Washington DC, US : July 26, 2026, Sunday 09:15 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सर्वोच्च अदालतमा महाअभियोगको तयारीले नयाँ राजनीतिक तरंग|अब फेरि स्वर्ग गए पनि, नर्क गए पनि संगै जाने सहमति भएछ, ल बधाई छ !|प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको सङ्ख्या थप गर्ने विषयलाई लिएर ‘राष्ट्रिय जेन–जी नागरिक अभियान’ को बिरोध प्रदर्शन|विकास कि विस्थापन ? राज्य किन मानव अधिकार उल्लङ्घनतर्फ उन्मुख हुँदैछ ?|गीत : प्रेम नशा रहेछ भुल्न सक्दिनँ|भूमिकाको पीडा !|इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको दक्षिणी सहर जिजानमा मिसाइल आक्रमण|प्रश्नपत्र लिक विवादपछि भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा|के के भइरहेको छ भारतको आन्दोलनमा ? अब के हुन्छ ?|अमेरिका साउदी आणविक सम्झौता सार्वजनिक हुने तयारी

भेनेजुएलामा महाभूकम्प : मृत्यु संख्या ९२० नाघ्यो, ३ हजारभन्दा बढी घाइते

  NepalMother.com | १२ असार २०८३, शुक्रबार २१:३१

भेनेजुएलामा महाभूकम्पको कहर : मृत्यु संख्या ९२० नाघ्यो, ३ हजारभन्दा बढी घाइते, उद्धार अभियान अझै जारी

काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार गएको शक्तिशाली दुईवटा भूकम्पपछि मानवीय संकट झन् गहिरिँदै गएको छ। सरकारी तथ्यांकअनुसार हालसम्म कम्तीमा ९२० जनाको ज्यान गएको पुष्टि भएको छ भने ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएका छन्। सयौं मानिस अझै भग्नावशेषमुनि पुरिएको आशंका गरिएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

सरकारले देशभर उच्च सतर्कता जारी गर्दै उद्धार तथा राहत अभियानलाई तीव्र बनाएको छ। अन्तर्राष्ट्रिय उद्धार टोली, चिकित्सक, खोजी कुकुर, ड्रोन तथा भारी उपकरणसहितका विशेषज्ञहरू प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन्।

शताब्दीकै शक्तिशाली भूकम्पमध्ये एक

बुधबार केही सेकेन्डको अन्तरालमा लगातार दुईवटा शक्तिशाली भूकम्प गएका थिए। दोस्रो भूकम्पको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो, जुन भेनेजुएलामा पछिल्लो एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक मानिएको छ।

भूकम्पका कारण राजधानी काराकास सहित उत्तरी क्षेत्रका सयौं भवन, अस्पताल, व्यापारिक केन्द्र, होटल, सरकारी कार्यालय र आवासीय संरचना भत्किएका छन्। विशेष गरी राजधानीको उत्तरमा रहेको ला ग्वाइरा राज्य सबैभन्दा बढी प्रभावित बनेको छ।

यो क्षेत्र भेनेजुएलाको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल तथा प्रमुख समुद्री बन्दरगाह रहेको रणनीतिक क्षेत्रसमेत हो।

भग्नावशेषमुनि अझै सयौं मानिस

राष्ट्रिय सभाका अध्यक्ष होर्हे रोड्रिगेजका अनुसार कम्तीमा १७२ जना अझै भग्नावशेषमुनि फसेको अनुमान गरिएको छ। उद्धारकर्मीहरूले समयसँग प्रतिस्पर्धा गर्दै जीवित व्यक्तिको खोजी जारी राखेका छन्।

ला ग्वाइराबाट मात्रै हालसम्म २४३ जनालाई जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन्। उद्धार गरिएका धेरैजना गम्भीर अवस्थामा रहेका छन्।

“मेरा छोरीहरूलाई फिर्ता ल्याइदिनुहोस्”

भूकम्पको सबैभन्दा मार्मिक दृश्यमध्ये एक ला ग्वाइराकी नाताचा डियाजको पीडा बनेको छ।

उनकी २२ र २३ वर्षीया दुई छोरी आफूहरू काम गर्ने सपिङ सेन्टर भत्किएपछि भग्नावशेषमुनि बेपत्ता भएका छन्।

आँसु रोक्न नसक्दै उनले भनिन्,

“मलाई विश्वास छ, उनीहरू अझै जीवित छन्। उनीहरू नै मेरो सम्पूर्ण संसार हुन्। कृपया मेरा छोरीहरूलाई फिर्ता ल्याइदिनुहोस्।”

२१४ पटक पराकम्प

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार मुख्य भूकम्पपछि हालसम्म २१४ वटा पराकम्प (Aftershocks) रेकर्ड भएका छन्।

लगातारको कम्पनका कारण उद्धार कार्य थप जोखिमपूर्ण बनेको छ भने धेरै भवन थप भत्किने खतरा कायम रहेको छ।

