“भुइँचालो”
भुइँचालो गयो ?
ज्यान जोगाउने कि सत्ता अब ?
गणतन्त्र बालिग हो कि नाबालक ?
गणतन्त्रको नागरिकता बम्सज को हो कि अंगिकृत ?
भुइँचालो कहाँ गयो ?
कसको मनमा ?
कति रेक्टर स्केलको ?
केन्द्र बिन्दु कहाँ रहेछ ?
सिंह दरबार कि दिल्ली दरबारमा ?
पराकम्पन बालकोट अनि बूढा निलकन्ठमा
सकियो कि अन्त पनि महसुस भो ?
सुन तस्कर ठिक कि मुर्ति तस्कर ?
यो गनतन्त्र थियो कि गणतन्त्र ?
जन आन्दोलन थियो कि
अराजक भिड ?
सहिद गेटका सहिद हरुले
यो भिड देख्दा
आत्मग्लानी गरे होलान् कि हर्षोउल्लास ?
देशको झन्डा सहिद कै रगतले रातो
भएको हो कि कृतिम रङ्गले ?
सु शासन घोसणा पत्रमा मात्रै आउछ कि देशमा पनि ?
नागरिक अधिकार भनेको के हो ?
बोल्दा आसिका तामांग जेल किन परेको ?
बलात्कारी ,सहकारी ठग ,भर्स्ट हरुलाई
किन सरकार द्वारा सम्मान ,रिहाई ,मालिश अनि तेल ?
बिगतमा राजतन्त्र फाल्दा कसले फालेको?
देशभर प्रधानमन्त्रीको बिरुद्धमा नारा किन लागेको ?
भर्स्टचार दुई तिहाईको सरकारले
निर्बिरोध गर्न पाउनु पर्ने व्यवस्था संबिधानमा किन नलेखेको ?
प्रसान्त उप्रेती “भुइँ मान्छे”
पेरिस ,फ्रान्स
प्रतिक्रिया