Washington DC, US : February 22, 2025, Saturday 01:43 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

सांस्कृतिक तथा पर्यटन कृषि मेलाको अवसरमा धनुवाण प्रतियोगिता आयोजना

  NepalMother.com | ४ माघ २०८१, शुक्रबार ११:०६

भोजपुर । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ प्रवर्द्धन गर्ने उद्देश्यका साथ भोजपुर र खोटाङको सिमाना चखेवा भञ्ज्याङमा माघ एक गतेबाट सुरु भएको बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेलाको अवसरमा शुक्रवार खुला आर्चरी (धनुवाण) प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिताको धनुवाणबाट टेम्केमैयुङ गाउँपालिकाका ज्येष्ठ नागरिक एक सय दुई वर्षका जमदार इन्द्रबहादुर राईले उद्घाटन गर्नुभयो । आर्चरीलाई युद्धकला र कौशलतासँग जोडिएको राष्ट्रिय प्रशिक्षक पाविहाङ राईले बताउनुभयो ।

प्रतियोगितामा पुरुष तथा महिला प्रतियोगीहरूको सहभागिता रहेको थियो । महिला प्रतियोगी तर्फ युनुहाङ राई प्रथम, पार्वती बिक दोस्रो र गोपीहाङमा राई तेस्रो हुनुभयो । यस्तै पुरुष प्रतियोगी तर्फ मित्लुङ राई पहिलो, कुबेरमान राई दोस्रो र आइकुमार राई तेस्रो हुनुभएको राष्ट्रिय प्रशिक्षक राईले जानकारी दिनुभयो ।

बिहीबार खुला साकेला सिली प्रतियोगिता आयोजना भएको थियो ।

एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ गाउँपालिकाले ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ घोषणा गरी माघ एक देखि पाँच गतेसम्म विविध कार्यक्रम तय गरिएको छ । पर्यटन प्रवर्द्धनका साथै कृषि उत्पादनलाई विशेष जोड दिँदै बृहत् मेलाको आयोजना गरिएको छ ।

मेलाको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गर्नुभएको थियो । सोसँगै ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ पनि शुभारम्भ भएको छ ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।