राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठकले आगामी चैत २३ देखि ३० सम्म कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । जसका लागि पूर्वाधार निर्माणका कामलाई तीव्र पारिएको छ । तर यही समयमा कर्णाली प्रदेश खेलकुद विकास परिषद् भने झन्डै एक महिनादेखि नेतृत्वविहीन बनेको छ ।
सत्ता साझेदार दलहरूबीच भागबन्डा नमिल्दा अहिले परिषद् पदेन पदाधिकारीको भरमा छ भने सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत रामप्रसाद उपाध्यायलाई दैनिक कार्य सञ्चालनको जिम्मेवारी दिइएको छ । सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले पुस २६ गतेदेखि उपाध्यायलाई परिषद्को जिम्मेवारी तोकेका हुन् । खेलकुद विकास ऐन-०७६ मा सदस्यसचिवको पदावधि समाप्त भएको वा पद रिक्त भएको अवस्थामा सदस्यसचिवको जिम्मेवारी कसलाई दिने वा तोक्ने भन्ने पनि ऐनमा कुनै व्यवस्था छैन । जसका कारण उपाध्यायलाई प्रशासनिक कामकाजको जिम्मा तोकिएको हो ।
प्रतिक्रिया