Washington DC, US : November 26, 2026, Thursday 03:37 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|पञ्चायतदेखि बालेनसम्म : पात्र फेरिए, प्रवृत्ति फेरिएन !|ट्रम्पद्वारा चीन, भारत र युरोपेली सङ्घसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्कको घोषणा, विश्व अर्थतन्त्रमा फेरि तरङ्ग|नेपाल-भारत सम्बन्ध : सभ्यतागत जग र भूराजनीतिक यथार्थ|हास्य कलाकार मात्र होइनन् धुर्मुस, बहुमुखी प्रतिभाका धनी गीतकार र गायक पनि|प्रहरी प्रमुखले नै न्याय नपाउने देशमा सर्वसाधारणको हालत के होला ? सर्वोच्चको आदेशपछि न्यायिक निष्पक्षतामाथि बहस|Cartoon|Breaking News : अमेरिकी गुप्तचर निकाय सीआईए र एफबीआईमाथि साइबर हमला, राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती|बाबु आमालाई हेला गर्ने, दुख दिने, नहेर्ने तर मृत्यु पछि “देखावटी नाटक” गर्ने पापी छोरा छोरीहरुका नाममा केही कुरा !|सांस्कृतिक संस्थानको स्वर्णकाल !|प्रधानमन्त्री बालेनको भारत भ्रमण सम्पन्न, २ खर्ब ४० अर्बको विकास सहायता, आठ समझदारी र विभिन्न महत्त्वपूर्ण परियोजनामा सहमति

कतारमाथि ५ रनको रोमाञ्चक जित

  NepalMother.com | २७ आश्विन २०८२, सोमबार १९:१७

स्पिनर सन्दीप लामिछानेको अन्तिम ओभरमा शानदार बलिङ प्रदर्शनसँगै नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ अन्तर्गत दोस्रो खेलमा कतारमाथि ५ रनको रोमाञ्चक जित दर्ता गरेको छ।

ओमानको अल अमेरात मैदानमा सोमबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याउने क्रममा कतार १९.५ ओभरमै १४२ रनमा अलआउट भयो।

अन्तिम ओभरको सुरुवातमै कतारलाई जितका लागि १० रन आवश्यक थियो। कप्तान रोहित पौडेलले बलिङको जिम्मेवारी सन्दीपलाई दिए, र उनले अपेक्षा अनुसार खेल पल्टाइदिए। पहिलो र दोस्रो बलमा उनले लगातार डट बल फ्याँके। दबाबमा परेका कतारी ब्याट्सम्यान अमिर फाकरुक तेस्रो बलमा ठूलो प्रहार गर्ने प्रयासमा चुके र विकेटकिपर आसिफ शेखले चतुराइपूर्वक स्टम्पिङ गर्दै उनलाई फर्काए।

चौथो बलमा ओवाइस अहमदले एक रन लिए। पाँचौँ बलमा मुजिब उर रहमानले दुई रन जोडे। अब जितका लागि अन्तिम बलमा सात रन चाहिएको थियो—तर बल वाइड भएपछि दोहोर्‍याइएको अन्तिम डेलिभरीमा आसिफले फेरि स्टम्पिङ गर्दै रहमानलाई आउट गरे र नेपालले नाटकीय रूपमा जित सुनिश्चित गर्‍यो।

नेपाली पारी

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा १४८ रनको लक्ष्य तय गरेको थियो। कप्तान रोहित पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ४१ बलमा सात चौका र एक छक्कासहित ५८ रन बनाए।

उनीसँगै दीपेन्द्र सिंह ऐरीले २६ रन जोडे। दुवैबीच चौथो विकेटका लागि ६२ रनको साझेदारी भयो, जसले नेपालको पारीलाई स्थायित्व दिएको थियो। तर १५औँ ओभरको अन्तिम बलमा दीपेन्द्र आउट भएसँगै नेपालको रनगति केही सुस्त भयो।

गुल्सन झाले ८ बलमा दुई छक्कासहित १६ रन बनाए भने सोमपाल कामीले १४ र ओपनर आसिफ शेखले ११ रनको योगदान दिए।

कतारका बलरहरूमध्ये मिर्जा मोहम्मद बाइग र ड्यानियल आर्चरले समान तीन–तीन विकेट लिए। त्यस्तै मुहम्मद असिम र ओवाइस अहमदले एक–एक विकेट हात पारे।

कतारको पारी

कतारका ओपनर इमाल लियानागेले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ५६ रनको उत्कृष्ट पारी खेले। उनका सह–साथी जुबाएर अलीले ५५ बलमा दुई चौका र एक छक्कासहित ५२ रन जोडे। तर बाँकी ब्याट्सम्यानले रन गति कायम राख्न सकेनन्।

नेपालका बलरहरूले दबाब कायम राख्दै निर्णायक क्षणमा विकेट लिँदै गए। सन्दीप लामिछानेको अन्तिम ओभरले खेलको रुखै मोडिदियो—र नेपालले ५ रनको ऐतिहासिक जित हासिल गर्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थितिको पुनः प्रमाण पेश गर्‍यो।

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।