Washington DC, US : February 23, 2025, Sunday 04:26 AM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलरत पक्ष र प्रहरीबीच झडप|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो

अमेरिकी राष्ट्रपति जो बाइडेन बिदाइ सम्बोधन : अमेरिकी नागरिकलाई लोकतन्त्रको रक्षा गर्न आग्रह

  NepalMother.com | ४ माघ २०८१, शुक्रबार १३:२५

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको अन्तिम समयमा बिदाइ सम्बोधन गर्दै अमेरिकाको सत्तामा सीमित मुठ्ठीभर धनाढ्यको उदय भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नलिई अमेरिकी लोकतन्त्रमाथि चुनौती थपिएको बताउनले समाजका आधार स्तम्भलाई कमजोर बनाउन शक्तिशाली बलहरू सक्रिय रहेको भन्दै अमेरिकी नागरिकलाई लोकतन्त्रको रक्षा गर्न आग्रह पनि गरे ।

राष्ट्रपतिको कार्यालय ओभल अफिसबाट उनले १५ मिनेट लामो सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले अमेरिकी लोकतन्त्रका लागि ठूला चुनौतीहरू रहेको उल्लेख गरे । ‘अमेरिकामा अत्यन्त धनी, शक्तिशाली र प्रभावशाली व्यक्तिले अमेरिकी लोकतन्त्रमा ‘ओलीगार्की’ पैदा गरेका छन्, जसले हाम्रो लोकतन्त्र, आधारभूत अधिकार र समान अवसरलाई धम्क्याइरहेको छ,’ उनले भने ।

बाइडेनले दोस्रो कार्यकालका लागि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नलिई उनीमाथि कटाक्ष गरे । उनले राष्ट्रपतिलाई पदमा रहँदा गरेका अपराधहरूबाट उन्मुक्ति दिन नहुनेमा जोड दिएका थिए । ‘संविधानमा संशोधन गरी कुनै पनि राष्ट्रपतिलाई अपराधबाट उन्मुक्ति दिन नसकिने स्पष्ट पार्नुपर्ने समय आएको छ,’ उनले भने ।

यो टिप्पणीले विशेषगरी २०२० को चुनाव परिणामलाई उल्ट्याउने ट्रम्पको प्रयाससँग जोडिएको सर्वोच्च अदालतको निर्णयतर्फ संकेत गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बाइडेनले अति धनी व्यक्तिहरूको बढ्दो प्रभाव र प्रविधि क्षेत्रको भूमिकालाई प्रमुख चुनौतीका रूपमा उल्लेख गरे । उनले सामाजिक सञ्जालमा झुटा जानकारी फैलाउने कार्यको कडा आलोचना गर्दै यस्ता प्रवृत्तिहरूले शक्ति र नाफाका लागि सत्यलाई दबाइरहेको आरोप लगाए ।

बाइडेनले १९औं शताब्दीका रबर ब्यारन्स युगसँग अहिलेको समयको तुलना गर्दै समाजमा फेरि ठूला सुधार आवश्यक रहेको बताए । उनले आफ्नो सम्बोधनका क्रममा कर वृद्धि गरेर ‘डार्क मनी’ हटाउनुपर्ने आवश्यकता औंल्याए । साथै उनले स्वतन्त्र प्रेस, कंग्रेस र अदालतजस्ता संस्थाको सम्मान र संरक्षणमा जोड दिए ।

बाइडेनले आफ्नो कार्यकालमा अमेरिकी पूर्वाधार सुधार, स्वास्थ्यसेवा सुदृढीकरण र उत्पादन वृद्धि जस्ता उपलब्धि भएको र यसलाई भविष्यमा सफलता प्रदान गर्ने आधारस्तम्भका रूपमा उल्लेख गरे । उनले इजरायल-हमासबीच युद्धविराम सम्झौतामा भएको ऐतिहासिक सहमतिलाई आफ्नो पछिल्लो महत्त्वपूर्ण उपलब्धि भनेर दाबी गरे । सम्बोधनका क्रममा बाइडेनले विद्यमान राजनीतिक प्रणालीबाट निराश भएका अमेरिकी नागरिकलाई लोकतन्त्रको पक्षमा सक्रिय हुन अपिल गरे । ‘राष्ट्रपतिको शक्ति असीमित र निरंकुश हुँदैन र हुनुहुँदैन,’ उनले भने ।

सम्बोधनको अन्त्यमा बाइडेनले भने, ‘पचास वर्षको सार्वजनिक सेवापछि म अझै पनि यो राष्ट्रको आदर्शमा विश्वास गर्छु । अब लोकतन्त्रको रक्षा गर्ने पालो तपाईंको हो ।’ उनको बिदाइ सम्बोधन परम्पराभन्दा केही फरक देखिएको थियो । उनले अमेरिकी लोकतन्त्रमाथि मडारिइरहेका खतरा र चुनौतीलाई प्रस्ट रूपमा औंल्याए । यसअघिका राष्ट्रपतिहरूले आफ्नो उपलब्धिलाई मात्र मुख्य विषय बनाएर सम्बोधन गर्ने परम्परा थियो ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले आगामी जनवरी २० मा अमेरिकी संसद् भवन (यूएस क्यापिटल)को पश्चिमी हलमा आयोजना हुने ६०औं राष्ट्रपतिको शपथ ग्रहण समारोहमा पदको शपथ लिनेछन् । त्यसै दिनदेखि ट्रम्पले ह्वाइट हाउसमा राष्ट्रपतिका रूपमा दोस्रो कार्यकाल सम्हाल्नेछन् भने राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले बिदा लिनेछन् । सोही दिन ट्रम्प र नवनिर्वाचित उपराष्ट्रपति जेडी भ्यान्सको नेतृत्वलाई सत्ता हस्तान्तरण हुनेछ । ट्रम्प यसअघि २०१७ देखि २०२१ सम्म अमेरिकाको ४५औं राष्ट्रपतिका रूपमा कार्यरत थिए । २०२० मा पुनःनिर्वाचनको दौडमा जो बाइडेनसँग पराजित भएका ट्रम्पले २०२४ को चुनावमा पुनरागमन जीत हासिल गरेका हुन् ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।