियो सन्देश जारी गरेका थिए । त्यसमा उनले भनेका छन्ः
“आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनीहरू,
मेरो घरमा प्रहरी आएको छ। मैले समाचारबाट उच्च अदालतको आदेशबारे त थाहा त पाएँ। तर, बिना कुनै कारण अहिले यतिखेर केही पूर्जी पनि दिइएको छैन । कागज पनि दिइएको छैन।

मेरो घरभित्र आएर बेडरूमभित्र आउनु भएको छ । मैले सार्वजनिक पनि गरिसकेको छु। उताबाट आदेश हुनुभन्दा पहिले यसरी प्रहरी तैनाथ हुनु। यो सबैचीजले एउटा ठूलो आशंका सृजना गरेको छ ।

मैले सम्मानित अदालतको आदेशलाई सही मानेकै छु। कानुनलाई मानेकै छु । म आफै पनि उपस्थित हुन गएको छु । अहिले पनि सार्वजनिक गरेकै छु। तर यो राज्‍य आतंक ।

यो धरपक्कड ममाथि के कारणले भइरेको छ ? मैले बुझ्न सकेको छैन । भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनुहोला । मलाई लागेको थियो केही कुरा भन्छु भनेर। तर, सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती बिना कागजपत्र प्रहरीले आतंक सृजना गर्‍यो ।

मलाई आतंकित बनाएको छ । मेरा लागि कुनै पक्रिया पूरा गर्न मानेको छैन। मेरो घरभित्र प्रहरी छिरेको छ । मैले यसरी नै गिरफ्तारी दिन्छु भनेको हुँ ।

जे होस् आम नागरिकले सब चिज हेरिरहेको छ भन्‍ने मलाई विश्वास छ । न्यायको लडाइँ म एक थोपा रगत रहुञ्जेल लडिरहन्छु। मैले कुनै गल्ती गरेको पनि छैन। कुनै पनि अपराध गरेको छैन। तर मलाई संसारकै सबैभन्दा ठूलो अपराधीले जस्तो ममाथि गरिएको यो व्‍यवहार आम जनताले हेरिरहेका छन् भन्‍ने मैले विश्वास लिएको छु। म धेरै केही पनि भन्दिन ।

म सम्मानित अदालतप्रति आशा र भरोसा राखेर कानुनी प्रक्रियामा सघाउनका लागि लागि परेको छु । यो दुनियाँका जति पनि न्यायलयका ढोकाहरू छन् । ती सबै ढोका ढक्ढक्याउँछु। मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि मतपत्रमा घण्टी चुनाव चिह्न रहनेछ। यसैलाई आशा र भरोसाको आवाज बुलन्द गरिरहनु होला । म कानुनी लडाइँमा छु । नमस्ते ।”

यसै बीच रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकालले रवि लामिछानेविरुद्ध पुर्पक्षमै राखेर अनुसन्धान गर्ने आदेशलाई लिएर टिप्पणी गरेका छन् । उनले यसअघि रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेशबाट खुसी नहुन आग्रह गरेकोमा रविको अस्वभाविक खुसी देखिएको टिप्पणी गरेका छन् । आफूले लामिछानेलाई पार्टीबाट बिदा दिएर मुद्दा लड्ने फुर्सद दिउँभन्दा नमानिएको भन्दै यसले सिंगो पार्टीलाई घाटा पुर्‍याउने उनको भनाइ छ ।

“धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेका थिए । मैले त भनेकै थिए, धेरै खुसी नहुनु । तर खुसी भएपछि कसको के लाग्छ र, बधाई दिए,” मुकुलले भनेका छन्, “अब अदालतलाई गाली गर्नुको के तुक रहन्छ र ? हिजो जसरी अदालतको फैसलाको स्वागत गरिएको थियो, त्यसरी स्वागत गर्ने ।”

उनले २०८१ असार १९ गतेको केन्द्रीय समितिमा आफूले राखेको प्रस्ताव स्मरण गरेका छन् । “रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ, यो प्रस्तावमा नआइ सुखै छैन । रवि दाइलाई राजनीतिबाट बिदा गरी राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लागौँ,” आफ्नो प्रस्तावबारे मुकुलले भनेका छन्, “यसले दाइलाई पनि सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ ।”

मुकुलले आफूले भनेको कुरा नौ महिनासम्म पनि नबुझे रास्वपाका अन्य नेताहरूले पनि राजनीति छोडिदिए हुने टिप्पणी गरेका छन् । उनले रास्वपा जोगाउने आधार आफ्नो प्रस्तावमा फर्किएर मात्र प्राप्त हुने उल्लेख गरे ।

“असारमा भनेको कुरा चैत्र लाग्दासम्म पनि बुझ्न सकेनौँ भने, राजनीति के गर्छौं ? छोडिदिए हुन्छ,” मुकुलले भनेका छन्, “अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो । रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो ।” उनले त्यसो नगरे विधिको शासन र नैतिक मूल्यमान्यताको राजनीति गर्छु भन्न नमिल्ने उल्लेख गरेका छन् ।

उनले रविले भनेका अन्तिम वाक्य स्मरण गर्दै रविलाई नै उक्त भनाइ फर्काएका छन् । “देख्यौँ, शून्यमा पुर्‍याए तिमीलाई,” मुकुलले रविको अन्तिम वाक्य सम्झिँदै भनेका छन्, “हुन त मैले समीक्षा प्रतिवेदनमा नै शून्यबाट यात्रा सुरु गर्दै छु भनेर लेखेको थिएँ । दाइलाई सुनाइदिनु होला , दाइ, म शून्य थिएँ, शून्य छु र शून्य नै रहुँला, तर अब तपाईं कति ?”

अदालतको आदेश:

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !



May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।