Washington DC, US : February 22, 2025, Saturday 01:41 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

  NepalMother.com | ६ फाल्गुन २०८१, मंगलवार १३:०८

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ।

सर्वोच्च अदालतको फैसला अनुसार गठित उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरेको थियो । बैठकले सदस्यता दर्ता प्रक्रिया थप व्यवस्थित बनाउनका लागि नयाँ समयसीमा तोकेको छ । अब गैर आवासीय नेपालीहरूले ३१ मार्च २०२५ सम्म सदस्यता दर्ता गर्न सक्नेछन् ।

https://nrnahlc.com/ मा गएर सदस्यताको लागि आवेदन दिन सकिनेछ।

बैठकले महाधिवेशनका लागि आइसीसी (इन्टरनेशनल कोर्डिनेशन काउन्सिल) ले लिने सदस्यता दर्ता शुल्क नलिने निर्णय गरिएको छ । तर, राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) लाई आफ्नो देशको कानुनी व्यवस्थाअनुसार शुल्क तोक्न सक्ने अधिकार दिइएको छ ।

त्यसैगरी बैठकले आगामी निर्वाचन प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने उद्देश्यले प्रमुख निर्वाचन आयुक्त र अन्य निर्वाचन आयुक्तहरूको नियुक्ति गर्ने निर्णय गरेको छ । राष्ट्रिय समन्वय समितिको निर्वाचन १५ अप्रिल २०२५ भित्र सम्पन्न गर्ने समय सिमा पनि तोकिएको छ । तोकिएको समयसीमा भित्र निर्वाचन सम्पन्न गर्न नसके उच्चस्तरीय समितिसँग सम्झौता गरी महाधिवेशनको लागि नयाँ मिति निर्धारण गर्न सक्ने अधिकार पनि दिइएको छ ।

बैठकले आगामी मे ३-५ तारिखमा काठमाडौँमा आयोजना हुने महाधिवेशनलाई भव्य बनाउनका लागि प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूलाई निमन्त्रणा गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । यसै गरी मूल आयोजक समितिको बैठक तुरुन्तै आयोजना गर्ने निर्णय गरिएको पनि जनाइएको छ ।
nrnahlc.com

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।