अस्पतालहरू आफैं संकटमा

भूकम्पले दर्जनौं अस्पताल क्षतिग्रस्त भएपछि घाइतेहरूको उपचार अस्थायी शिविर, पाल तथा खुला स्थानमा गर्नुपर्ने अवस्था आएको छ।

स्थानीय चिकित्सक पेड्रो हाभियर फर्नान्डेजका अनुसार,

“भूकम्पअघि नै हाम्रो स्वास्थ्य प्रणाली गम्भीर संकटमा थियो। औषधि थिएन, उपकरण थिएन। अहिले हजारौं घाइते थपिएपछि अवस्था नियन्त्रणबाहिर गएको छ।”

खाली हातले उद्धार

प्रारम्भिक चरणमा सडक भत्किनु, सञ्चार सेवा अवरुद्ध हुनु तथा उद्धार सामग्री अभावका कारण धेरै स्थानमा स्थानीय बासिन्दाले आफ्नै हातले ढुंगा हटाएर मानिस खोज्ने प्रयास गरेका थिए।

पछि मात्रै बुलडोजर, क्रेन तथा अन्य भारी उपकरण प्रभावित क्षेत्रमा पुग्न थालेका छन्।

अन्तर्राष्ट्रिय सहयोगको ओइरो

विश्वका विभिन्न मुलुकहरूले राहत तथा उद्धारका लागि ठूलो सहयोग पठाउन थालेका छन्।

  • अमेरिकाले १५ करोड डलर बराबरको आपत्कालीन सहायता, युद्धपोत, यातायात विमान तथा उद्धार टोली परिचालन गरेको छ।
  • बेलायतबाट विशेष खोज तथा उद्धार टोली, ड्रोन, तालिमप्राप्त उद्धार कुकुर र अग्निनियन्त्रक विशेषज्ञ भेनेजुएलातर्फ प्रस्थान गरेका छन्।
  • नेदरल्यान्ड्स, मेक्सिको, स्विट्जरल्याण्ड लगायतका मुलुकहरूले पनि उद्धार टोली पठाएका छन्।
  • संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय राहत समन्वय सुरु गर्दै आवश्यक सबै मानवीय सहायता उपलब्ध गराइने जनाएको छ।

तीन दाजुभाइ-दिदीबहिनीको चमत्कारिक उद्धार

उद्धार अभियानबीच आशाको एउटा किरण पनि देखिएको छ।

ला ग्वाइरामा तीन जना साना दाजुभाइ-दिदीबहिनीलाई भग्नावशेषमुनिबाट जीवितै निकालिएको भिडियो सार्वजनिक भएको छ।

धुलोले पुरिएका ती बालबालिका क्रमशः बाहिर निस्किँदा उद्धारकर्मी र स्थानीयवासी भावुक बनेका थिए।

फुटबल खेलाडीको परिवारमा शोक

भेनेजुएली फुटबल खेलाडी हेक्टर बेलोकी श्रीमती आन्द्रेआको भूकम्पमा मृत्यु भएको पुष्टि भएको छ।

उनले आफ्नी सानी छोरीलाई जोगाउने क्रममा आफ्नो ज्यान गुमाएकी थिइन्।

हेक्टर बेलोले सामाजिक सञ्जालमा लेखेका छन्,

“हाम्रो छोरीलाई बचाउन तिमीले आफ्नै जीवन अर्पण गर्यौ। म उसलाई सधैं तिम्रो साहसको कथा सुनाइरहनेछु।”

विदेशी नागरिक पनि प्रभावित

भूकम्पमा एक पोर्चुगाली, दुई ब्राजिलियन तथा चार स्पेनी नागरिकको मृत्यु भएको सम्बन्धित देशहरूले पुष्टि गरेका छन्। स्पेनका अझै १०६ जना नागरिक सम्पर्कविहीन रहेको जनाइएको छ।

दशकौंको आर्थिक संकटले उद्धार कठिन

अन्तर्राष्ट्रिय राहत संस्थाहरूका अनुसार दशकौंदेखिको आर्थिक संकट, जीर्ण पूर्वाधार, कमजोर स्वास्थ्य सेवा तथा सीमित सरकारी स्रोतसाधनका कारण भेनेजुएला यति ठूलो प्राकृतिक विपत्तिको सामना गर्न पर्याप्त रूपमा तयार थिएन।

विश्लेषकहरूका अनुसार अहिलेको विपत्तिले केवल भूकम्पको क्षति मात्र नभई वर्षौंदेखि थलिएको राष्ट्रिय पूर्वाधार, स्वास्थ्य सेवा र विपद् व्यवस्थापन प्रणालीको वास्तविक अवस्था पनि उजागर गरेको छ।

उद्धार अभियान अझै जारी रहेकाले आगामी दिनहरूमा मृत्यु तथा बेपत्ता व्यक्तिको संख्या थप बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन्।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor