Washington DC, US : February 23, 2025, Sunday 03:36 AM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलरत पक्ष र प्रहरीबीच झडप|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो

साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन

  NepalMother.com | १९ माघ २०८१, शनिबार ०८:४५

साउदी बाट एउटा अर्को दु:खद खबर प्राप्त भएको छ । साउदी अरबमा सडक दुर्घटनामा परी तीन नेपाली कामदारको मृत्यु भएको छ । साउदीको जिजाननजिकै भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो । जेद्दास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार मृत्यु हुनेमा कृष्ण खत्री, रूपक कार्की र मानबहादुर राना छन् । सोही दुर्घटनामा एक नेपाली घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा मृतकका परिवारलाई जानकारी गराइसकिएको छ । उनीहरूको शव सम्बन्धित कम्पनीसँग समन्वय गरेर स्वदेश पठाइनेछ । सडक दुर्घटनामा नौ भारतीय नागरिकको पनि मृत्यु भएको जेद्दास्थित भारतीय वाणिज्य दूतावासले जनाएको छ । बाँकी मृत्यु हुनेमा तीन जना घानाका नागरिक छन् । दुर्घटनामा १५ नागरिकको ज्यान गएको छ । घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । दक्षिणी बन्द राह सहर जिजानमा २६ कामदार आफ्नो कार्यस्थलमा जाँदै गर्दा उनीहरू सवार बस एक ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।