Washington DC, US : February 22, 2025, Saturday 01:38 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

भर्जिनियाको स्टर्लिङमा सम्पन्न भयो डी.एम.भी. युथ एकेडेमीद्वारा आयोजित प्रथम ब्याडमिन्टन प्रतियोगिता

  NepalMother.com | २१ माघ २०८१, सोमबार ०८:२८

भर्जिनिया/ अमेरिका – डी.एम.भी. युथ एकेडेमीले आयोजना गरेको प्रथम खुला जोडी तथा एकल ब्याडमिन्टन प्रतियोगिता फेब्रुअरी १ मा भर्जिनियाको स्टर्लिङमा सम्पन्न भएको छ।
जोडी तर्फ मेरिल्याण्ड राज्यबाट सहभागी कुल रोक्का र किशोर श्रेष्ठको टिमले प्रथम स्थान हासिल गरेको थियो। उनीहरूको टिमले फाइनल खेलमा लगातार दुई सेट जित्दै सोही राज्यबाट सहभागी भीम र निसानको टिमलाई पराजित गरेको थियो। प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई नगद पुरस्कार तथा पदक प्रदान गरिएको थियो।
त्यसैगरी, एकल ब्याडमिन्टन प्रतियोगितामा कुल रोक्काले प्रथम स्थान हासिल गरेका थिए।

भर्जिनियाबाट सुमन राज बज्राचार्य बेस्ट फेयर प्ले अवार्ड जित्न सफल हुनुभएको छ। उहाँ सम्पूर्ण परिवारसहित कार्यक्रममा सहभागी भई एकेडेमीको प्रयासको प्रशंसा गर्नुभएको थियो।
डी.एम.भी. युथ एकेडेमीले खेलकुदको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा जोडी तर्फ ७ तथा एकल तर्फ १४ टिम सहभागी भएका थिए।
पुरस्कार वितरण एकेडेमीका अध्यक्ष प्रदीप कार्की, बोर्ड सदस्यहरू माधव गौतम, प्रदीप घत्री तथा समाजसेवी हरिराम भण्डारी र अच्युत खनियाले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन एकेडेमीका बोर्ड सदस्य मिलन गोरखालीले गरेका थिए। उनले आगामी दिनमा एकेडेमीले खेलकुदका विभिन्न प्रतियोगिताहरू अझ व्यापक रूपमा आयोजना गर्ने जानकारी गराएका थिए।
DMV Youth Academy ले बैडमिन्टन प्रतियोगिता आयोजना गर्नमा मद्दत गर्ने, भर्जिनियाका युबा पूजन खरेल र नेपालका पुराना राष्ट्रिय खेलाडी रोशन पुरीलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छ। तपाईंहरूको सहयोग बिना यो कार्यक्रम सफल हुन सक्दैनथ्यो। DMV Youth Academy तर्फबाट सबैलाई धन्यवाद।
– माधव गौतमबाट

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।